बारामा जङ्गली हात्तीको आतंकः ट्रक चालकको मृत्यु

  • कार्तिक २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

रौतहट । बारामा जङ्गली हात्तीको आकस्मिक आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा हात्तीको आक्रमणमा परेर ट्रक चालकको ज्यान गएको हो।

नाः४ ख १८३० नम्बरको ट्रक चलाइरहेका जितपुरसिमरा–१ निवासी अन्दाजी ४० वर्षीय राजकुमार चौधरीलाई हात्तीले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ।

प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता खेमप्रसाद नेपालका अनुसार ट्रकबाट झरेर बच्न जंगलतर्फ भाग्दै गर्दा करिब सय मिटर दक्षिणतर्फ हात्तीले चौधरीलाई समातेको थियो। हात्तीको आक्रमण अत्यन्त तीव्र भएको र उनलाई तत्कालै उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ।

हात्तीले अन्य केही सवारीसाधनमा समेत तोडफोड गरेपछि राजमार्ग केही समय अवरुद्ध बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। अचानक सडकमा पुगेको हात्तीले देख्नेबित्तिकै सवारीसाधनहरूमा आक्रमण गरेको उनीहरूको भनाइ छ।

हात्तीलाई पुनः जंगलतर्फ धपाउने कार्य जारी रहेको प्रहरी कार्यालय बाराले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved