सामाजिक सञ्जालमार्फत करोडौं ठगी गर्ने युवक पक्राउ ठगी प्रकरणमा फरार अभियुक्त सीमाबाट पक्राउ

  • असार ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार रहँदै आएका एक युवकलाई सुनसरीको नेपाल–भारत सिमाबाट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला सुनसरी देवानगन्ज गाउँपालिका–१ घर भइ ठगी अभियोगमा फरार रहेका २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले विशेष सूचनाका आधारमा मिति २०८२ साल असार १० गते बेलुकी ५:१० बजे कोशी गाउँपालिका–८, भण्टाबारीस्थित नेपाल–भारत सिमाक्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलेFacebook Messenger मार्फत “Vanida Suwan” नामक आइडी प्रयोग गरी “Phueng Vanida” नाम बताउँदै आफू थाइल्याण्डको SIAM Commercia मेनेजर भएको झूठो परिचय दिएका थिए।

त्यस क्रममा उनले ALEN ARBI शाही नाम गरेका व्यक्तिको बैंक खातामा ठूलो रकम रहेको, र निजको कुनैपनि उत्तराधिकारी नभएको भन्दै कुर्मराज शाहीलाई त्यही रकम प्राप्त गरिदिने प्रलोभन देखाएर झूठ्ठो विश्वास दिलाएका थिए।

ठगले आफ्नो जात ALEN ARBI को जातसँग मिल्दो भएको भन्दै खातामा रहेको सम्पूर्ण रकम हस्तान्तरण गरिदिने बहानामा विभिन्न मितिमा कुर्मराज शाहीलाई झुक्याई रु ६२ लाख ७५ हजार २ सय विभिन्न बैंक खातामा ट्रान्सफर गर्न लगाएका थिए।

यो कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ विपरीतको ठगी सम्बन्धी कसुरअन्तर्गत पर्ने भएकोले पक्राउ परेका मेहतालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी, काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved