मेचीनगरका गल्ली–टोलमा विकासको गती, गाउँ–सहर जोड्ने सडक बनिँदै

  • असार ३२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ एक समय हिलाम्मे र धुलाम्य टोल भनेर चिनिने मेचीनगरका धेरै ठाउँ अहिले कालोपत्रे सडकले चम्किन थालेका छन्। वर्षौंको प्रतिक्षा पछि नगरका वस्ती–गाउँ जोड्ने सडक विस्तार र स्तरोन्नतिले स्थानीयवासीको जीवनशैली बदलिन थालेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकाले एकपछि अर्को गर्दै दर्जनौँ ठाउँमा सडक कालोपत्रे, मर्मत र स्तरोन्नति गरेको छ। नगरका अधिकांश वडामा कालोपत्रे सडक पुगेको र ग्रामीण बस्तीलाई सहज यातायात सेवा उपलब्ध गराउन सडक पूर्वाधारमा तीव्र लगानी गरिएको छ।

नगरको पूर्वाधार विकास शाखाका प्रमुख रोशन रिमालका अनुसार मेरीगोल्ड–महल्या चोक, खम्बुटार, केभी मार्ग, बालकल्याण मार्ग, सुनगाभा मार्ग हुँदै कालीखोला, पशुपति मार्ग, खुटीडाँगी, लवनडाँगी–लोबाढी, टिमाई–छविलाल मार्ग लगायतका सडकहरूमा कालोपत्रे तथा स्तरोन्नति गरिएको छ।

नगरपालिकाले ग्रावेल, मर्मत र कालोपत्रे गरी नगरभरि जसो सडक सञ्जाल फैलाउँदै लगेको छ। सडक बनिएपछि टोलमा मात्रै होइन, किसानको खेत र बजारबीचको दूरी समेत घटेको छ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी भन्छन्, “अब मेचीनगरभित्र बाटो नपुगेको टोल छैन होला। हामी निर्वाचित भएपछि पूर्वाधार विकासमा विशेष जोड दिएका छौँ। त्यसको परिणाम आज देखिएको छ।”

उपप्रमुख मीना पोखरेल उप्रेतीका अनुसार जनप्रतिनिधिहरूसमक्ष आउने मागमध्ये सबैभन्दा धेरै माग सडक निर्माणसँग सम्बन्धित हुन्छ। “मान्छेहरू पहिलो कुरा सडकको माग गर्छन्,” उनले भनिन्, “त्यही अनुसार हामीले योजना बनाएका छौँ।”

नगरपालिकाले सडक निर्माणका लागि चालु आर्थिक वर्षमा करिब ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। यो रकम संघीय सरकारको सशर्त अनुदान, कोशी प्रदेशको समपूरक अनुदान तथा स्थानीय स्रोतबाट व्यवस्थापन गरिएको हो।

यसका अतिरिक्त, विश्व बैंकको सहयोगमा सञ्चालित दुई गौरवका सडक योजनाहरू पनि तीव्र गतिमा अगाडि बढिरहेका छन्।

धुलाबारी चोकदेखि उत्तरतर्फ बन्ने सहिद विरेन राजबंशी मार्ग र काँकरभिट्टाको भट्टराई चोकदेखि बाहुनडाँगी जोड्ने सहिद विश्वनाथ घिमिरे मार्गमा धमाधम काम भइरहेको छ। यी सडक पूरा भएपछि नगरको भौगोलिक संरचना झन् सशक्त र आकर्षक हुने विश्वास गरिएको छ।

स्थानीय वासिन्दा अब नयाँ बाटो भएर सजिलै बजार जान पाउँदा, एम्बुलेन्स आउन सक्दा, विद्यार्थीहरू समयमै विद्यालय पुग्न सक्दा सहज महसुस गर्न थालेका छन्। मेचीनगरको यो सडक विकास अब भौतिक मात्र नभई जनजीवन परिवर्तनको पनि संकेत बनिरहेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved