धरानमा तोडफोड-आगजनी: नगरप्रमुखको मौनतामाथि वडाध्यक्ष र कार्यपालिका सदस्यद्वारा आलोचना

  • असोज २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हालै धरानमा भएका तोडफोड र आगजनीका घटनाप्रति नगरप्रमुख हर्कराज राई मौन बसेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले  आलोचना गरेका छन्।

उनीहरुले नगरप्रमुखलाई “गैरजिम्मेवार” आरोप लगाउँदै पीडित धराने जनताको पीडाप्रति वेवास्ता गरेको बताएका छन्।

राजनीतिक दलका कार्यालयदेखि पूर्व मेयर र पूर्व उपमेयरको घरमा क्षति पुर्‍याइँदा पनि नगरप्रमुख चुप लाग्नु गम्भीर प्रश्न भएको उनीहरुको भनाइ छ।

धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले तत्काल अनुगमन र क्षतिको लगत संकलन गर्न माग गरे। उनले भने, “मन्त्री बन्ने सपना टुटेपछि नगरसभा गर्न त तत्पर, तर जनताको पीडाप्रति चासो नदेखाउनु लापरबाही हो।”

धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले आन्दोलनलाई परिवर्तन नभई अराजकताको नतिजा भन्दै, तोडफोड नियोजित तरिकाले भएको बताए।

यद्यपि, मेयर राईले भने दोषी जो–कोही भए पनि कानुनको कठघरामा ल्याइने चेतावनी दिए।

यसैबीच, भदौ २६ मा हुने भनिएको नगरसभा सारेर असोज ४ गते गर्ने निर्णय नगर कार्यपालिकाले गरेको छ। सभामा २ अर्ब २० करोड ७४ लाखको बजेट पारित हुने तयारी छ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved