धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी लोकमार्गमा चेकजाँचका क्रममा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । मंगलबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रकलाई फेदीमा चेकजाँचका लागि रोक्न खोजेको थियो । प्रहरीले ट्रक रोक्न संकेत गरेपछि चालक ट्रकबाट हाम फालेर फरार भएको जनाएको छ । चालक फरार भएपछि ट्रक शंकास्पद लागेर प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा ठू
झापा/ राष्ट्रिय विपद्बाट प्रभावित नागरिक तथा परिवारको राहतका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)झापाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्याब्सन नेपालको आह्वानमा राष्ट्रिय विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्ने अभियानअन्तर्गत प्याब्सन झापाले उक्त रकम संकलन गरेको हो। संकलित रकम प्याब्सन नेपालमार्फत राहतका लागि उपलब्ध गराउने तयारी गरिएको छ। प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले जिल्लाका शिक्षक, विद्यार्थी, अभिभावक र सदस्य विद्यालयको सहभागितामा रकम संकलन गरिएको हो। राहत रकम प्याब्सन झा
धरान/ धरानमा मोटरसाइकलले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माेटरसाइकल चालक इटहरी–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरे रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए। मंगलबार दिउँसो करिब ३ बजे धरान उपमहानगरपालिका–८ स्थित कोशी लोकमार्गको गुराँस चोकमा दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को८प ३३३३ नम्बरको १२५ सीसीको होण्डा मोटरसाइकलले आफ्नै साइडमा रोकिराखेको प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घिमिरेको अनुहारमा चोट लाग्नुका सा
बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा माध्यमिक बिद्यालय ९ कक्षा ९(१२० स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मङलवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टि स्थित स्रोत केन्द्रको भवनमा उक्त माध्यमिक बिद्यालय ९ कक्षा ९(१२० स्तरिय ‘संविधान र संघीयता’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि रहेको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए ।वक्तृत्वकला प्रतियोगि
सुनसरी/ सुनसरीमा प्रहरीले लागूऔषधविरुद्धको कारबाही तीव्र बनाएको छ। जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगर २६ ग्रामभन्दा बढी र गाँजा ५ किलो ९०० ग्रामभन्दा बढी बरामद भएको छ। घटनामा ७ जना पक्राउ परेका छन्। इटहरीमा ब्राउन सुगर र गाँजासहित चौधरी पक्राउ भदौ २२ गते दिउँसो इटहरी उपमहानगरपालिका–७ बज्राहा मुसरीटोलमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी चौकी पुष्पलाल चोकबाट खटिएको संयुक्त टोलीले ४६ वर्षीय दिनेश चौधरीलाई पक्राउ गरेको हो। शंका लागेर खानतलासी
धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सुधार नेपाल, धरानले एकै दिन आयोजना गरेको वृहत् रक्तदान कार्यक्रमबाट ३५० पिन्ट रगत संकलन गरेको छ। धरानको भानुचोकमा शुक्रबार आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बिहानैदेखि रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। मानवीय सेवामा योगदान पुर्याउने तथा रगतको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई सहयोग पुर्याउने उद्देश्यका साथ सुधार नेपालले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धरानको मुख्य बजार क्षेत्र भानुचोकमा आयोजना गरिएको
धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी तथा विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का दीपक मगरका अनुसार बर्खामा पानी परेपछि लेदुवा खोलामा बाढी आउने र विद्यालय हिँडेका विद्यार्थी खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँसम्म किनारमा बस्नुपर्ने अवस्था छ । ‘पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ । बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्य
काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको दाबी गरेर रकम असुल गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्। प्रहरीका अनुसार बुढाले महिलालाई नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम माग गरेका थिए। रकम नदिए ती तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ लिएको भन्ने सूचना प्र
धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छात्रा रिदिमा भुजेलले यस वर्षको अन्तर-विद्यालय वाक्कला प्रतियोगिताको उपाधि चुमेकी छन्। इस्कोन मन्दिरद्वारा आयोजित उक्त प्रतियोगितामा दर्जनौँ विद्यालयका प्रतिस्पर्धी विद्यार्थीहरूलाई पछि पार्दै कलेजको विज्ञान संकाय (कक्षा ११, सेक्सन 'ए') मा अध्ययनरत मेधावी छात्रा भुजेल प्रथम बनेकी हुन्। उत्कृष्ट वक्तृत्वकला प्रस्तुत गर्दै विजेता बनेकी रिदिमाले आकर्षक मायाको चिनो, विजेता प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेकी छन्। रिदिमाको यस सफलतासँगै नवोदय कलेजले हरेक वर्ष अतिरिक्त क्रियाकलापमा कायम राख्दै आएको विजयी विरासतलाई यो वर्ष पनि निरन्तरता दिन स
धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरानबाट चार जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले १ किलो ९१० ग्राम थाई गाँजा बरामद गर्दै दुई महिला र दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै इटहरी पठाउन लागिएको पार्सल शंकास्पद लागेपछि जाँच गरेको थियो। जाँचका क्रममा पार्सलबाट ९१० ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पार्सल रिसिभ गर्ने व्यक्तिसम्म पुग्न प्रहरीले नियन्त्रणमा राखेर पठाउने रणनी