धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर’ को चौथो शृङ्खलाको सेमी फाइनलबाट उत्कृष्ट १५ जना सहभागीहरू छानिएका छन् । उनीहरूले अन्तिम चरणमा प्रवेश गरेका छन् । मङ्गलबार सम्पन्न सेमी फाइनलका लागि ‘लागूऔषध दुव्र्यसन : चुनौती र समाधानका उपाय’, ‘ट्राफिक नियम उल्लङ्घन : चुनौती र समाधानका उपाय’, ‘जलवायु परिवर्तन : चुनौती र समाधानका उपाय’ र ‘विद्यार्थी र देशको भविष्य’ गरी चारवटा शीर्षकहरू दियउको थियो । सहभागीहरूलाई यी चार शीर्षकमध्ये आफुले रोजेको कुनै एक शीर्षकमा बोल्न दिइएको थियो । सहभागी १९ मध्ये चारजना सेमी फाइनलबाट बाहिरिएका छन् । प्रतिय
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित नडाहमा एसईई कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । कक्षा १० अर्थात एसईईको परीक्षा दिएर बसेका छात्रहरुलाई केन्द्रित गरेर स्थानीय स्थानीय स्काई ईङ्लिस स्कुलको संरक्षणमा रहेको स्काई फुटबल एकेडेमिले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय एभरेस्ट फुटबल क्लबको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरीमा रहेका २२ वटा संस्थागत तथा सामुदायिक बिद्यालयले प्रतियोगितामा सहभागिता जनाउने आयोजक स्काई फुटबल एकेडेमीका प्रशिक्षक सुमन कार्कीले बताए । एसईई परीक्षा दिएर बसेका बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता जेठ १९ गतेबाट सुरु भएर असार
नेपालमा उत्पादित घ्यू जापान निर्यात हुन थालेको समाचार प्रकाशमा आएको छ । विराटनगर–१४, जतुवास्थित सूर्योदय मिल्क एन्ड बेभरेज उद्योगले घ्यू जापान पठाउन थालेको हो । उद्योगले आइतबार (१३ गते) कार्यक्रम यसबारे जानकारी दिएको समाचार प्रकाशमा आएको छ । पहिलो चरणमा १२ सय किलो घ्यू जापान पठाइएको छ । अहिले प्रतिमहिना ५ हजार किलो घ्यूको माग आएको उद्योगले जनाएको छ । उद्योगले अहिले ३ हजार किलो चिउरा, तीन हजार किलो चियापत्ति, १२ सय किलो घ्यू र १२ सय किलो मह पठाएको छ । अर्को महिनादेखि प्रतिमहिना ५ हजार किलो अर्थात् वार्षिक ५० मेट्रिक टन घ्यू पठाउने सम्झौता भएको बताइएको छ । यो सुखद् विषय हो । कृषिप्रधान
धरान/ स्थानीय सरकारको माहतहतमा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट सर्वसुलभ ढंगबाट उपचार गराउन पाएकोमा सर्वसाधारणले खुशी व्यक्त गरेका छन् । अत्यावश्यक नागरिकले पाउने अधिकार स्वास्थ्य उपचार स्थानीय सरकारको वडा वडाबाटै गर्न थालेपछि हर्षितमात्र हैन विविध बर्षौदेखि उपचार गराउन नपाउनेहरुले समेत राहत महसुस गरेका छन् । धरान ८ की ५५ बर्षीया विमला गुरुङ धरान ८ स्थित रहेको आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गराउन पुग्दा हर्षित मुद्रामा थिइन् । मंगलबार वडाले पाठेघरसम्बन्धी मुखको क्याम्पसको सेम्बुल दिएकी उनले फेरि वडाले एजडिसीसँग समन्वय गरेर रगतको माध्याबाट ‘होलबडी चेकअप’ गर्न पाएको प्रत
धरान/ धरान –१३ स्थित अमरसेवा समाजसंगै रहेको नेपाल पत्रकार महासङ्घ सुनसरीको कार्यालयमा वुधबार तालावन्दी गरिएको छ । मुख्यगरि सदस्यता विवादले गर्दा सुनसरीमा विवाद हुँदै आएको छ ।प्रेस युनियनका सुनसरी जिल्ला सचिव बाबुराम कार्कीको नेतृत्वमा गएको युनियनको टोलीले तालावन्दी गरेको हो । महासङ्घको चुनाव गर्न जारी सदस्यता नामावलीमा रातारात गैर पत्रकारको नाम थपिएको, कार्यरत पत्रकारको नाम हटाइएको आरोप युनियनले लगाउँदै तालावन्दी गरेको सचिव कार्कीले वताए । उनका अनुसार शुद्धीकरणका लागि परेका उजुरी अध्ययन भई जेठ २८ गते टुङ्गो लगाइएको अन्तिम नामावलीमा रातारात हेरफेर गर्दै जिल्ला र प्रदेशबाट सिफारिस
मोरंग/ कोशी प्रदेशमा १ अर्ब ३१ करोड वेरुजु देखिएको छ । वुधबार महालेखापरीक्षकको कार्यालयले उक्त बेरुजुको प्रतिवेदन प्रदेश प्रमुख पर्शुराम खापुङलाई वुझाएको छ । महालेखा परीक्षकले छैटौं लेखापरीक्षण प्रतिवेदन बुझाएको हो । महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले आर्थिक वर्ष २०७९-८० को उक्त प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन् । प्रतिवेदनमा कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको कोशी प्रदेशका महालेखापरीक्षक श्रीप्रसाद राईले उल्लेख गरे ।लेखापरीक्षकको कार्यालयले प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालय
विराटनगर/ सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरूको छाता संगठन (पान) मोरङको प्रथम अबिधेशनले नया कार्यसमिति चयन गरेको छ । साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको छ । पानले आगामी गतिविधिहरु पालिका स्तरसम्म पुर्याउने समेत जनाएको छ । यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्जालीकृत कार्यक्रमहरू गरेर प्रधानाध्यापकको क्षमता विकास र प्रशासनिक दक्षतामा केन्द्रित गर्न समेत निर्णय गरेको छ । भेला कबीर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक तथा पानका संयोजक छत्रपति दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । कोशी प्रदेश सरकारका सामाजि
काठमाडौं / सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका छन् । लामिछानेलले मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने पनि घोषणा गरेका छन् । यसअघि महिला प्रहरीलाई महिनावारीको समयमा छुट्टी दिने व्यवस्था गरिएको थिएन ।गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम
काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेका हुन् । अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
धरान/स्वर्णिम क्लवको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित दुई दिने स्वर्णिम वि क्याटोगिरि सेभेन ए साइड इन्डोर फुटसल प्रतियोगिताको उपाधि यति फुटवल क्लवले चुमेको छ । सोमवार भएको प्रतिश्पर्धात्मक फाइनल खेलमा यति एफसिले डर्वि एफसिलाई टाइव्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । निर्धारित समय सम्म दुवै तर्फ २–२ वरावरि गोल भए पछि खेल टाइव्रेकरमा धकेलिएको थियो । टाइवे्रकरमा यतिका दिपेन्द्र वस्नेत र प्रज्वल खनालले गोल गरे भने सैलेन्द्र नेपालको गोल गोलकिपरले रोकेका थिए । डर्विका अनिस चाम्लिङले गोल गरेका थिए भने रुपेश मगर र क्रिष्टो