जनप्रतिनिधि र कर्मचारी पूरक हौँ तर प्रतिस्पर्धी होइनौँ

  • असार ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 -कुमार थापा

वर्तमान शासन व्यवस्थामा जनप्रतिनिधि र कर्मचारी दुई पाटे सन्तुलन हुन-एकअर्काको अनुपूरक,एउटाले अर्कोलाई अवहेलना गर्न थालेमा तन्त्रको मर्म डगमगाउँछ, समृद्धिको सपना ध्वस्त हुन्छ। त्यसकारण राष्ट्रसेवक कर्मचारीहरूप्रति मेरो उच्च सम्मान  छ, तर त्यो सम्मान अन्धो छैन ।

न त म सबैलाई एउटै तुलोमा जोख्ने गल्ती  गर्छु। किनभने यो सत्य हो-धेरै कर्मचारीहरू इमानदार, कर्मनिष्ठ र सेवा भावले प्रेरित छन्। तर यसैबीच यस्ता पनि छन्, जसले पदको सदुपयोग होइन, भयङ्कर दुरुपयोग गरिरहेका छन् ।

जनप्रतिनिधिको सुझाव होइन, अपमान खोज्छन्; आफ्नो कर्तव्य होइन, दादागिरी देखाउँछन्। ती ‘सेवक’ होइनन्-शक्तिको भ्रामक नशामा चुर भएकाहरू.हुन्, जो सार्वजनिक प्रणालीभित्र मन्द विष बनेर फैलिरहेका छन्। अझ विडम्बना त के छ भने, तिनैका मुखबाट “जनप्रतिनिधि नमान्ने, नटेर्ने” जस्ता घातक भनाइहरू यदाकदा सांकेतिक ढङ्गबाट फैलाइरहेका छन् ।

यस्तो प्रवृत्ति केवल तुच्छ अहंकारको उपज मात्र होइन, संस्थागत लोकतन्त्रको धरातलमाथिको गम्भीर हमला पनि हो। यदि कसैलाई जनप्रतिनिधिको आग्रह ,अनुरोध अर्थात् निर्देशन अपाच्य लाग्छ, नीति–निर्देशन असह्य लाग्छ, जनताको आवश्यकताहरू झण्झट लाग्छ भने, म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। उनीहरूलाई उपयुक्त विकल्प रोज्न पूर्ण रूपमा स्वतन्त्रता  छ-नेपालमै प्रशस्त अड्डा पनि छन्, जहाँ प्रतिनिधिको छायाँ पनि पर्दैन।

तर जहाँ प्रतिनिधि छन्, त्यहाँ जनादेश, जवाफदेहिता र पारदर्शिता सँगै हुन्छ। हामी जनप्रतिनिधिहरू, हाम्रा कमजोरीसहित जनतामाझ बस्न बाध्य छौं-यहाँको पीडामा बाँधिएका छौं-त्यसैले आलोचना भोग्छौं, सुधारका लागि भिड्छौं। तर तपाईंहरूलाई भने ...त्यो विवशता छैन-कुनै जिम्मेवारीको जनतासँग प्रत्यक्ष  हिसाब पनि छैन, न चुनावी उत्तरदायित्व नै छ ।

त्यसैले, नपच्ने ,नसक्ने र नमान्ने हो भने सरुवा लिने सुविधा तपाईंको हो । जनतासँग बस्ने बाध्यता हाम्रो हो। तर जहाँ छौं, त्यहाँको मूल्य, नीति र नेतृत्वको सम्मान नगरी बस्न खोज्ने सोच नै केवल तपाईँहरूको अनुशासनहीनता हो।

त्यो त सायदै मैले भन्नै नपर्ला!हो,हामी प्रतिनिधिहरू पनि पूर्ण निर्दोष होइनौं र छैनौँ तर साँचो अर्थमा भन्नुपर्दा आत्मसमीक्षा र सुधारप्रतिको खुलापन नै हाम्रो लोकतान्त्रिक चरित्र हो।

जबसम्म तपाईं  पारदर्शी, जिम्मेवार र जनभावनाको सम्मान गर्न तयार हुनुहुन्न,तबसम्म तपाईंको असहजताको मुख्य स्रोत हामी होइनौं-तपाईंभित्रको असान्दर्भिक सोच हो, जसले आलोचना होइन, चाकरी खोज्छ; सहकार्य होइन, नियन्त्रण खोज्छ। त्यसैले तपाईँको साँचो बाधक  हामी होइनौं-साँचो चुनौती त तपाईंको त्यो अहंकार हो, जसले लोकतन्त्रको अनुशासनसँग निरन्तर टक्कर गरिरहेको हुन्छ।

शायद मेरो स्वच्छ विचार र अटल सोच सबैलाई मन नपर्न पनि सक्छ। मलाई गाली गर्नुहोस्, आलोचना गर्नुहोस्, विरोध गर्नुहोस्-तपाईंलाई जे उचित लाग्छ त्यो अभिव्यक्त गर्न पूर्ण स्वतन्त्रता छ। तर, यस्ता प्रतिक्रियाहरूले मेरो निष्ठा, संकल्प वा यात्रालाई रोक्न सक्दैन। धन्यवाद ! (लेखक ः ७ नम्बर वडाध्यक्ष, अरुण गाउँपालिका,भोजपुर)

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved