Top 4

    Showing 1,011-1,020 of 8,096 items.
  • श्रमदानबाट तमोर नदीमा काठे पुल

    ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो। फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ । सबै स्थानमा एकै पटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो । तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छन् । अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्न

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 247 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा जेसीजको राष्ट्रिय महाधिवेशन,प्रधानमन्त्री ओली आउने

    इटहरी/ इटहरी जेसीजको आतिथ्यतामा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन यही पुस ६ गतेदेखि सुरू हुँदैछ । पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी दिइयो । ५१ औँ राष्ट्रिय महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए । उनका अनुसार देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुुनेछन् । महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् ।पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुनेगरी तयारी अन्तिम

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 189 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा प्रेमिकाको हत्या,प्रेमी पक्राउ

    धनुषा । महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीपकुमार यादवलाई पक्राउ गरेको हो ।महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुई जनाबीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्ष

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 195 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस

    पृष्ठभूमिडिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 282 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्वीजरल्याण्डका शिक्षकले नेपाली राष्ट्रिय गान गाएपछि .......

    धरान,। हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का बिद्यार्थीहरु र स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिसबीच मङ्गलबार अध्ययन अध्यापन सम्बन्धि अनुभव साटासाट भएको छ। स्विजरल्याण्डमा ४२ बर्ष शिक्षण गरि अवकास भएका डेभिसले स्विट्जरल्याण्डको शिक्षण पद्धति,संस्कार संस्कृति,भुगोल, हावापानी, राजनीतिक, आर्थिक परिवेश आदीको बारेमा सुनाउदा बिद्यार्थीहरुले निक्कै चासो दिएर सुनेका थिए ।हिबिस्कसका विद्यार्थीहरुले पनि नेपालको संस्कार संस्कृति, चाडपर्ब, भुगोल, हावापानी, राष्ट्रिय झण्डा आदीको बारेमा शिक्षक डेभिसलाई जानकारी गराएका थिए ।नेपालको राष्ट्रिय झण्डा युनिक रहनुका साथै दुबै देसबीच धेरै कुरामा समानता

    • प्रकाशित मितिः पुस २, २०८१
    • 286 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा भारतको अस्वस्थकर माछा बिक्री प्रतिबन्ध

    चतरा । बराहक्षेत्र बराहक्षेत्रको नगरमा आयतित माछालाई कडाई गरिने भएको छ । भारत लगायत छिमेकी देशहरूबाट आयात गरी ल्याएका मरेका अस्वस्थकर माछा बिक्री गर्न नपाउने भएको जनाइएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले त्यस्ता माछालाई पूर्ण रूपमा रोक लगाएको बताए ।उनले भने,“बजारमा उपभोक्ताहरूको अधिकार र स्वास्थ्यमा असर पार्ने किसिमका माछा, परीक्षण नगरी ल्याएका अस्वस्थकर माछा, छिमेकी मुलुकबाट अवैध रूपमा ल्याएका माछाहरू बिक्री वितरण गरेको जनगुनासो आएसँगै कार्यपालिकाको निर्णयबाट त्यस्ता किसिमका माछाहरूलाई बिक्री गर्न पूर्ण रूपमा निषेध गरिएको हो।” नगरपालिकाले सुचना नै प्रकाशन गर

    • प्रकाशित मितिः पुस २, २०८१
    • 315 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदर्शलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

    विराटनगर/ विराटनगरस्थित आदर्श माविले महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर महानगरपालिकाले शहीद रंगशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कास्य र १२ वटा रजन पदकसहित आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको शुक्रबार मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कूल २८ पदकसहित एभरेष्ट मावि दोस्रो भएको छ । दोस्रो भएको एभरेष्टले ७ स्वर्ण, ७ कास्य र १४ रजत पदक जित्न सफल भयो । ५ स्वर्ण, २ कास्य र ७ रजतसहित सत्यनारायण मावि तेस्रो भएको छ । भलिबलको स्पर्धामा छात्र र छात्रा दुवैतर्फ कान्तिपुर माविले उपाधि

    • प्रकाशित मितिः पुस २, २०८१
    • 208 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरतपुरमा प्रथम राष्ट्रिय तेक्वान्दो हुने

    चितवन/ चितवनको भरतपुरमा पुसको ४ देखि ६ गतेसम्म प्रथम भरतपुर खुला राष्ट्रिय प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भरतपुर–१० स्थित भरतपुर कभर्डहलमा प्रतियोगिता हुन लागेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा देशभरका करिब एक हजार खेलाडीले सहभागिता जनाउने समितिका अध्यक्षका विकास श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता अगाडि पुस ३ गते भरतपुरमै तेक्वान्दोको राष्ट्रिय रेफ्री सेमिनारको आयोजना गरिएको श्रेष्ठकोभ नाइ छ । महिला र पुरुषक

    • प्रकाशित मितिः पुस २, २०८१
    • 232 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा मेला पर्व सहित दीर्घकालिन विकासबारे समिक्षा

    बराहक्षेत्र । सुनसरीको वराहक्षेत्रमा सम्पन्न मेला पर्वका र वराहक्षेत्रको दीगो विकासबारे समीक्षा गरिएको छ । सोमबार बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा स्थानीयको उपस्थितिमा भएको समीक्षा कार्यक्रममा गत महिना सम्पन्न हरिबोधनी एकादशी मेला र बाला चतुर्दशी पर्वको आम्दानी खर्चसमेत प्रस्तुत गरिएको छ । बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रविकुमार श्रेष्ठले एकादशी मेलामा ७ लाख १४ हजार ३ सय ४४ रुपैयाँ आम्दानी भएको हिसाब प्रस्तुत गरे । उनले मेला व्यवस्थापनका लागि १२ लाख ६९ हजार ६८ रुपैयाँ खर्च हिसाब प्रस्तुत गरे । बर्खाले क्षतविक्षत बाटो मर्मत सम्भार र निर्माणमा अत्यधिक खर

    • प्रकाशित मितिः पुस २, २०८१
    • 277 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका शान्तारानीको गीत स्टेजमा चोलो फुस्किएपछि...........

    काठमाडौं ।पछिल्लो समय गायक गायिकाहरुको भाइरलको खालको समाचार आउने गरेका छन् । यसैक्रममा े गायिका शान्तारानी परियार आफ्नो भाइरल गीत ‘ढले ढले‘’ गाउने क्रममा स्टेजमा गीत गाएर नाच्दानाच्दै उनको चोली फुस्किएर लज्जित भएकी छन् ि। नवलपरासीको सुनवलमा गत मंसिर १२ देखि २४ सम्म चलेको सुनवल महोत्सवमा प्रस्तुति दिन गएकी थिइन् शान्ता रानी । उनी आफ्नो स्टेज प्रस्तुतिमा ज्योती मगरकै शैलीमा उफ्रिपाफ्री गर्ने गर्छिन् । ढले ढले‘ गाउने क्रममा बुरुक–बुरुक उफ्रिँदा अचानक उनको चोलोको पछाडिको खिप फुस्किएको थियो । गाउँदागाउँदै चोलो फुस्किएको थाहा पाएपछि शान्तारानीले आत्तिँदै जिभ्रो टोकिन

    • प्रकाशित मितिः पुस २, २०८१
    • 319 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved