Top 4

    Showing 1,011-1,020 of 9,492 items.
  • दोषीलाई कारबाही गर्न सबै एकजुट बनौँ

    अघिल्लो मङ्गलबार (भदौ २४) ‘जेनजी’ आन्दोलनको आवरणमा धरान नगर क्षेत्रमा अकल्पनीय धनजनको क्षति भएको छ । जेनजी आन्दोलनको आवरणमा यहाँ सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, ढुङ्गामुढा र तोडफोड हुँदा धनमालको मात्र होइन, कम्तीमा चारजनाको ज्यान पनि गएको छ । यो सामान्य विषय होइन । यस्ता घटनामा आन्दोलनकारी युवा नभई आपराधिक मानसिकताका व्यक्तिहरू संलग्न भएको देखिन्छ । त्यसैले यो जघन्य अपराध हो । व्यक्तिको ज्यान नै जाने गरी भएका घटनाहरू कुनै पनि अर्थमा सामान्य हुन सक्दैनन् ।  देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र तिनका छोराछोरीहरूको विलासी जीवनशैलीमाथि प्रश्न गर्दै ‘जेनजी’ भनि

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 522 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजीले पत्याएनन् मेयर हर्कराजलाई

    धरान/ प्रधानमन्त्री बन्ने चाहना बोकेर काठमाण्डौ गएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई जेनजीले मन्त्री पनि दिएनन् । राजधानी काठमाण्डौबाट मेयर राई रित्तो हात लिएर फर्किएका छन । स्थानीय स्तरमा बजेट संकट, कामको अलमल र जनप्रतिनिधिहरूबीचको विवादले आलोचना खेपिरहेका राईले राजधानी यात्रा गर्दै ठूलो अवसर खोजेका थिए ।तर सत्तारूढ जेनजी (जनता–नेता गठबन्धन) ले मन्त्री छनोट प्रक्रियामा राईलाई कुनै स्थान दिएन धरान फर्कन लागेका मेयर राईलाई स्थानीय तहमा ‘नगर प्रमुखको जिम्मेवारी पन्छाएर व्यक्तिगत राजनीतिक आकांक्षालाई प्राथमिकता दिएको’ भन्दै आलोचना बढ्ने देखिन्छ । उनले काठमाण्डौमा मन

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले मुख्यालयमा हँसिया हथौडा अंकित देशकै ठुलो झण्डा

    काठमाण्डौं/ एमाले मुख्यालय च्यासलमा नेपालकै सबै भन्दा ठुलो झण्डा राखिएको छ । रातो पृष्ठभूमिमा सुनौलो रङ्गको हँसिया हथौडा अंकित अहिलेसम्मकै ठुलो झण्डा मजदुरहरुको संगठन जिफन्टले राखेको हो ।  सोमबार बिहान ११ बजे नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र आवद्ध घटकहरुका करिव सयजना नेता कार्यकर्ताहरुले लम्बाई ४५ र चौडाई समेत ४५ रहेको राखेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पास गरेको झण्डा राखिएको श्रेष्ठले बताउनुभयो ।  जेन जी आन्दोलनका क्रममा भदौ २४ गते जेन जी आन्दोलनका क्रममा उदण्ड समुहले तोडपाmेड र आगजनी गरेक

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ऊर्जामन्त्री कुलमान घिसिङले पनि कुनै सेवा सुविधा नलिने

    काठमाडौं./अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नलिने भएका छन् । सोमबार पदभार ग्रहणका क्रममा मन्त्री घिसिङले आफूले पाउने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने र सुरक्षा र अन्य सुविधासमेत नलिने घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 362 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपराधीलाई कारबाही गर्न एमाले धरानको माग

    धरान/ नेकपा (एमाले) धरान उपमहानगर कमिटीले जेनजी आन्दोलनको आडमा आफ्नाे पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। भदौ २४ गते भएको घटनालाई पार्टीले योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएको छ। पार्टीद्वारा जारी विज्ञप्तिमा प्राप्त फोटो तथा भिडियो प्रमाणका आधारमा जो कोहि भए पनि  संलग्न रहेको छ उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा क्षतिपूर्ति दिलाउन सरकारलाई आग्रह गरिएको छ। त्यस्तै, धरानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपरमार्केट, एमाले नेतृ मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, पूर्व मेयर मनोज मेन्याङबो, सिर्जना ने

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 959 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलनमा निधन भएकाप्रति सरकारको राष्ट्रिय शोक घोषणा

    काठमाडौं/ जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मानस्वरूप सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार शोकको प्रतीकस्वरूप सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाउने परिवारलाई काजकिरिया खर्चवापत प्रत्येकलाई एक–एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घरसम्म पुर्‍याउने जिम्मा सरकारले लिने जानकारी दिए। पदभार ग्रहण कार्यक्रममा गृहमन्त्री अर्याललाई गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 600 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा रुखबाट लडेका वृद्धको मृत्यु

    सुनसरी/सुनसरीको धरान उप–महानगरपालिका–१७ पटनाली बस्ने ८२ वर्षीय पूर्ण शंकर राईको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ। आईतबार बिहान करिब ९:१० बजे बेलपानी जंगलमा करमको रुख चढेर घाँस काट्ने क्रममा उनी लडेका हुन्। घटना भएलगत्तै इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा खटिएको टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा पोष्टमार्टमका लागि पठाएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 807 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लुटपाटको सामग्री फ्रिता नगरे कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाको चेतावनी

    सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा नगरपालिकाको लुटपाटको सामग्री फ्रिता नगरे चेतावनी दिएको छ।   प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपानेले विज्ञप्ति जारी गर्दै भाद्र २४ गतेका दिन आगजनी र तोडफोडका क्रममा सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शाखा / उप-शाखा/इकाईमा रहेका कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लुटपाट भएको बताएका छन्।   यस्तै टिभि, सिसिटिभि, कुर्सी, बायोमेट्रिक डिभाइस, नेटवर्क स्विच, मोबाइल, क्यामरा, मनिटर, स्ट्रिट लाइट, साउण्ड सिस्टम, कार्यालयको महत्वपूर्ण कागजपत्रहरु लगायतका अन्य सामग्रीहरु नगरपालिका परिसरबाट लुटपाट/चोरी

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 592 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रास्वपा नेतृ सुमना श्रेष्ठको राजीनामा

     काठमाडौँ/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।   आइतबार बिहानै उनले पार्टीका केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै राजीनामाको घोषणा गरेकी हुन्।   श्रेष्ठले पार्टीभित्र आफूलाई लगातार मिडिया ट्रायलमा पारिएको, आफ्ना भनाइहरूलाई बेवास्ता गरिएको र काम गर्ने वातावरण नै नरहेको कारण देखाउँदै पार्टी छाडेको बताएकी छन्।   यसैबीच, रास्वपा प्रवक्ता मनिष सुमनले श्रेष्ठको घोषणा ग्रुपमा आएको पुष्टि गर्दै औपचारिक राजीनामा पत्र भने पार्टी कार्यालयमा नपुगेको जानकारी द

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे सर्दु खोलामा फेला परेको शवको पहिचान खुल्यो, घटना शंकास्पद

    सुनसरी/धरान वडा नं १७ उज्वल मार्गका तुफान सुनुवारको शव शनिबार बिहान सर्दु खोलामा फेला परेको छ। वडा अध्यक्ष मनोज भट्टराईले मृतक आफ्नै वडावासी भएको पुष्टि गरेका छन्। छिमेकी पर्वत सञ्जेलका अनुसार सुनुवारको बानी व्यवहार राम्रै थियो, कुलतमा पनि संलग्न थिएनन्। उनी झुम्का कारागारबाट भागिएका कैदी साथीलाई चिण्डे डाँडा पुर्‍याउन हिँडेका थिए भन्ने परिवारले बताएको छ। तर चिण्डेतर्फ जाँदै गर्दा वा फर्कदाको अवस्थामा के भयो भन्ने अझै अस्पष्ट छ। छिमेकी सञ्जेलले घटनाबारे गम्भीर छानबिन गर्न माग गरेका छन्। सुनुवार पेन्टिङको काम गर्दै आएका थिए।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 626 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved