सुनसरीमा एकैदिन लागूऔषधविरुद्ध प्रहरीको ‘एक्सन’ : ब्राउन सुगर र गाँजासहित ७ जना पक्राउ

  • भदौ २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीमा प्रहरीले लागूऔषधविरुद्धको कारबाही तीव्र बनाएको छ।

जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगर २६ ग्रामभन्दा बढी र गाँजा ५ किलो ९०० ग्रामभन्दा बढी बरामद भएको छ। घटनामा ७ जना पक्राउ परेका छन्।

इटहरीमा ब्राउन सुगर र गाँजासहित चौधरी पक्राउ

भदौ २२ गते दिउँसो इटहरी उपमहानगरपालिका–७ बज्राहा मुसरीटोलमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी चौकी पुष्पलाल चोकबाट खटिएको संयुक्त टोलीले ४६ वर्षीय दिनेश चौधरीलाई पक्राउ गरेको हो।

शंका लागेर खानतलासी गर्दा चौधरीको साथबाट ०.८७ ग्राम ब्राउन सुगर ३ किलो ९४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

देवानगञ्जमा मिलघरबाट गाँजा बरामद, तीन पक्राउ

सोही दिन साँझ देवानगञ्ज गाउँपालिका–७ मा गाँजा लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टोलीले रमेश यादवको घरअगाडि रहेको मिलघरमा खानतलासी गरेको थियो।

त्यसक्रममा १ किलो ९६०   गाँजा बरामद भएको प्रहरीले जनाएको छ। घटनामा देवानगञ्ज–७ का १९ वर्षीय रामबाबु यादव, भारत अररिया सोनापुर पञ्चायत–६ का १९ वर्षीय सोनु मेहता र पोसदाहा पञ्चायत–६ का २६ वर्षीय सुमित संगम मेहता पक्राउ परेका छन्।

इटहरीमा छुट्टाछुट्टै घटनामा दुई जना पक्राउ

इटहरी उपमहानगरपालिका–१६ मित्तेरी टोलमा प्रहरीले १९ वर्षीय अबु खानलाई पक्राउ गरेको छ। खानको साथबाट ०.१९ ग्राम ब्राउन सुगर पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, इटहरी–१० स्थित डिभिएम बोर्डिङ स्कुल नजिकबाट १७ वर्षीय शिबु मण्डल पक्राउ परेका छन्। उनको साथबाट ०.३९ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा २५ ग्रामभन्दा बढी ब्राउन सुगरसहित राई पक्राउ

यसैबीच, बराहक्षेत्र नगरपालिका–११ मधुवन बुधबारेमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले ४० वर्षीय कर्णबहादुर राईलाई पक्राउ गरेको छ।

लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्र.०१–०२–०५१ प.४८०१ नम्बरको मोटरसाइकल रोकेर खानतलासी गर्दा राईको साथबाट २५.६३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। उनलाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबै घटनामाथि थप अनुसन्धान भइरहेको छ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved