राष्ट्रिय नृत्य रियालिटी शोमा धरानकी इचिङ्ग्साको चमक

  • असार ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्रियस्तरको नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट १४ प्रतिस्पर्धीमा छनोट भएकी छन्।

झापाको विर्तामोडमा आयोजित अडिसन चरण पार गर्दै प्रतियोगितामा प्रवेश गरेकी लिम्बुले हरेक चरणमा प्रभावशाली प्रदर्शन गर्दै अगाडि बढ्दै आएकी हुन्।

डुएट राउन्डमा ५४८ अंक हासिल गर्दै उत्कृष्ट १८ मा पुगेकी लिम्बुले त्यसपछि आयोजित अर्को प्रस्तुति चरणमा पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन्। निर्णायकहरूको मूल्याङ्कनपछि उनी उत्कृष्ट १४ मा स्थान बनाउन सफल भइन्।

कार्यक्रमको संरचना अनुसार अडिसनपछिका मेगा अडिसन, कोरियोग्राफी, बेस्ट फुटवर्क, र डुएट राउन्डजस्ता पाँच चरण पार गर्दै उनी उत्कृष्ट प्रतिस्पर्धीमध्ये उभिएकी हुन्। निर्णायकहरूले प्रतिस्पर्धीहरूको नृत्यशैली, भाव सम्प्रेषण, तालमेल र प्रस्तुति क्षमताको आधारमा मूल्याङ्कन गरेका थिए।

इचिङ्ग्सा धरान नृत्य कला प्रतिष्ठानकी सक्रिय सदस्य समेत हुन्। उनको निरन्तर प्रगति, नृत्यप्रतिको समर्पण र आत्मविश्वासले निर्णायकसँगै दर्शकको मन जितिरहेकाे छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved