Top 4

    Showing 1,081-1,090 of 9,492 items.
  • सुनसरीबाट ब्राउन सुगर सहित युवक पक्राउ

    रामधुनि/ विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सुनसरी रामधुनि नगरपालिका–५ झुम्का बजारमा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ३० वर्षीय सागर राईलाई उनकी दिदी रीना राईको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर १०५.५६ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। उक्त कारबाही इलाका प्रहरी कार्यालय रामधुनि, इलाका प्रहरी कार्यालय पकलि र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले गरेको हो। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेम संघ (क्रान्तिकारी) महालक्ष्मी नगर कमिटी गठन, अध्यक्षमा टंकी गुरुङ सर्वसम्मत चयन

    धनकुटा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) को महालक्ष्मी नगर कमिटी गठन गरिएको छ। महालक्ष्मी नगरपालिका–७, जीतपुरमा शनिबार आयोजित कार्यक्रममा टंकी गुरुङको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत गठन भएको हो। कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष क. कुसुम श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। त्यस्तै अनेम संघ (क्रान्तिकारी) धनकुटा जिल्ला अध्यक्ष क. गिता गुरुङ खेवा र अनेम संघ (क्रान्तिकारी) प्रदेश सदस्य क. सानु कार्की बस्नेतको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा ४० भन्दा बढी अनेम संघ समर्थक महिलाको उपस्थिति रहेको आयोजकले जानकारी दिएको

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 578 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रहरी प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता

    मोरङ/ कोशी प्रदेश कार्यालय विराटनगरको सभाहलमा आइतबार एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८२/०८३ को वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । आइजीपी दिपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की बीच भएको आर्थिक बर्ष २०८२/०८३ को वार्षिक कार्य सम्पादन सम्झौताको बुँदामा आधारित रही आ.व. २०८२/०८३ को लागी प्रदेश प्रहरी प्रमुख कार्की तथा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा सुनसरी, विपद व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 338 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चार स्थानमा निशुल्कः ‘वाटर एटीएम’ सेवा

    सुन्दरहरैंचा/ गर्मीको समयलाई मध्यनजर गर्दै मोरङको सुन्दरहरैंचा –३, गछियामा आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता सेवक खत्रीले इटहरीको तरहरा,सुन्दरहरैंचाको मुख्य केन्द्र बिराटचोक,गोठगाउँ चोक र गछिया चोकमा गरी ४ ठाउँमा निःशुल्क पिउने पानी तथा ‘वाटर एटीएम’ सेवा सुरु गरेका छन्। गर्मीको समयमा सर्वसाधारणलाई हिडडुल गर्दा पिउने पानीको समस्या नहोस भनेर सेवा सुरु गरिएको आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता खत्रीले जानकारी दिए। उनले इटहरीको तरहरा र बिषेश गरी सुन्दरहरैंचालाई प्रथामिकता दिएर बढ्दो गर्मी सर्वसाधारणलाई च

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 468 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बजेट विवाद कायमै, अल्पमतबाट घोषणा,कार्यान्वयन अझै अन्यौल

    धरान/  धरान उपमहानगरपालिकाको नयाँ आर्थिक वर्षको बजेट अल्पमतको वावजुद पनि पारितको घोषणा गरिएको छ । शुक्रबार वहुमत सदस्यहरुको असहमतिको वाबजुद पनि उपमहानगरपालिकाका मेयर हर्कराज राईले वजेट पारितको घोषणा गरेका हुन् ।माओवादी, काँग्रेस सहितको समर्थनमा वजेट घोषणा गरिएको छ । असहमतिको बावजुद वजेट पारितको घोषणा गरिएको भएपनि कार्यान्वयन हुन्छ की हुन्न भन्ने विषयमा अन्यौल बढेर गएको छ । तर नेकपा (एमाले)लेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक नै वहिस्कार गरी असहमति जनाउँदै विरोध जनाएका छन् । धरान उमपहानगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको वहुमत सदस्य रहे पनि अल्पमत सदस्यको उपस्थितिमा बजेट

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 525 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, वार्षिक १५ लाख आम्दानी

    सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।   वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशन गुप्ताले च्याउखेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्दै आएका छन् । विसं २०७७ देखि व्यावसायिक च्याउखेती सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक रु १२ लाख बचत गर्दै आएका हुन् । भाइ भरत गुप्तासँगको सहकार्यमा रु ५० हजार लगानी गरी व्यावसायिक च्याउखेती सुरु गरेको रोशनले बताए । सात वर्षसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका गुप्ताले विदेशमा कमाएको रकम लगानी गर्ने निर्णय गरेसँगै सुरुमा र

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 649 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर सहित सुनसरीबाट एक व्यक्ति पक्राउ

    धरान/ सुनसरीमा विशेष सूचनाका आधारमा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ५ बजेर ३० मिनेट जाँदा ईनरुवा नगरपालिका–४ बसचोक नजिक अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले लौकहीबाट झुम्का जाँदै गरेको बा।४६ प।८४०२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो। सो क्रममा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्र ब। गुरुङको साथबाट १६।३५ ग्राम ९सोह्र ग्राम तीन सय पचास मिलिग्राम० ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। गुरुङले प्रयोग गरिरहेको मोटरसाइकल समेत प्रहरी

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 805 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भिजन कोष, घाटा बजेट र कर वृद्धि प्रस्तावमा एमालेको असमति

    धरान/ एमालेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर उप मेयर भिजन कोष,घाटा वजेट र अत्यधिक करको विरोध गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक शुक्रबार बहिस्कार गरेको पाइएको छ । वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले घाटा बजेट र अत्यधिक कर वृद्धि कुनै हालतमा स्वीकार नहुने भन्दै शुक्रबारको बैठक साँझ वहिस्कार गरेका हुन् । उनीहरुले मेयर हर्कराज राईलाई पाँच वुँदे माग सहित ध्यानाकर्षण पत्र वुझाएर बैठक वहिरस्कार गरेका हुन् । उनीहरुले बैठक वहिस्कार गरेपछि उपमहानगरपालिका परिसरमा आकस्मिक पत्रकार सम्मेलन गर्दैै स्रोत अनुमान तथा बजेट सिलिङ समितिमा सदस्यसमेत रहेकी सावित्री परियारल बैठकमा शुरुदेख

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 633 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाउ पाथिभरा मन्दिरमा १ करोड ४२ लाख बढी भेटी सङ्कलन

    झापा/मेचीनगर–१३, चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटी र अन्य आय स्रोतबाट एक आर्थिक वर्षमै १ करोड ४२ लाख ८१ हजार रुपैयाँ आम्दानी भएको छ। पूर्वपश्चिम राजमार्गसँग जोडिएको यस धार्मिक स्थलको व्यवस्थापनका लागि २०७१ सालमा पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको हो। समितिका अध्यक्ष लोकराज ढकालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र दान पेटिकाबाट ७४ लाख ७४ हजार, सहयोग रसिदबाट ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीमार्फत १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट ८८ हजार रुपैयाँ सङ्कलन भएको छ। त्यसैगरी, बैंकमा रहेको बचतको ब्याजबापत ५ लाख ६० हजार, अनलाइनमार्फत २ लाख ५४ हजार

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 871 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले संयुक्त रुपमा गरेको चेकजाँचमा ४.५० ग्राम लागूपदार्थ ब्राउन सुगर  सहित एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार भदौ १३ गते दिउँसो करिब २ः४५ बजे इनरुवा नगरपालिका–४ बसपार्कचोकमा विशेष सूचनाका आधारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मोरङ सुन्दरहरैंचा नगरपालिका–६ बस्ने २८ वर्षीय हेमराज बिकलाई नियन्त्रणमा लिइएको हो। नियमित चेकजाँचका क्रममा उनको साथबाट बरामद गरिएको लागूपदार्थसहित बिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved