धरान/ निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै पनि उही अवस्थामा रहेको स्पष्ट देखिन्छ। सरकारद्वारा ल्याइने नीति, नियम र अध्यादेशमा सुधारको आश्वासन दिइए पनि कार्यान्वयनमा देखिएको कमजोरीका कारण देशभरका अधिकांश सामुदायिक विद्यालयहरू समस्याग्रस्त छन्। बराहक्षेत्र नगरपालिका–१, बगुवास्थित भगवती आधारभूत विद्यालय त्यसको एक उदाहरण हो। गरिब तथा निम्न आय भएका परिवारका बालबालिकालाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यले ५२ वर्षअघि स्थापना गरिएको यो विद्यालय अझै पनि सहयोगकै भरमा सञ्चालन भइरहेको छ। विसं २०३० सालमा स्थापना भएको विद्यालयको भवन र कक्ष कोठा त छन्,
धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजयन्ति आज देशभर विविध कार्यक्रमसहित मनाइएको छ। बौद्ध धर्मावलम्बीहरूले विशेष श्रद्धा र भव्यताका साथ बुद्ध जयन्ति मनाएका हुन्। धरानमा समेत आज बिहान बौद्ध धर्मावलम्बीहरूले भानुचोकबाट सुरु गरी छाताचोक, सिंहदेवीचोक हुँदै माछाभौडी परिक्रमा गरेर पुनः भानुचोकमै टुंगिने शान्ति र्याली निकालेका थिए। र्यालीमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, बाजा र व्यानरसहित सहभागिता जनाइएको थियो। सिर्जनात्मक झाँकी र सांस्कृतिक प्रस्तुतिहरूले र्यालीलाई आकर्षक बनाएको थियो। कार्यक्रममा वृद्धवृद्धादेखि युवा पुस्तासम्मको उल्लेखनीय उपस्थिति देखिएको थियो। बुद
काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौली पर्व साकेला नाचसहित उल्लासपूर्वक मनाउँदै छन्। विशेषगरी राई, लिम्बू, सुनुवार, याक्खा लगायत किरात जातिहरूले वैशाख शुक्ल पूर्णिमाको दिन यो पर्व श्रद्धा र उत्साहका साथ मनाउने परम्परा छ। उभौली पर्व किरात धर्म अनुसार पृथ्वीका शक्तिहरू, प्रकृति र पुर्खाहरूको सम्मानमा मनाइन्छ। बर्खे बाली लगाउने समय सुरु हुने संकेतका रूपमा यो पर्व मनाइने गरिन्छ। किरात संस्कृति अनुसार उभौलीमा सुम्निमा र पारुहाङको पूजा गरी बाली सप्रियोस्, रोग-व्याधि नलागोस् र प्राकृतिक प्रकोप नहोस् भन्ने कामना गरिन्छ। यस पर्वको मुख्य आकर्षण हो साकेला नाच, जसलाई 'सिली टिप्ने' नृत
काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज (सोमबार) नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र उल्लासका साथ मनाउँदै छन्। राजधानी काठमाडौंदेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्म विविध कार्यक्रम आयोजना भई आजको दिन बुद्धको जीवन दर्शन र शान्तिको सन्देशलाई आत्मसात् गरिँदैछ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्धजयन्ती यस वर्ष पनि गुम्बा, विहार, चैत्य र घर–घरमा पूजा, आराधना, ध्यान र प्रवचनका साथ विशेष उत्सवको रूपमा मनाइएको छ। भगवान् बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको मान्यताका आधारमा यो दिनलाई 'त्रिसंयोग दिवस'का रूपमा
वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समितिबीच अन्तरक्रिया कार्यक्रम आइतबार वराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ। वराहक्षेत्र नगरपालिकाको आयोजनामा भएको अन्तरपालिका स्तरीय कार्यक्रममा सहभागी स्थानीय तहहरूले आ–आफ्ना वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख तथा नगर न्यायिक समितिकी संयोजक नन्दकुमारी सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सुनसरीका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुखहरू विशिष्ट अतिथिका रूपमा सहभागी थिए। साथै, वराहक्षेत्र वडा नं १ का अध्यक्ष किस
धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ नम्बर प्रदेशको नामाकरणको विषयमा असन्तुष्टि ब्यक्त गरेका छन् । धरानमा आइतबार आयोजित किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रहेका अध्यक्ष प्रचण्डले उक्त असन्तुष्टि ब्यक्त गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै भने ‘माओवादी केन्द्र प्रदेश नम्बर १ को नामकरण गर्दा कोचलाई समेत सम्बोधन गर्दे किरात, लिम्बुवान र कोचको संयुक्त पहिचान झल्किने गरी नाम राख्न जरुरी छ ।’ उनले पहिचानको आन्दोलन गरिरहेकाहरु माओवादी पार्ट
धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई नापतौलको जाँच पास गराई नविकरण गर्न आग्रह गरेको छ । विराटनगर स्थित गुणस्तर तथा नापतौल कार्यालयबाट आएको टोलीले नापतौल सम्बन्धी ढक, तराजु, मिटर, डिजिटल तराजु सहितको चेकजाँच गर्ने भएकोले तोकिएको समय भित्र आफ्नो साधन जाँच पास गराउन संघले आग्रह गरेको हो । थोक तथा खुद्रा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका साधन आधिकारिक रूपमा धरान आउने नापतौलको टोलीसँग जाँच पास गराई नवीकरण गर्न सुनसरी उद्योग वाणिज्य सङ्घले स्थानीय व्यवसायीहरूलाई आग्रह गरेको छ । गुणस्तर नापतौलको टोलीले धरानमा ३ ठाउँ जाँच पास र नवीकरण गर्ने सङ्घले जनाएको छ । सङ्घद्वारा जारी
झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ओछ्यानमै थलिएका झापाको मेचीनगर १२ स्थित सहरेडाँगी सरस्वती टोलका प्रेम बर्देवा ओछ्यानमा छन् । उनको अवस्थालाई सहयोग गर्नको लागि बिर्तामोड ५ स्थित पाथिभरा टोल सुधार संस्थाको जीवनविज्ञान जीवन योग प्रयोगशालाले प्रथम वार्षिक उत्सवको अवसर पारेर बर्देवाको घरमै पुगेर आर्थिक सहयोग गरेको हो। पाथिभरा टोलका जेष्ठ नागरिक अध्यक्ष भवानीप्रसाद चिमरियाले बर्देवाकी श्रीमती सम्झना बर्देवालाई नगद १३ हजार हस्तान्तरण गरेका छन्।पाथिभरा टोलका अध्यक्ष नारायणप्रसाद चिमरियाको नेतृत्वमा गएको टोलीले सहयोग प्रदान गरेको हो। विगत केही वर्षदेखि चिमरियाले आफ्नो वैवाहिक व
धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्रतियोगिता शनिबादेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेसँगै उद्घाटन खेल शुरु भएको थियो । धरान ६ स्थित पानबारी फुटबल ग्राउण्डमा भएको उद्घाटन खेलमा सिसिआइडि धनकुटाले विजयी सुरुवात गरेको छ ।सिसिडिआइसी मौनावुधुक धनकुटाले आरआईएफसी काठमाडौँलाई १–० गोलले पराजित गर्दै विजय भएको हो । निर्धारित ७० मिनेटको खेलमा पहिलो हाफको २० औ मिनेटमा सिसिआआडिका सबिन राईले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । उनले गरेको गोल नै खेलको निर्णायक गोल बने । खेलको म्यान अफ द म्याच पनि सविन राई
झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिका–५ का पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेले शिवाकोटीलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन्। शिवाकोटीमाथि आफैँले पालनपोषण गरेर पढाइरहेका धर्मछोरीमाथि तीन वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएको आरोप लागेको हो। पीडितका हजुरआमाले दिएको जाहेरीका आधारमा झापा जिल्ला अदालतले २०८१ पुस २२ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। तर, शिवाकोटी काराग