सन्देश प्रवाह गर्दै महासंघका पूर्व अध्यक्ष राईले मनाए जन्मदिन

  • असार ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले आ आफ्नो ढंगले मनाउने प्रचलन छ । तर पछिल्लो समय जन्म दिन साथीभाईसँग होटलमा जमघट गर्ने केक काटिसकेपछि मदिरासहितको पार्टी गने लगायतका फजुल खर्च गरेर मनाउने प्रचलन छ ।

विकृतिका बीचमा कसैले भने जन्मदिनमा अनाथ आश्रममा खाना खुवाउने, गरिब असहायलाई सहयोग गरेर मनाउने पनि प्रचलन विस्तारै विकसित हुदै गएको पाइन्छ । तर धरानका एक पत्रकार, साहित्यकारले भने जन्म दिनका दिनमा कविता वाचन गरेर फरक ढंगबाट जन्म दिन मनाइएको छ ।

जन्म दिन मनाउने आ–आफनो तौरतरिकाबाट फरक उभिएर धरानका पत्रकार एवम् साहित्यकार जनकऋषि राईले आफूसँगै अन्य कवि तथा कवियत्रीलाई सहभागी गराएर जन्म दिनमा छुट्टै रौनकता प्रदान गरेका थिए ।

धरान १५ स्थित प्रेस सेन्टर सुनसरीको कार्यालयमा मंगलबार साँझ उहाँले कविता कन्सर्ट जस्तै म्युजिकमा विभिन्न श्रष्टाहरुले कविता बाचन गरेका थिए ।

शब्द यात्राले आयोजना गरेको सो कार्यक्रममा अन्य जन्मदिनभन्दा बेग्लै माहोल भएको थियो । पहिलो कवितामै कवि सौर्यना मल्लले हजुरआमासँगको सम्बन्धमा हुने ‘घुकाईसँगै मिठास सम्बन्धको विषयमा कविता वाचन गरेर सबैलाई भावुक बनाएक थिइन् ।

यस्तै कवि भीम विरहीले आफू पल्टनमा हुदा कार्गेलको युद्धमा दुश्मनले हानेको गोली लागेपछि आफ्नो परिवारका लागि लैको ‘अन्तिमपत्र’ कविताले सबैजनालाई भावविहल बनाएको थियो । २०५६ सालमा लेखिएको कवितामा कारगिल युद्धमा आफूले पुनर्जीवन पाएको यथार्थ प्रस्तुत उनले कवितामार्फत गरेका थिए ।

यस्तै आफ्नै जन्मदिनमा पत्रकार तथा साहित्यकार राईले राईहरुको इतिहास उल्लेख भएको खुवालुङको विषयमा कविता प्रस्तुत गरेका थिए ।

उनीहरुले मात्र हैन कवि अमित थेवे लगायतले कविता प्रस्तुत गरेर बेग्लै माहोल बनेको थियोे ।

जन्मदिनमा अग्रज पत्रकार हर्ष सुब्बा, धरानका बरिष्ठ कवि बम देवान, मणि गोठाले, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्षद्वय राजेश विद्रोही, केशव घिमिरे लगायतको उल्लेख्य उपस्थितिमा भएको कविता वाचन कार्यक्रम अहिलेसम्मकै नौलो र रचनात्मक जन्मदिन मनाएकोे महसुस भएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved