पत्रकारमाथिको दुर्व्यवहारप्रति साम्पाङ समर्थकद्वारा सार्वजनिक माफी

  • असार ३२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिका–५ का सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि याक्खा र नगरप्रमुख हर्क साम्पाङका समर्थक मणिराज राईले समाचार संकलनमा अवरोध गर्दै पत्रकारमाथि दुर्व्यवहार गरेको विषयमा सार्वजनिक माफी मागेका छन्।

इलाका प्रहरी कार्यालय धरानमा मंगलबार आयोजित छलफलका क्रममा प्रहरी निरीक्षक कोमल ठाकुरको रोहबरमा दुर्व्यवहारमा संलग्न याक्खा र राईले पत्रकारहरूमाथि आफूहरूले गरेका अभद्र व्यवहारप्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाएका हुन्।

छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष काफ्ले, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ सुनसरीका सचिव पर्शुराम बाह्रकोटी (विनय), प्रेस चौतारीका बिकास चाम्लिङ राई, प्रेस सेन्टरका तिर्थ कार्की, धरान वडा नम्बर ५ का अध्यक्ष मनप्रसाद लिम्बुसहित वडा सदस्यहरू र पत्रकारहरूको उपस्थिति थियो।

घटना असार २६ गते धरान–५ स्थित सेउती खोलामा आएको बाढीलाई च्यानलिङ गर्ने क्रममा भएको थियो। नगरप्रमुख साम्पाङले जेसीभी लगाएर काम सुरु गरेपछि धरान–१५ र ५ का बासिन्दाबीच झडपको अवस्था सिर्जना भएको थियो। सोही विषयमा रिपोर्टिङ गर्न गएका पत्रकारहरूमाथि साम्पाङका समर्थकहरूले गालीगलौज, अवरोध र हातपात प्रयास गरेका थिए।

कपुरी न्यूजकी रश्मी प्रधान, कोले न्यूजका रोहित कुलुङ राई, गणतन्त्र एफएमका रोहित बस्नेत (डेबिट) माथि पत्रकार भएको निहुँमा 'किन भिडियो खिचेको?', 'कुन पार्टीको पत्रकार हो?' भन्दै गालीगलौज गरिएको थियो।

सार्वजनिक स्थलमा भिडियो खिच्न पत्रकारलाई रोक लगाइएको मात्र नभई हातपात प्रयास समेत भएको थियो।

घटनापछि पीडित पत्रकारहरूले इलाका प्रहरी कार्यालयमा मणिराज राई, कवि याक्खा र दुई जना महिलाविरुद्ध कारबाहीको मागसहित निवेदन दिएका थिए। तर, त्यसपछि पनि साम्पाङ समर्थकहरूले पत्रकारहरूमाथि हुलहुज्जत गर्दै पुनः दुर्व्यवहार गरेका थिए।

घटनाले पत्रकारहरूको कार्य स्वतन्त्रता र सुरक्षामाथि प्रश्न उठाएको छ। यद्यपि, दोषी पक्षले सार्वजनिक रूपमा माफी मागेसँगै यस विषयले केही समाधानको दिशा लिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved