शेयर बजार एउटा यस्तो बजार भएको छ, जहाँ कसैले शैद्धान्तिक ज्ञान लिएर त कसैले ट्रेडिङ्ग गरेरै पनि लाखाँै पैसा कमाईरहेका छन् । शेयर बजार कमाउने जत्तिकै गुमाउनेहरु पनि भएकाले यसमा लाग्नु भन्दा पहिले शेयर बजार के हो ? कसरी कमाइ गर्न सकिन्छ ? कस्ता कम्पनीमा लगानी गर्ने भन्ने विषयमा ज्ञान हुनु अत्तिनै आवश्यक हुन्छ । अहिले हाम्रो समाजमा एक प्रकारको अफवाह फैलाएर सेयर बजारमा त प्रवेश गर्ने वित्तीकै लाखाँै कमाउन सकिन्छ भनेर भनिने गरेको छ । भने जस्तै सहज नभए पनि अध्ययन गरेर धेर्यताका साथ लगानी गर्नेले पैसा कमाउने अर्को व्यावसाय सोच्नु पर्दैन । सेयर बजारमा सहज र सरल तरिकाले प्रवेश गराउनका लागिँ हाम्रा घर
चितवनको गैँडा, हात्ती, मयुरको ताँती... ।केटाकेटीमा पढेको र गाएको गीत । भरतपुर, चितवनको आकाश खुलेको छ । हुन त दशैंपछिको शारदीय मौसम त्यसै पनि रमाइलो छ । उत्तरतिर सेताम्य हिमाल देख्दा मनै प्रफुल्लहुन्छ । हामी नेपालीहरू सारै भाग्यमानी । तराईको फाँटमा बसेर हिमालको दृश्यअवलोकन गर्न पाउँछौँ । कहिलेकाहीँ राजमार्गबाटै जङ्गलमा गैंडा चरिरहेको देखिँदो रहेछ । यहाँ घुम्न आउनेको चहलपहल छ । यति बेला एकजना मित्रले सौराहामा घुमेको, हात्तीमा चढेर जङ्गल घुमेको, गैँडा र बाघ भेटिएको फोटो फेसबुकमा राखेका छन् । त्यति मात्र कहाँ हो र ? बेलुकी थारुहरूको सांस्कृतिक नृत्य हेरेको मात्र नभई आफैँ पनि नाचेको फोटो उनले हालेक
हिजोआज पुरस्कार पाउने पुरस्कृत अस्रष्टा भन्दा पनि पुरस्कार प्रशिद्ध छ । पुरस्कारकै जय जय छ । यसैकारण कतिपय साहित्यकारहरू पुरस्कार लुँड़्याउनु लुँड्Þयाउनुको शाब्दिक अर्थ हुन्छ (लुड़्याउन = लुँडी+या+उनु, क्रि.) लुँड़ी पार्नु, गुजुल्ट्याउनु, बटार्नु; बस्तुले सागपात जथाभावीसँग खानु; सागपात आदि मनपरी टिप्नु वा जथाभावी बेड़ाउनु, भेटिए जति सबै लैजानु; पाए जति सबै खानु; जुवा आदिमा सबैको धन जित्नु, सोहोर्नु; धनीले वा रक्षकले पत्तै नपाई सबै उड़ाउनुे ज्यान दिने गरेको कुरा कतै लुकेको छैन । सबै पुरस्कार लुँड़्याउने दाउमै देखिन्छन् । पुरस्कार पाउने कतिको योग्य छ भन्ने कुरा जान्दा–जान्दै पनि जसरी
युनिफर्म भन्ने शब्द सुन्नेबित्तिकै हामी निलो रंगको सर्ट, गाढा निलो रंगको पाइन्ट र वा स्कर्ट लगाएका छात्रछात्राहरू सम्झिन्छौँ। निजी क्षेत्रका विद्यालयहरूमा विद्यालय अनुसारका अलग–अलग रङ्गका युनिफर्म पनि प्रचलनमा छन्। सामान्यतः छात्राहरूका लागि सर्ट र स्कर्ट तथा छात्रहरूका लागि सर्ट र पाइन्टको व्यवस्था हुने गर्छ। तर के स्कर्ट छात्राहरूका लागि सहज पोशाक बन्न सकेको छरु यी दुई प्रकारका पोशाकले एलजिटिक्युआइएं अर्थात् फरक लैंङ्गिक पहिचान भएका विद्यार्थीहरूलाई समेट्न सकेको छ तरु छात्राहरूमा संकोच विद्यालयको युनिफर्मको माध्यमबाट मजबुत बन्दै गएको लिङ्गभेदको अवधारणा समाजको समस्या हो। तर कति मानिस
जेठ २१ “छुवाछूत मुक्त राष्ट्र” : जातीय विभेद वैज्ञानिक रूपमा असत्य र सामाजिक रूपमा कलंक हो । जातीय विभेदको अन्त्य कानून वा संविधानमा मात्र होइन, मानव मनको जराबाट नै उखेलिनुपर्छ । जातका आधारमा हुने कुनै पनि हिंसा, घृणा वा अपमानका बिरुद्ध एकताबद्ध भएर सचेत नागरिकले संघर्ष गर्नुपर्छ । कानून बनाएर नै शुरु भएको जातीय विभेद कानूनद्धारा नै अन्त्य गर्न प्रयास गर्नु उचित हो । नेपाली समाजमा जात व्यवस्थाका कारण छुवाछूत र भेदभावले विकराल रुप लिएको हो । यसको जरोकिलो भनेकै धर्मसत्ता हो । धर्मका आधारमा राज्यसत्ता सञ्चालन हुँदा त्यस धर्मका सञ्चालकहरुले योजनाबद्ध रुपमा राज्यमा लागु गरेको व्यवस्था अ
भनूँ भने आफ्नो मान्छे नभनूँ भने ... मान्छे भनेझैँ अवस्था अहिले पनि देश, प्रदेश र स्थानीय सरकारमा विद्यमान रहेको छ । अझ राजनीतिक क्षेत्रमा व्याप्त देखिन्छ । राजनीति, कला, साहित्य र संस्कृति लगायत हर क्षेत्रमा देखा परेका कमीकमजोरी उल्लेख गर्न धक मानिएन भने समस्याको समाधानमा सम्भव हुन्छ । किनकि सही बोलीले अवश्य पोल्छ र पोल्नुपर्छ । आफूलाई लागेको क्षयरोगका बारेमा बेलैमा आफैँ सचेत भइएन अवश्य बाँचिदैन । त्यसैले आत्मघाती काम गर्नुहुन्न र गर्न पनि दिनु ह्ुन्न । आफू खुसी आफैँले आफूलाई आगो लगाएर मार्नुहुन्न र यस्तो दृश्य देखीदेखी कोही पनि मौन बस्न हुँदैन । तर नेपालको राजनीति लगायत हरेक क्षेत्रमा सानातिन
२०६८ साल यता जातीय विभेदकै कारण विभिन्न २२ वटा हत्याका घटनाहरु भएका छन् । त्यसमा सबै भन्दा बढी अन्तरजातीय विवाहकै कारण दलित युवा तथा युवतीहरु मारिएका छन् । एक तथ्यांक अनुसार अन्तरजातीय विवाहका कारण ११ वटा हत्याका घटना भएका छन् भने जातीय छुवाछुतमा ५ वटा, बोक्सीको आरोपमा १ जना, ५ वटा घटना बलात्कार पछि हत्या गरिएको छ । चुल्हो छोएको निहुँमा मारिएका कालिकोटका मनविर सुनारदेखि हिरासतमा मारिएका शम्भु सदा हुँदै अन्तरजातिय विवाह गर्न पुगेका पश्चिम रुकुमका नवराज विकको ६ जनाको समुहले एकै चोटि ज्यान गुमाउनु परेको छ । २०६८ पछिका यी घटनाहरुले दलित समुदायले छुवाछुत विरुद्धको लडाई लड्न अझै बाँकी रहेको पुष्टि
प्रारम्भयुवाकवि राज माङ्लाकद्वारालिखित ‘लिम्बुनी गाउँ’ (२०७४) कविता सङ्ग्रहमा सङ्कलित कविताहरूबारे यहाँ सामान्य चर्चा गर्न खोजिएको छ । लेखक–साहित्यकारहरू पनि यही समाजकै अभिन्न अङ्ग हुने भएकाले समाजसँग तिनका रचनाको गहिरो सम्बन्ध हुनु स्वाभाविक छ । यहाँ ‘लिम्बुनी गाउँ’ का कविताहरू र समाजको सम्बन्धलाई केलाउने प्रयत्न गरिएको छ । जनजातीय, अझ लिम्बू समुदायमा प्रचलित मिथक, प्रतीक, बिम्ब र लिम्बू भाषाका शब्दहरूको प्रयोग गरेर लेखिएका कविताहरू सङ्कलित यस कविता सङ्ग्रहले नेपाली समाज, राजनीति, संस्कृति र आर्थिक प्रणालीलाई जनजातीय दृष्टिबाट हेर्ने प्रयास गरेको छ । निम्नवर्गाीय
ब्युटिसीयन को हो ? हामीले सजीलो गरि के बुझ्दै आएका छौ भने ब्युटिसियन भनेको ब्युटिपार्लारमा काम गर्ने मान्छे हो । तर त्यतिमा मात्र ब्युटिसियनलाई बुझ्दा अन्याय हुन्छ । ब्युटिसियन भनेको खासगरि महिलाहरुको सौन्र्दयका डाक्टरहरु हुन भन्दा फरक पर्दैन । किनभने ब्युटिसियनहरुले गर्ने सेवा भनेको छाला,कपाल तथा मनोविज्ञानसँग प्रतक्ष्य सरोकार राख्ने हुन्छन् । खास ब्युटिसियनले महिलाहरुको छाला,कपाल तथा मनोविज्ञानको उपचार गर्ने गर्छन । बाहिरी देशहरुमा हरेक महिलाको फेमेली ब्युटिसियनहरु राखिएको हुन्छ । उनीहरु आफ्नो सौन्र्दयको बारेमा डाक्टरभन्दा अगाडी ब्युटिसियनसँग परामर्श लिन्छन । ब्युटिसियनले उसको समस्या हेरेर
विभिन्न कालका केरल सरकारहरूले जमिनको न्यायपूर्ण प्रयोगको थालनी गर्दै सामाजिक र आर्थिक सुधारहरूलाई संस्थागत गर्दै आएको छ। सामाजिक सुरक्षामा पहुँच बढाउन स्वास्थ्य सेवा तथा शैक्षिक कार्यक्रमलाई तीव्र बनाएको छ। ‘भारतको केरल, विकासोन्मुख देशहरूमा नै नदेखिएका एक भिन्न विलक्षणयुक्त राज्य हा। केरलको जनसंख्या क्यालिफोर्नियाको जत्तिकै छ र प्रतिव्यक्ति वार्षिक आय ३०० डलर भन्दा कम छ। तर यसको शिशु मृत्यु दर एकदम न्यून छ, यसको साक्षरता दर पृथ्वीमा नै सबभन्दा उच्च छ। यद्यपि यसको अधिकांश भूमि धानबालीले शोभायमान छ, तथ्याङ्कले केरलको सामाजिक विकासको सगरमाथाको शिखरमा पुगेको छ।’ (बिल म्याकिब्ब