बराहक्षेत्रमा मोटरसाइकलमा गाँजा ओसार्ने दुई युवा समातिए

  • असार १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका–८ तिनकुनेमा मोटरसाइकलमा गाँजा ओसार्ने दुई युवा विशेष सूचनाको आधारमा पक्राउ परेका छन्।

मंगलबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को. ३७ प. १२५३ नम्बरको मोटरसाइकल जाँच गर्दा झोलाभित्र लुकाइएको ३४ केजी गाँजा बरामद गरेको हो।

प्लास्टिकले बेरिएको अवस्थामा जेब्राको झोलामा गाँजा लुकाएर लैजाँदै गरेका मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका–८ निवासी २२ वर्षीय धिरज राई र पछाडि सवार सोही नगरपालिका–७ निवासी ३१ वर्षीय लोकेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद लागूऔषधसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved