धरानमा १२ सय वर्ष पुरानो नृत्य–लिलासहित भव्य महापूजा हुँदै

  • मंसिर ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान–१५ स्थित ङाग्युर ङ्युङ्ने ल्हाखाङ गुम्बाले सोमबार पत्रकार सम्मेलन गर्दै २०८२ सालको भव्य धार्मिक तथा सांस्कृतिक महोत्सवको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ।

गुम्बाका अध्यक्ष लोकबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा प्राचीन बौद्ध परम्पराको संरक्षण, प्रवर्द्धन र धरानको धार्मिक–पर्यटन विकासलाई सुदृढ बनाउने उद्देश्यले यस वर्ष पनि महोत्सव धुमधामसँग आयोजना गरिने उल्लेख छ।

बौद्ध धर्मको आदिकालीन प्रसङ्ग, भगवान बुद्धले विभिन्न रूप धारण गरी धर्मचक्र प्रवर्तन गरेको विवरणदेखि लिएर तिब्बतका राजा ठ्रीसोङ देउचेनको शासनकालमा गुरु पद्म सम्भव (गुरु रिन्पोछे) र शान्त रक्षितलाई नेपाल हुँदै तिब्बत निम्त्याइएका ऐतिहासिक यात्रासम्म महोत्सवमा स्मरण गरिनेछ।

त्यही कालखण्डदेखि निरन्तरता पाइरहेको ‘दोर्जे गिताङ’ नृत्य–लिलालाई आजसम्म जोगाइराखिएको उल्लेख विज्ञप्तिमा गरिएको छ।

गत वर्षझैँ यस वर्ष पनि महोत्सवले बौद्ध धर्म–संस्कृति, आध्यात्मिक उत्थान र धरानको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाउने गुम्बाले जनाएको छ।

महोत्सवको आकर्षक कार्यक्रमहरू

• मंसिर ९ : बिहान ११ बजे शान्ति–याली, दिउँसो १ बजे रिन्पोछे स्वागत समारोह

• मंसिर १०–१२ : १० करोड बज्रगुरु जपसहित धार्मिक साधनामा भक्तजनको सहभागिता

• मंसिर १३ : बिहान ११ बजे गुरु छेङ्गे छ्याम नृत्य–लिलाको औपचारिक उद्घाटन

• मंसिर १४ : बिहान ११ बजे छेनो छ्याम नृत्य–लिला — कार्यक्रममा ऊर्जा मन्त्री कुलमान घिसिङको उपस्थिति

• मंसिर १५ : आठौं ज्यासा रिन्पोछेबाट छेवाङ आयु अभिषेक

• मंसिर १६–१८ : भक्तजनद्वारा ङ्युङ्ने (मौन व्रत) साधना

• मंसिर १९ : होम जिन्सेक गरी महोत्सवको भव्य समापन

यस वर्षको महोत्सव १२ सय वर्ष पुरानो गुरु छेङ्गे लिला, गुरु रिन्पोछे लिला, विश्वशान्ति पूजा तथा सांस्कृतिक–धार्मिक प्रस्तुतिहरूले भरिपूर्ण हुने गुम्बाका सचिव ललित तामाङले जानकारी दिए।

उनका अनुसार देश–विदेशका पर्यटक, हजारौँ भक्तजन र विभिन्न जिल्लाका लामा–गुरुहरूको सहभागिताले यसपटकको महोत्सव अझै भव्य र ऐतिहासिक बन्नेछ।

सचिव तामाङका अनुसार महोत्सवले बौद्ध सांस्कृतिक सम्पदाको संरक्षण, समुदायबीच सद्भाव विस्तार तथा धरानलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन नक्सामा अझ स्पष्ट रूपमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved