के हाम्रा विद्यालयहरूका पोशाक समावेशी छन् ?

  • कार्तिक २७, २०७८
  • कोशीपत्र/संवाददाता
alt फायल फोटो

युनिफर्म भन्ने शब्द सुन्नेबित्तिकै हामी निलो रंगको सर्ट, गाढा निलो रंगको पाइन्ट र वा स्कर्ट लगाएका छात्रछात्राहरू सम्झिन्छौँ। निजी क्षेत्रका विद्यालयहरूमा विद्यालय अनुसारका अलग–अलग रङ्गका युनिफर्म पनि प्रचलनमा छन्। सामान्यतः छात्राहरूका लागि सर्ट र स्कर्ट तथा छात्रहरूका लागि सर्ट र पाइन्टको व्यवस्था हुने गर्छ। तर के स्कर्ट छात्राहरूका लागि सहज पोशाक बन्न सकेको छरु यी दुई प्रकारका पोशाकले एलजिटिक्युआइएं अर्थात् फरक लैंङ्गिक पहिचान भएका विद्यार्थीहरूलाई समेट्न सकेको छ तरु

छात्राहरूमा संकोच

विद्यालयको युनिफर्मको माध्यमबाट मजबुत बन्दै गएको लिङ्गभेदको अवधारणा समाजको समस्या हो। तर कति मानिस यस समस्याका बारेमा अवगत छन्रु कतिले यसको विरोध गरेका छन्रु ‘युनिफर्म’ को उपयोग समानता दर्शाउनका लागि गरिन्छ। तर यहाँ छात्राहरूलाई छात्रहरूभन्दा अलग देखाउनका लागि ‘युनिफर्म’ को प्रयोग भइरहेको छ। यसलाई अझ नियालेर हेर्दा महशुस हुन्छ कि ‘युनिफर्म’लाई सामाजिक स्तरमा तल्लो श्रेणीको पहिचानका लागि प्रयोग गरिन्छ।

विश्वका धेरै देशहरूमा स्कुलदेखि कलेजसम्मका विद्याथीले युनिफर्म लगाउनुपर्ने प्रचलन छ। अलग–अलग वर्ग र जातिका छात्रछात्राहरूबीच एकरुपता कायम राख्नका लागि युनिफर्मको प्रयोग गरिन्छ। यद्यपि, यो प्रचलनले पूँजीवादलाई अझै शक्तिशाली बनाएर यसको अनुरुपतालाई बढवा दिने गरेको देखिन्छ। युनिफर्ममा ‘कलर’ र ‘टाइ’को चलन धेरै लामो समयदेखि छ, जसबाट विद्यार्थी प्रतिष्ठित नोकरीतर्फ प्रेरित हुन्छन्। यसका साथै युनिफर्मले बालबालिकालाई लिङ्गको आधारमा अलग राख्ने उद्देश्य पनि राखेको हुन्छ।

छात्राहरूका लागि स्कर्ट–सर्ट र छात्रहरूका लागि पाइन्ट–सर्ट विश्वभर प्रचलनमा छन। यही युनिफर्म विद्यालयमा बढिरहेको लिंङ्गभेदसँग जोडिएको बहस अहिले केन्द्रबिन्दुमा छ। खासगरी स्कर्टलाई लिएर छात्रा र उनका अभिभावकमा हुने गरेको चिन्ता हामी सबैमाझ स्पष्ट छ। किनभने छात्राका लागि तय गरिएको स्कर्ट पितृसत्तात्मक सोचको उपज हो। छात्राहरू स्कर्ट लगाएर खेलकुदमा सहभागी हुन संकोच मान्छन् किनकि स्कर्ट लगाएर खेलकुदमा सहभागी बन्न अप्ठ्यारो हुन्छ। जबकि उनीहरूसँगै पढ्ने छात्र निसंकोच विद्यालयमा घुमफिर गर्छ र हरेक गतिविधिमा सहभागी हुन्छ।

स्कर्ट लगाउँदा एकदमै सचेत भएर हिँड्नुपर्ने हुन्छ। छात्राहरू अरुका अघि आफ्नो ‘अश्लीलता’ नदेखियोस् भन्नेमा सदैव चनाखो र होसियार रहनुपर्ने हुन्छ। त्यसैले छात्राहरूको स्कर्टको लम्बाई वा उनको सर्टमा झल्किएको भित्रि वस्त्रमाथिका अश्लिल टिप्पणीहरूले उनीहरूलाई हतोत्साही बनाउँछ। र, यो डर बोकेर हिँड्न उनीहरू वाध्य हुन्छन्। यो पनि एक प्रकारको उत्पीडन हो। पितृसत्तात्मक सोचको यस्तो दबाब र उत्पीडनबाट बच्नका लागि छात्राहरूमा विद्यालय छोड्ने दर वृद्धि हुनु स्वभाविक हो।


विकल्पः युनिसेक्स युनिफर्म

पितृसत्तात्मक समाजसँग यो समस्याको एउटै हल हुन्छ, केटीहरूको स्कुले पोशाक नै परिवर्तन गरिदिउँ। त्यसैले कतिपय ठाउँमा फ्रकको सट्टा कुर्ता सलवार लगाउन लगाइन्छ र उनीहरूलाई यसको फाइदाको हिसाबकिताब देखाइन्छ। तर, के कुर्ता सलवारमा केटीहरू केटाजस्तै निस्फिक्री दौडन र घुम्न सहज मान्छन्रु यसले विद्यालयमा हुने लिङ्गभेदलाई कम गर्ला तरु

ठूला शहरहरू र नाम चलेका ठूला विद्यालयहरूमा स्कर्टलाई पाइन्टमा बदलिन्छ। यसलाई जेन्डर न्युट्रल अप्रोच भनेर भनिन्छ। किनकि यदि सबैले पाइन्ट लगाउँछन् भने पाइन्टलाई युनिसेक्स युनिफर्मका रूपमा लिन सकिन्छ। अब यहाँ दुईवटा प्रश्न खडा हुन्छ। पहिलो–के केटीहरूले पाइन्ट लगाउँदैमा लिंङ्गभेदमा आधारित व्यवहारमा कुनै परिवर्तन आउँछरु दोस्रो– के यो समस्या छात्राको मात्रै होरु

हरेक मामलामा छात्राहरूलाई मात्रै दोष दिनु पितृसत्तात्मक समाजको एउटा स्वभाव हो। छात्राहरूले लगाउने लुगामाथिको अनावश्यक चर्चा पनि यही स्वभावभित्र पर्छ। एउटी महिलाले समाजबाट निर्धारित कपडा नै लगाउनुपर्छ भन्ने मानसिकता राख्नु पितृसत्तात्मक सोचको उपज हो। यसले केटीहरूलाई नारीत्वको ढाँचाभित्रै रहिरहन दबाब दिन्छ।

यस्तै केटाहरूलाई पनि पितृसत्ताद्वारा तय गरिएको पुरुषत्वको परिभाषामा ढाल्नु नै यसको उद्देश्य हो। पितृसत्तात्मक समाजले केटाले कहिले पनि स्कर्ट लगाउने माग नगरोस् र केटी कहिले पनि केटा जस्तो देखिनेगरी प्रस्तुत नहोस् भन्ने चाहन्छ। यससँगै अर्को एउटा मूल विषय छ, एलजिटिक्युआइएं अर्थात भिन्न लैंङ्गिक पहिचान भएका समुदायका विद्यार्थीहरूको सवाल।

एलजिटिक्युआइएं विद्यार्थीको समस्या

हाम्रा विद्यालयहरूमा कहिले पनि एलजिटिक्युआइएं समुदाय र यिनको पहिचानका विषयमा चर्चासम्म पनि हुँदैन। विद्यालयमा लगाइने पोशाकको मुद्दाबाट सबैभन्दा बढी भिन्न पहिचान भएका र ट्रान्स समुदायलाई समाजले अलग राखेको छ। किनकि ट्रान्स हुनुले समाजमा पुरुष र महिलाको विभाजनमा सवाल उठ्छ, यसले समाजलाई चुनौती दिन्छ।

फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टका अनुसार भारतको तमिलनाडुमा ४०० भन्दा बढी एलजिटिक्युआइएं समुदायबाट आउने युवाहरूमाथि युनेस्कोले गरेको एक सर्भेमा सहभागी भएका मध्ये आधाभन्दा बढी विद्यार्थीहरू विद्यालयमा हुने गरेका उत्पीडनबाट बच्नका लागि आफ्नो पढाई छोडिदिन्छन्।

यस्ता उत्पीडनहरूमा किशोरीरअलग पहिचान भएकाहरूलाई बलात्कारको धम्की, कुटपिट, कोठामा बन्द गर्ने, सामान लुकाइदिने र उनीहरूका बारेमा तल्लोस्तरका अफवाहरू फैलाइने काम हुन्छन्। पितृसत्तात्मक समाज एलजिटिक्युआइए समुदायलाई शिक्षादेखि टाढा राखेर यो प्रमाणित गर्न खोज्छ कि यदि कोही पनि समाजको निर्धारित नियमबाट अलग हुन खोज्छ भने उनलाई बहिस्कृत गर्ने गरिन्छ।

शिक्षा जो कोहीको जन्मसिद्ध अधिकार हो। र, यो दमनकारी तागतसँग लड्नका लागि एकमात्र उपकरण पनि हो। यदि शिक्षा प्राप्त हुँदैन भने लड्नका लागि मनोबल पनि हुँदैन। जहाँ विरोध हुँदैन, त्यहाँ दमन कायम रहन्छ। हाम्रो समाजको पितृसत्तात्मक, जातिवादी र होमोफोबिक स्वभावका कारण यस समाजमा ट्रान्स तथा पूरै एलजिटिक्युआइए समुदायको स्थिति राम्रो हुन अझै धेरै समय पर्खनुपर्नेछ।
ताइवानमा केटाहरूका लागि समेत स्कर्ट १

दक्षिण एसियाका प्रायः सबै देशमा अहिले पनि समलैंगिक दम्पत्तिहरूलाई विवाह गर्न समेत कुनै अधिकार दिइएको छैन। एशियन देशमा पहिलो र एक मात्र देश ताइवान हो, जहाँ एलजिटिक्युआइएं समुदायलाई संविधानमै वैवाहिक अधिकार दिइएको छ।

ताइवानका फेसन डिजाइनर एंगस चियांगले पारम्परिक स्कुल युनिफर्मलाई इन्द्रधनुषी रूप दिएका छन्। यस युनिफर्मलाई उनले जेन्डर न्युट्रल ९लैंगिक रूपमा तटस्थ० बनाएका छन्। नीति, भाषा र सामाजिक संस्थाहरूमा लिङ्गको आधारमा मानिसहरूको सामाजिक भूमिकामा भेदभाव नहुनु नै जेन्डर न्युट्रल हुनु हो। समाजका लागि विद्यालयको युनिफर्मलाई जेन्डर न्युट्रल बनाइनु एउटा खुट्किलो हो।

एंगस चियांले डिजाइन गरेको यस युनिफर्मलाई ‘प्रोजेक्ट युनिफर्म’ को नाम दिइएको छ। जसमा १६ अलग–अलग युनिफर्मका सेटहरू छन्। जो प्रत्येक विद्यार्थीहरूलाई अनुकूल हुन्छ र यसले विविध तथा फेसनेबल विकल्प दिन्छ। यी विकल्पहरू राखिनुले ट्रान्स समुदायलाई सकारात्मक सन्देश पनि दिन्छ। १६ युनिफर्ममा धेरैजसो स्कर्ट नै सामेल गरिएको छ।

यो युनिफर्म छात्र, छात्रा र ट्रान्स जेन्डरका बच्चाहरूका लागि बनाइएको हो। स्कर्ट केटीहरूकै लागि मात्रै मानिन्छ र यदि कोही पुरुष यसलाई लगाउँछ भने उसले पुरुषत्व गुमाएको मान्यता समाजले राख्छ। तर एंगस चियांगद्वारा निर्मित प्रोजेक्ट युनफर्मले समाजलाई समावेशी बनाउनका लागि विकल्प पेश गरेको छ।

साभारः नेपाल रिडर्स

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved