ट्रकमा लुकाएर राखिएको १ हजार २४० किलो गाँजा बरामद

  • भदौ २४, २०८३
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी लोकमार्गमा चेकजाँचका क्रममा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो ।

मंगलबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रकलाई फेदीमा चेकजाँचका लागि रोक्न खोजेको थियो ।

प्रहरीले ट्रक रोक्न संकेत गरेपछि चालक ट्रकबाट हाम फालेर फरार भएको जनाएको छ । चालक फरार भएपछि ट्रक शंकास्पद लागेर प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो ।

प्रहरीले गाँजा र ट्रकलाई नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कोशी प्रदेश सभामा दल ...

विराटनगर/ सबैभन्दा पछाडी पारिएको समुदायले भोग्नुपर ...

कैद र जरिवाना भुक्ता ...

धरान/ लागूऔषध मुद्दामा अदालतबाट एक वर्ष कैद र २० ह ...

राष्ट्रिय विपद्बाट प ...

झापा/ राष्ट्रिय विपद्बाट प्रभावित नागरिक तथा परिवारको र ...

धरानमा सिटी सफारीलाई ...

धरान/ धरानमा मोटरसाइकलले सिटी सफारीलाई पछाडिबाट ठक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved