झापामा जेनजी आन्दोलनमा तोडफोड–आगजनीमा संलग्न १२ जना पक्राउ

  • कार्तिक २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

झापा/ जेन्जि आन्दोलनको क्रममा सरकारी संरचना र स्रोतसाधनमा गरिएको व्यापक तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरू पहिचान हुँदै क्रमिक रूपमा पक्राउ परेका छन्।

सिसिटिभी फुटेज, भिडियो, तस्वीर र प्रत्यक्षदर्शीको बयानका आधारमा पहिचान गरिएका १२ जनालाई विभिन्न मितिमा पक्राउ गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मिति २०८२।०५।२४ गते आन्दोलन चर्किँदै जाँदा इलाका प्रहरी कार्यालय अनारमनी, दमक र सुरुङ्गाका कार्यालय भवन तथा सवारी साधनमा ठूलो क्षति पुगेको थियो।

घटनापछि संलग्नको खोजी तीव्र पारी प्रहरीले दर्जनौँलाई नियन्त्रणमा लिएको जनाएको हो।

अनारमनी प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरू

१. नवराज राई (४५), बिर्तामोड–५

कसुर: ज्यान मार्ने उद्योग

म्याद: २०८२।०७।२० गतेदेखि ७ दिन

२. राजन चौधरी (२२), बिर्तामोड–५

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२२ गतेदेखि ५ दिन

३. आयुस धिमाल (२०), बिर्तामोड–५

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२१ गतेदेखि ५ दिन

४. गोपाल सङ्रौला (४२), कन्काई–१

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२१ गतेदेखि ५ दिन

५. बिष्णु बि.क. (२५), कन्काई–३

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२१ गतेदेखि ५ दिन

६. कुसल तिम्सिना (२५), शिवसताक्षी–१०

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२२ गतेदेखि ४ दिन

७. सञ्जय बस्नेत (३१), शिवसताक्षी–१०

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२३ गतेदेखि ३ दिन

८. पुजा मगर (२४), बिर्तामोड–५

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२१ गतेदेखि ५ दिन

९. सुरज राई (२८), अर्जुनधारा–७

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२१ गतेदेखि ५ दिन

दमक प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरू

१०. रियाज सिलवाल (१९), दमक–३

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२३ गतेदेखि ४ दिन

११. नकुल अधिकारी (२२), चुलाचुली–३

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२३ गतेदेखि ४ दिन

१२. साजन लुहागुन (२२), पाँचथर मिक्लाजुङ–५, हाल दमक–१

कसुर: अपराधिक उपद्रव

म्याद: २०८२।०७।२३ गतेदेखि ५ दिन

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान हुँदै गएको छ र थप पक्राउ प्रक्रिया जारी छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved