बराहक्षेत्रमा मोटरसाइकलमा गाँजा ओसार्ने दुई युवा समातिए

  • असार १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका–८ तिनकुनेमा मोटरसाइकलमा गाँजा ओसार्ने दुई युवा विशेष सूचनाको आधारमा पक्राउ परेका छन्।

मंगलबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को. ३७ प. १२५३ नम्बरको मोटरसाइकल जाँच गर्दा झोलाभित्र लुकाइएको ३४ केजी गाँजा बरामद गरेको हो।

प्लास्टिकले बेरिएको अवस्थामा जेब्राको झोलामा गाँजा लुकाएर लैजाँदै गरेका मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका–८ निवासी २२ वर्षीय धिरज राई र पछाडि सवार सोही नगरपालिका–७ निवासी ३१ वर्षीय लोकेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद लागूऔषधसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved