संविधान दिवसमा ओली सार्वजनिक हुँदै

  • असोज ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाईल तस्बिर

काठमाडौँ/नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसको अवसरमा पहिलोपटक सार्वजनिक रूपमा देखिन लागेका छन्।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएको हिंसात्मक प्रदर्शन र आगजनीपछि करिब एक सातादेखि नेपाली सेनाको सुरक्षा घेराभित्र रहेका ओली हाल गुन्डुस्थित भाडाको घरमा बसिरहेका छन्।

आन्दोलनकारीले बालकोटस्थित निजी निवासमा आगजनी गरेपछि उनी शिवपुरीस्थित सेनाको शिविरमा बसेका थिए। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा गुन्डुमा उनको बसोबासको व्यवस्था मिलाइएको हो।

संविधान दिवसका अवसरमा शुक्रबार बिहान बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

सो क्रममा ओलीलाई गुन्डुदेखि बालकुमारीसम्म युवासंघ नेपालका कार्यकर्ताले स्कर्टिङ गर्दै लैजाने तयारी भएको युवासंघ नेतृत्वले जनाएको छ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved