Top 4

    Showing १,२९१-१,३०० of ९,७९३ items.
  • धरानमा संविधान दिवस भव्यतापूर्वक मनाइयो

    धरान/संविधान दिवसको अवसरमा सर्वपक्षीय समन्वय समितिको आयोजनामा धरानमा आज भव्य ¥याली तथा कोणसभा सम्पन्न भयो। धरान–२ छाताचोकबाट सुरु भएको ¥याली ‘संविधानको रक्षा गरौँ’ नारासहित भानुचोकमा पुगेर कोणसभामा परिणत भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, महिला प्रतिनिधि, विद्यार्थी, नागरिक समाजका अगुवासहित ठूलो जनसमुदायको उपस्थिति रहेको थियो। सहभागीहरूले संविधानको संरक्षण र अराजक गतिविधिको विरोधमा ऐक्यबद्धता जनाए। कोणसभामा विद्यार्थी नेता रविन्द्र श्रेष्ठले धरानमा भदौ २४ पछि भएका तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गर्दै मेयर हर्कराज राईमाथि नै जिम्म

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ५३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संविधानको रक्षा श्रमिकहरुको एजेण्डा : जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ

    काठमाण्डौं/नेपालको संविधान श्रमिकहरुको संघर्षको उपलब्धी भएकाले संविधानको रक्षा श्रमिकहरुको मुख्य एजेण्डा भएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनु भएको छ ।  शुक्रबार पुतलीसडकस्थित मनमोहन मजदुर भवनको खुल्ला प्राङ्गनमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसका समारोहमा जिफन्ट तथा आवद्ध घटकका सयौँ श्रमिक नेता कार्यकर्ताहरु सभागी सभा मार्फत शुभकामना दिनुहुँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो सात दशक लामो नेपाली श्रमजीवी जनताको रगत र पसिनाले निर्माण गरिएको संविधान विरुद्ध प्रतिगामीहरुलाई खबरदारी गर्नुभयो ।  अध्यष श्रेष्ठले भन्नुभयो संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको विरोध श्रमिक जनताले

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ५९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५३८ किलो गाँजा बरामद, चालक फरार

    विराटनगर/ विराटनगरबाट बिहीबार राति प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर–८ यादवचोक नजिक भातीगछतर्फ जाने सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारभित्र ५३८ किलो गाँजा भेटिएको हो। बिहीबार राति करिब १०:१५ बजे प्रहरीले नियन्त्रणमा लिएको कार तलासी गर्दा १५ बोरा गाँजा फेला परेको थियो। कार छाडेर चालक फरार भएका कारण उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। बरामद गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रारम्भिक अनुमान छ। कारसहित गाँजा नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ६२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बलात्कारपछि हत्या गर्ने मुख्य आरोपी पक्राउ

    खोटाङ/ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ । सहकारीको काम सकेर सोमबार साँझ घर फर्कंदै गरेकी रेस्मिकामाथि ५–६ जनाको समूहले आक्रमण गरी सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न भएको आरोपमा रेस्मिकाका छिमेकी २९ वर्षीय दीपक सार्कीलाई पक्राउ गरिएको छ । सार्की मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।प्रारम्भिक अनुसन्धानका क्रममा उनले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भनेर प्रहरीलाई नाम टिपाएका छन् । बाँकी फर

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ७६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा करेन्ट लाग्दा एकजनाको मृत्यु

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–११ हिमाली मार्गका ५० वर्षीय धर्मराज राईको करेन्ट लागेर मृत्यु भएको छ। राईले बिहिबार बिहान करिब ११:४५ बजे आफ्नै घरमा गमलामा पानी हाल्न मोटर अन गर्ने क्रममा करेन्ट लागी घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान–घोपा पुर्‍याइए पनि डाक्टरले १२:२० बजे मृत घोषणा गरेका हुन्। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इप्रका धरानबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ५८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हिबिस्कसको खुल्ला हाजिरी जवाफ प्रतियोगिता हुने

    धरान/ हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले यस वर्ष खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। विगतमा नगर र जिल्ला स्तरीय स्तरमा आयोजना गर्दै आएको स्कुलले यस पटक दायरा फराकिलो बनाउँदै खुल्ला रूपमा प्रतियोगिता गर्ने घोषणा गरेको हो। पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै स्कुलका सल्लाहकार पवन झा ले विद्यार्थीको बौद्धिक क्षमताको विकासलाई मुख्य लक्ष्य राखिएको बताए। उनका अनुसार २०७९ सालदेखि सुरु भएको ‘हिबिस्कस क्विज मेनिया’ यस पटक १ सय ५० भन्दा बढी विद्यालय सहभागी हुने अनुमान गरिएको छ। कार्यक्रम संयोजक सुवास मोक्तानले पहिलो चरणमा १ सय प्रश्न रह

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ६७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संविधान दिवसमा ओली सार्वजनिक हुँदै

    काठमाडौँ/नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसको अवसरमा पहिलोपटक सार्वजनिक रूपमा देखिन लागेका छन्। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएको हिंसात्मक प्रदर्शन र आगजनीपछि करिब एक सातादेखि नेपाली सेनाको सुरक्षा घेराभित्र रहेका ओली हाल गुन्डुस्थित भाडाको घरमा बसिरहेका छन्। आन्दोलनकारीले बालकोटस्थित निजी निवासमा आगजनी गरेपछि उनी शिवपुरीस्थित सेनाको शिविरमा बसेका थिए। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा गुन्डुमा उनको बसोबासको व्यवस्था मिलाइएको हो। संविधान दिवसका अवसरमा शुक्रबार बिहान बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समार

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ३५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज संविधान दिवस मनाइँदै

    काठमाडौँ/  संविधान दिवस, २०८२ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ३२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कराते च्याम्पियन वर्षा राईसहित विद्यार्थीलाई सुनाखरी एकेडेमीको सम्मान

    धरान/ भारतको कालेम्पोङमा सम्पन्न चौथो इन्डो–नेपाल कराते च्याम्पियनसिप २०२५ मा पदक विजेता बनेका आफ्ना विद्यार्थीलाई धरान–१२ स्थित सुनाखरी एकेडेमीले मंगलबार सम्मान गरेको छ। सुनाखरीकी छात्रा वर्षा राईले प्रतियोगितामा दुई स्वर्ण पदक जित्दै बेस्ट फाइटर उपाधि हात पारिन्। त्यस्तै, चारु राईले एक स्वर्ण, र देम्चुङ तामाङले एक कास्य पदक प्राप्त गरे। उनीहरुलाई विद्यालयका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई र प्लस–टु को–अर्डिनेटर तपकुमार राईले अबिर र खदा लगाएर सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले देश–विदेशका प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने वि

    • प्रकाशित मितिः असोज २, २०८२
    • ४६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तोडफोड-आगजनी: नगरप्रमुखको मौनतामाथि वडाध्यक्ष र कार्यपालिका सदस्यद्वारा आलोचना

    धरान/ हालै धरानमा भएका तोडफोड र आगजनीका घटनाप्रति नगरप्रमुख हर्कराज राई मौन बसेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले  आलोचना गरेका छन्। उनीहरुले नगरप्रमुखलाई “गैरजिम्मेवार” आरोप लगाउँदै पीडित धराने जनताको पीडाप्रति वेवास्ता गरेको बताएका छन्। राजनीतिक दलका कार्यालयदेखि पूर्व मेयर र पूर्व उपमेयरको घरमा क्षति पुर्‍याइँदा पनि नगरप्रमुख चुप लाग्नु गम्भीर प्रश्न भएको उनीहरुको भनाइ छ। धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले तत्काल अनुगमन र क्षतिको लगत संकलन गर्न माग गरे। उनले भने, “मन्त्री बन्ने सपना टुटेपछि नगरसभा गर्न त तत्पर, तर जनताको पीडाप्रति चास

    • प्रकाशित मितिः असोज २, २०८२
    • ५६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved