विद्यार्थीको ममतामय पहल : टिफिन खर्च बचत गरी माया घरका आश्रितलाई खाजा खुवाए

  • कार्तिक १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरीस्थित सी.बी. स्कुलका विद्यार्थीहरूले मानवीय करुणाको अद्भुत उदाहरण प्रस्तुत गरेका छन्। आफ्नै टिफिन समयमा खाने खाजाको खर्च जोडेरे उनले माया घर नेपालमा आश्रित १४५ जनालाई एक दिनको खाजा खुवाएका छन्।

दैनिक रु. १०, २० देखि ५० सम्म बचत गर्दै विद्यार्थीहरूले संकलन गरेको रकमबाट बुधबार माया घरका आश्रितहरूलाई खाजा खुवाए। सानै उमेरमा सामाजिक उत्तरदायित्वप्रति यस्तो चेतना देखाएकोमा उनीहरूको प्रशंसा हुँदैछ।

सोही अवसरमा विद्यार्थीहरूले इटहरी–२, आयुर्वेदिक टोलस्थित १०८ शिवलिङ्गको दर्शन गर्दै त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रममा पनि सहभागी भई कथा सुनेका थिए।

विद्यार्थीहरूले भने, “पहिले डर लाग्ने यो ठाउँ आज श्रद्धा र शान्तिको प्रतीक बनेको छ।” उनीहरूको विश्वास छ—१०८ शिवलिङ्ग स्थापनासँगै इटहरीको यो क्षेत्र निकट भविष्यमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा चिनिनेछ।

कार्तिक १४ गतेदेखि सुरु भएको धन्याञ्चल सत्सङ्ग कार्यक्रममा दैनिक धार्मिक कथा, भजन र दर्शनका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved