लागूऔषधसहित युवक धरानबाट पक्राउ

  • मंसिर ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा लागू औषध ओसार–पसार गर्दै गरिएको गस्ती निगरानीपछि प्रहरीले ठूलो परिमाणमा ट्रामाडोल र स्पास्पेनसहित एक युवकलाई पक्राउ गरेको छ।

साेमबार दिउँसो करिब ३ः३० बजे, धरान उप–महानगरपालिका–१४ स्थित पिण्डेश्वरी कलेज पछाडिको क्षेत्रमा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट विजयपुरबाट खटिएको प्रहरीले नियन्त्रण संचालन गरेको हो।

जाँच–पडतालका क्रममा धरान–१५ बस्ने २७ वर्षीय सनम लिम्बुको साथबाट ट्रामाडोल ३०० क्याप्सुल र स्पास्पेन २४० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। लागुऔषध तथा नियन्त्रित औषधीसहित पक्राउ परेका लिम्बुलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

यस प्रकारको निगरानी र कारबाहीले धरानमा बढ्दो लागुऔषध दुरुपयोग नियन्त्रणमा प्रभावकारी योगदान पुग्ने अपेक्षा गरिएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved