मलद्वारभित्र लुकाएर ब्राउनसुगर तस्करी गर्न खोज्ने युवक पक्राउ

  • मंसिर ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

झापा/ भारतबाट नेपालतर्फ लागुऔषध लुकाइछिपाई ल्याउँदै गरेका एक युवक भद्रपुरमा पक्राउ परेका छन्।

भद्रपुर नगरपालिका–५ मेचिपुल नजिक नियमित गस्तीमा खटिएको वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले मंसिर ७ गते साँझ करिब ७:४० बजे बिर बहादुर कुमाल (३१), स्थायी ठेगाना अर्जुनधारा नगरपालिका–२ खुदुनाबारीलाई शंका लागि चेकजाँच गर्दा लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कुमाल भारतबाट पैदलमार्ग हुँदै नेपाल प्रवेश गर्ने क्रममा थिए। चेकजाँचका क्रममा उनको मलद्वारभित्र प्लास्टिकमा प्याक गरी लुकाएर ल्याइएको ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ।

बरामद पदार्थसहित तौल गर्दा ८ ग्राम ९० मिलिग्राम भेटिएको छ भने प्लास्टिक हटाउँदा शुद्ध तौल ६ ग्राम ८३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

उनीलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

 

श्रीमानको खुकुरी प्र ...

झापा/ झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछ ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved