धरानमा सिटी सफारीलाई मोटरसाइकलको ठक्कर, उपचारका क्रममा चालकाे निधन

  • भदौ २४, २०८३
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ धरानमा मोटरसाइकलले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा  माेटरसाइकल चालक इटहरी–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरे रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए।

मंगलबार दिउँसो करिब ३ बजे धरान उपमहानगरपालिका–८ स्थित कोशी लोकमार्गको गुराँस चोकमा दुर्घटना भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को८प ३३३३ नम्बरको १२५ सीसीको होण्डा मोटरसाइकलले आफ्नै साइडमा रोकिराखेको प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घिमिरेको अनुहारमा चोट लाग्नुका साथै उनी बोल्न नसक्ने अवस्थामा गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, उपचारकै क्रममा राति करिब ९ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिटी सफारी चालक धरान–५ का ३८ वर्षीय रचन मगरलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानको नियन्त्रणमा राखिएको छ।

प्रहरीका अनुसार मोटरसाइकल चालकले सडकमा ध्यान नदिनुका साथै तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कोशी प्रदेश सभामा दल ...

विराटनगर/ सबैभन्दा पछाडी पारिएको समुदायले भोग्नुपर ...

कैद र जरिवाना भुक्ता ...

धरान/ लागूऔषध मुद्दामा अदालतबाट एक वर्ष कैद र २० ह ...

ट्रकमा लुकाएर राखिएक ...

धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेद ...

राष्ट्रिय विपद्बाट प ...

झापा/ राष्ट्रिय विपद्बाट प्रभावित नागरिक तथा परिवारको र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved