अविरल वर्षाले कोशी प्रदेशमा १२ हजार हेक्टर धानबालीमा क्षति

  • कार्तिक २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt -तस्बिर झापाको मेचिनगर १२ मा अविरल वर्षा र हावाहुरीले क्षति गरेको धानबाली

सुनसरी/ कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशका किसानहरूका लागि ठूलो विपत्ति निम्त्याएको छ ।  प्रदेशका किसानको मुख्य आशा–अवलम्बन मानिने धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार कोशी प्रदेशका १४ जिल्लामा करिब ५८ हजार टन धानबाली नष्ट भएको पुष्टि गरिएको छ।

निर्देशनालयकी प्रवक्ता पूर्णिमाया गुरुङका अनुसार १२ हजार ६ सय ३२ हेक्टर खेतमा लगाइएको धानबाली पूर्ण वा आंशिक रूपमा नष्ट भएको छ। उनीका अनुसार यतिबेला प्रदेशभरको कृषिमाथि परेको क्षति निकै गम्भीर देखिएको छ।

सबैभन्दा बढी क्षति झापामा पुगेको छ।

  • झापा : २१ हजार ८२० टन
  • मोरङ : १६ हजार ४२०.८ टन
  • सुनसरी : १२ हजार ६५८.४४ टन

अन्य जिल्लाहरूमा पनि उल्लेख्य क्षति पुगेको निर्देशनालयले जनाएको छ—
उदयपुर (१,२९२ टन), खोटाङ (४५० टन), भोजपुर (७४० टन), इलाम (८९७.८ टन), धनकुटा (३८९.४ टन), पाँचथर (३४१.४१ टन), ओखलढुंगा (१९० टन), संखुवासभा (३१२.५ टन), सोलुखुम्बु (४०.९५ टन) र तेह्रथुम (३७२.०९ टन)।

कुल रूपमा हेर्दा अविरल वर्षा, बाढी र हावाहुरीले करिब २ अर्ब ५ करोड ४३ लाख ६७ हजार रुपैयाँबराबरको कृषि क्षति पुगेको छ, जसले यस वर्ष धान उत्पादन र किसानहरूको आयमा ठूलो असर पर्ने अनुमान गरिएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved