Top 4

    Showing 1,101-1,110 of 9,492 items.
  • बैंकिङ ठगी गिरोह बढ्यो,पूर्वसांसद ठगीको सिकार बनिन्

    विराटनगर/  नेपालको बैंकिङ प्रणालीलाई निशाना बनाउँदै सक्रिय ठगी गिरोहले योजनाबद्धरूपमा राजनीतिक, कानुनी र सामाजिक क्षेत्रमा परिचित व्यक्तिलाई समेत जालोमा पारिरहेको खुलेको छ ।पछिल्लो समय कोशी प्रदेशकी एक महिला पूर्वसांसद ठगीको सिकार बनेकी छन् । कोशी प्रदेशसभाकी पूर्वसदस्य उनलाई गत असार २७ गते दिउँसो करिब २ः५० बजेतिर आफूलाई वाणिज्य बैंकको म्यानेजर भएको बताउने व्यक्तिले ‘वाट्सएप’मा फोन गरे । बैंकको लोगो देखिने गरी आएको फोनमा ‘माननीयज्यू, तपाईंको केवाईसी तत्काल अपडेट गर्नुपर्छ’ भनियो । पेसाले कानुन व्यवसायीसमेत रहेकी ती पूर्वसांसदले सहजै विश्वास गरिन् र मोबाइलमा

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कार्यपालिका बैठक विना निष्कर्ष स्थगित,बजेट अझै अन्यौल , शुक्रबार पुनः बस्ने

    धरान/ करिब अढाई महिना पछि वसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक वुधबार दुई घण्टा लामो सन्चालन भए पनि कुनै पनि एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । बैठक पुनः शुक्रबार वस्ने गरि स्थगित भएको हो । कार्यपालिका सदस्य दिनेश गजमेरका अनुसार दुई घण्टा लामो छलफल भएपनि कुनै निष्कर्ष निस्किन नसकेपछि बैठक आगामी शुक्रबारको लागि स्थगित भएको हो ।  चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम अनुमोदनको आशा गरिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक  कुनै एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ । दुई घण्टाभन्दा बढी समय चलेको बैठक कार्यसूचीमाथि छलफल गर्नुभन्दा बजेट निर्माणको प्रक्रिय

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साइबर अपराध मुद्दामा एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

    काठमाडौँ/  प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ। साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि एमाले केन्द्रीय सदस्य ऐन महर बुधबार प्रहरीमा उपस्थित भएका छन्। साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले महरविरुद्ध पक्राउ अनुमति दिएको थियो। त्यसपछि उनी स्वयं प्रहरी समक्ष उपस्थित भएको साइबर ब्युरोका एसपी दिपक राज अवस्थीले जानकारी दिए। आजै उनलाई म्याद थपका लागि अदालतमा पेश गरिने तयारी भइरहेको छ। एक महिलाले महरविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गरेकी हुन्। यसअघि पनि ती महिलाले महरविरुद्ध उजुरी दिएकी थिइन

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चलचित्र पत्रकार संघ नेपाल झापाको अधिवेशन कात्तिममा हुने

    बिर्तामोड/ चलचित्त पत्रकार संघ नेपाल झापा शाखाको अधिवेशन कात्तिममा हुने भएको छ । संघको आज बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कात्तिकमा अधिवेशन गर्ने निर्णय गरेको हो । संघले अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा योगदान पु¥याउने एक जना पत्रकारलाई ११ हजार १५१ रुपैयाँसहित सम्मान गर्ने भएको छ भने एक जना पत्रकारलाई पाँच हजार १५१ रुपैयाँसहित चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष रमेश तिवारीले जनकारी दिनुभयो । त्यस्तै, संघकी सदस्य अस्मिता साँखीलाई संघको कोषाध्यक्षमा चयन गरिएको छ । बैठकले सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाईं र टिकाराम बाँस्

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट टिचिङको नयाँ फड्को : स्त्री तथा प्रसूति सेवाका लागि २ सय बेडसहित ५ अत्याधुनिक अप्रेशन थिएटर सञ्चालन

    विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवामा नयाँ इतिहास रचेको छ । पूर्वी नेपालकै स्त्री तथा प्रसूति उपचारमा समर्पित २ सय बेड क्षमताको अत्याधुनिक भवन मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले नवनिर्मित भवनको उद्घाटन गर्दै अस्पतालको सेवा–सुविधालाई देशकै उदाहरणीय भन्दै प्रशंसा गरे । यो विस्तारसँगै अस्पतालमा २४ वटा अप्रेशन थिएटरमध्ये ५ वटा विशेष स्त्री तथा प्रसूति शल्यक्रिया कक्ष, ३० बेड क्षमताको डिलक्स क्याबिन, गाइनो आइसीयू तथा २ सय बेडको विशिष्ट वा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 598 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आफ्नै छोरीको हत्या आरोपमा जन्मकैद भोगिरहेकी महिला कैदी कारागारमै मृत फेला

    विराटनगर/  विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको शौचालयभित्र आफ्नै छोरीको हत्या गरेको आरोपमा जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मृत फेला परेकी छन् । सुनसरी बराहक्षेत्र–६ घर भएकी ३२ वर्षीया राधा भनिने राधा भट्टराई बुधबार बिहान ४ः३० बजे सलको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जेलर गौरव ढुंगेलले जानकारी दिए । भट्टराईले २०८० माघ पहिलो साता दुई सन्तानसहित सप्तकोशी नहरमा हामफालेकी थिइन् । उद्धारका क्रममा उनी र छोरा सकुशल बचेका थिए भने करिब ६ वर्षीया छोरीको मृत्यु भएको थियो । सो घटनामा पक्राउ परेकी उनलाई अदालतले ‘कर्तव्य ज्यान’ मुद्दामा जन्

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 1,058 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साहायक प्रअ नपाएपछि शिक्षक बोहोरा बिच्किए, सहमति लत्याउँदै सामाजिक सञ्जालमा टिकाटिप्पणी, अन्ततः सरुवा

    बाघझोडा/ वराहक्षेत्र नगरपालिका–८ बाघझोडास्थित कोशी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बोहोरा साहायक प्रधानाध्यापक पद नपाएपछि बारम्बार सामाजिक सञ्जालमार्फत विद्यालय प्रशासन र व्यवस्थापन समितिमाथि लक्षित टिप्पणी गर्दै आएका छन्। पेसागत आचारसंहिताविपरीत यस्तो गतिविधि रोक्न सहमति भएको भए पनि उनले सहमति लत्याउँदै निरन्तर विवादास्पद टिप्पणी गरेपछि नगर शिक्षा समितिले उनलाई तत्काल सरुवा गर्ने निर्णय गरेको छ। सहायक प्रअ पद नपाएपछि आक्रोश विद्यालयले साहायक प्रधानाध्यापक नियुक्ति नगरेपछि शिक्षक बोहोरा विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक वालकृष्ण अधिकारीप्रति रुष्ट बनेका थिए। त्यसपछि

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 1,841 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर साम्पाङद्वारा कार्यपालिका बैठक आह्वान, २६ एजेण्डामा छलफल

    धरान/ सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आज (बुधबार) दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन्। बैठकमा २६ वटा एजेण्डा प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रम अनुमोदन, पालिका गान अनुमोदन, बजेट सिलिङ पास लगायतका विषयमा छलफल हुने जनाइएको छ। धरान उपमहानगरले यसअघि अहिलेसम्म नयाँ बजेट ल्याउन सकेको छैन। यसपटकको बैठकले आगामी बजेटलगायत महत्वपूर्ण निर्णय पारित गर्ने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 519 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा लागूऔषधसहित महिला र पुरुष पक्राउ

    सुनसरी/  सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा दुई फरक स्थानबाट लागूऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ। मंगलवार दिउँसो (आज) १२:५० बजे इटहरी उपमहानगरपालिका–२०, नविन भिलेजमा खटिएको प्रहरी टोलीले खोटाङ च्यानडाँडा–८ घर भएकी ३८ वर्षीया निर्मला राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनको साथबाट ट्रामाडोल ५ पत्ता (५० पिस) र डिकोलिक ५ पत्ता (५० पिस) बरामद गरिएको छ। त्यसैगरी, आजै दिउँसो करिब १२:०० बजे इनरुवा नगरपालिका–४ बसचौकमा खटिएको संयुक्त प्रहरी टोलीले बराहक्षेत्र–५ घर भएका २७ वर्षीय सुरज तामाङलाई पक्राउ गरेको छ। उनले ढाडम

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 1,121 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असोज १ देखि इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न माग

    धरान/  नेपालका तीन प्रमुख यातायात मजदुर संगठनहरूले यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न माग गरेका छन्। नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले संविधान र विद्यमान कानुनको उल्लङ्घन गरेको दाबी गरेका छन्। विज्ञप्तिमा संविधानले तोकेको सरकारी कामकाजको भाषा देवनागरी लिपी भए पनि विभागले जारी गरेको सूचनामा अङ्ग्रेजी प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ। त्यस्तै, इम्बोस्ड नम्बरप्लेटमा राखिने आरएफआई

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 605 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved