आत्मनिर्भरमै थामिएको कृषि: १% मात्रै पूर्ण व्यावसायिक उत्पादन गर्ने परिवार

  • कार्तिक २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ । नेपालमा कृषि उत्पादन अझै आत्मनिर्भर उपभोगमै सीमित रहेको प्रष्ट हुने तथ्यांक सार्वजनिक भएको छ। कृषि अर्थशास्त्री डा. देवेन्द्र गौचनका अनुसार देशभरका परिवारमध्ये पूर्ण रूपमा व्यावसायिक उद्देश्यले मात्रै कृषि उपज उत्पादन गर्ने परिवारको संख्या १.१ प्रतिशतमा झरेको छ।

उनका अनुसार करिब ६९ प्रतिशत परिवारले उत्पादन गरेको खाद्यान्न र सामग्री आफ्नै घरमा उपभोग गर्छन्। त्यस्तै, मुख्यतः आफ्नै उपभोगका लागि उत्पादन गरी केही मात्रामा बचेको बेच्ने परिवार २५ प्रतिशत रहेको छ। “मुख्यरूपमा बेच्ने तर केही उपभोग गर्ने ५.४ प्रतिशत र सबै उपज बजारमै बेच्ने १.१ प्रतिशत मात्रै छन्,” डा. गौचनले बताए। “समग्रमा हेर्दा करिब ७ प्रतिशत घरपरिवारले मात्र कृषि उपज बेच्ने गरेका छन्।”

उनका अनुसार नेपालमा कृषि क्षेत्रलाई व्यावसायिक बनाउने मार्ग गहिरो र दिगो ‘सरल रेखाबाट हुने प्रणालीगत परिवर्तन’ मार्फत मात्र सम्भव छ। यस परिवर्तनले सांस्कृतिक, राजनीतिक, प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई एकैसाथ समेटेर कृषि क्षेत्रलाई दीर्घकालीन रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved