गायिका सुनिता कटवालको मौलिक तीज गीत सार्वजनिक(भिडियो सहित)

  • असार ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरीलाई आफ्नो कर्मथलो बनाएर गीत संगीतमा लागेकी गायिका सुनिता कटवालले हिन्दुनारीहरुको महानपर्व तीजलाई ध्यानमा राखेर मौलिक तीज गीत आफ्नो यूटुब च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।
 
सुनिता कटवाल नामक आफ्नै यूटुब च्यानल मार्फत उनले लोक लयमा आधारित तीज गीत ‘छम छामी नाचे जे होला’ सार्वजनिक गरेकी हुन् उक्त गीतले परम्परागत तीज संस्कृतिलाई राम्रोसँग प्रस्तुत गरेको छ । निसाद संगीत पाठशाला समेत सञ्चाल गर्दै आएकी उनको गीतमा बनेको म्यूजिक भिडियो पनि उत्कृष्ट छ ।  
 
सो तीज गीतको शब्द÷संगीत बिष्णु भट्टले तयार गरेका हुन् ।  देबेश राईले गीतलाई राम्रो एरेन्ज , मिक्सिङ÷मास्टरिङ गरेर न्याय दिएका छन् । योगेश मुकुरुङ राईले ‘सेवा रेकर्डिङ’ स्टुडियोमा गीतको रेकर्डिङ गरेका हुन् । 
 
गीतलाई आकर्षक भिडियो बनाउनका लागि कोरियोग्राफी तथा निर्देशन विशाल कैनीले निर्देशनको भूमिका निर्वाह गरेका छन्। भिडियोको छायांकन महेश महराले गरेका छन् ।  भिडियोमा दीपा शाही र टेक बिसीको  आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ ।  भिडियोको उत्पादन शिरीष खड्काले गरेका हुन । गीतमा विशेषगरी तीजको रमाइलो माहोल, नारीहरूको दुख–सुख साटासाट गर्ने मेलोमेसो, परम्परागत नृत्य शैली र भावनात्मक पक्षलाई उजागर गर्न कोशिस गरेको गायिका कटवालले जानकारी दिइन् ।
 
उनले नयाँ तीज गीतबाट दर्शक श्रोताहरुको राम्रो पाउने आशा पनि राखेकी छन् । 
उनले आफ्नो यूटुब च्यानलमा रहेको तीज गीतलाई बिभिन्न सामाजिक सञ्जालमार्फत शेयर गरेर सहयोग गरी हौसला प्रदान गर्न आम दर्शक श्रोतामा आग्रह समेत गरेकी छन् । उनले टिकटक चलाउने संगीतप्रेमी भगवान रुपी दर्शकहरुलाई आ आफ्नो टिकटक एकाउन्ट मार्फत नयाँ तीज गीतको भिडियो बनाएर प्रचार प्रसारका लागि सकेको सहयोग गर्न बिषेश अनुरोध समेत गरेकी छन् ।
भिडियो:
 
केही महिना अघि गायिका कटवालले युवापुस्ताका लागि निर्कै आकर्षक डान्सिङ गीत निर्माण गरेकी थिइन् । सो गीत समेत उनको यूटुब च्यानलमा हेर्न सकिन्छ । ६ दिनअघि सार्वजनिक भएको कटवालको गीत यो समाचार तयार पर्दासम्म ३५ हजारबढी  दर्शकले मन पराईसेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved