धरान/१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलद्वारा आयोजना गरिएको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ को ग्रान्ड फिनाले आगामी मङ्सिर २६ गते, शुक्रबार हुने भएको छ। बुधबार विद्यालय परिसरमै आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको हो। विद्यालयका निर्देशक दुर्गा सुवेदीका अनुसार प्रतियोगिताको उद्देश्य कला–संस्कृतिको जगेर्ना, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको छ। ‘Melody & Motion’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा मङ्सिर ५ गते पहिलो अडिसन र मङ्सिर १२ गते दोस्रो अडिसन सम्प
इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–२, नाङलो होटल अगाडिको कोशी लोकमार्ग क्षेत्रमा लागू औषध ओसार–पसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले दुई विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ १८:४० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले BR 38 T 3596 नम्बरको मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा भारतको बिहार राज्य, अररिया जिल्लाका ३० वर्षीय सुरज कुमार सोनार र २५ वर्षीय केशव कुमार ठाकुरलाई चेकजाँच गरेको थियो। जाँचका क्रममा केशव कुमार ठाकुरको साथबाट ब्राउनसुगर १३. ४४० ग्राम बरामद भएपछि दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
धरान/ ‘स्वास्थ्य र राष्ट्रियताको लागि खेल’ भन्ने मूल नाराका साथ यस वर्षको यु एन नवोदय चेम्पेन्स लिग भव्य रूपमा सुरु भएको छ। धरान–१६ स्थित बीबी फुटसलमा नवोदय +२ यु एन कलेजका प्रिन्सिपाल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले खेल अफिसियल बिपुल लिम्बूलाई बल हस्तान्तरण गर्दै लिगको औपचारिक उद्घाटन गरेका हुन्। नेपालमै पहिलोपटक +२ तहको फुटसल च्याम्पियन लिग सञ्चालन गर्दै आएको नवोदय कलेजले विद्यार्थीहरू पढाइसँगै खेलकुदमा पनि उत्कृष्ट बनुन् भन्ने उद्देश्य बोकेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिएका छन्। यस वर्षको लिगमा छात्र
धरान/ धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा स्कुल बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। {आज} बुधबार बिहान झन्डै ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुल बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए। गम्भीर घाइते भएका अटो चालक धरान–१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारकै क्रममा 
धरान/ नेवार समुदायको मौलिक परिकार यमरी लाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित पासा खल: धरान ले यस वर्ष पनि भव्य रूपमा छैटौँ यमरी उत्सव आयोजना गर्ने भएको छ। उत्सव मंसिर २७ देखि २९ गतेसम्म धरान–३ स्थित गल्ली टोल (शंखरधर साख्वा) क्षेत्रमा हुने जानकारी आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत दिएको हो। नेवार समुदायको महत्वपूर्ण पर्व यःमरी पुन्ही लाई जीवन्त रूपमा प्रस्तुत गर्ने यस तीनदिने उत्सवमा घर–घरमा यमरी राख्ने परम्परा, सांस्कृतिक झाँकी, नेवारी नाच–गान, परम्परागत पोशाक प्रदर्शन तथा नेवारी खानाका विभिन
धरान/ धरानमा पहिलोपटक भव्य रूपमा आयोजना हुन लागेको ‘धरान खेलकुद महोत्सव–२०८२’ मंसिर २५ गते बिहीबार देखि सुरु हुँदैछ। मेलाकाे तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। धरान खेलकुद महोत्सवका संयोजक तथा एन्फाका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष किशोर राईका अनुसार आवश्यक परे भीड र वातावरण हेरी पुस १० पछि पनि केही दिन कार्यक्रम थप्न सकिने सम्भावना खुला छ। राई भन्छन्— “यो महोत्सव धरानलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एउटा सुनौलो अवसर हो। समग्र तयारी लक्ष्यअनुसार अघि बढेको छ। स्टल अधिकांश भरिसकेका छन्। स्थानीय उत्पादनलाई
विराटनगर/ मोरङ उद्योग ब्यापार संघ विराटनगरको आयोजनामा यसपटकको विराट ट्रेड एक्स्पो २०२५ आगामी पुष ९ गतेदेखी १९ गते सम्म आयोजना हुने भएको छ । पुष दोस्रो सातादेखि विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खाली मैदानमा अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो हुने भएको हो ।मोरङ उद्योग व्यापार संघले विराटनगरमा सोमबार पत्रकार सम्मेलनगरी ११ दिन सम्म एक्स्पो हुनेबारे जानकारी गराएको छ । यसपटकको एक्स्पोको संयोजक संघका सचिव अमित कुमार सारडालाई तोकिएको छ । यसपटकको एक्स्पो विगतको भन्दा व्यापक रुपमा लगाउने तयारी भईरहेको एक्स्पोको संयोजक अमित कु
वराहक्षेत्र/भौगौलिक रुपमा दुर्गम , शैक्षिक रुपमा पछि रहेको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ कोशीपारी स्थित श्रीलंका टप्पुमा नगरपालिकाले पशु स्वास्थ्य शिबिर , कृषि माटो परिक्षण तथा व्यक्तीगत तथा सामाजिक सुरक्षा सम्बन्धी एकीकृत घुम्ती सिविर आयोजना गरेको छ । नगरपालिकाको प्रशासनिक केन्द्रसंग भौगौलोक रुपमा टाढा रहेको श्रीलंका टप्पुका स्थानियहरुलाई राहत तथा सुविधाकालागी मङलवार पशु पालन किसानहरुलाई निशुल्क औषधी सहित पशु स्वास्थ्य शिविर , खोरेत बिरुद्बको खोप , माटो परिक्षण सहित परामर्श सेवा तथा व्यक्तीगत घटना दर्ता, सामाजिक सुरक्षा कार्यक्रम दर्ता सिविर आयोजना गरिएको थियो । पशु तथा चौपायमा द
धरान / सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुने क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट तिनकुनेको टोलीले लागू औषध ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरेको हो। मंसिर २२ गते साँझ करिब ४:४० बजे लांघाली सामुदायिक वनतर्फबाट तिनकुनेतर्फ आउँदै गरेको को १ ह ७७२८ नम्बरको अटोलाई चेकजाँच गर्दा चालक लाक्पा देर्जे तामाङ (२८, धरान–१५) र सोही अटोमा सवार प्रमिला राई (२३, धरान–४) को साथबाट ट्रामोल र स्पास पेन औषधिको सानो मात्रा फेला परेको थियो। प्रहरीका अनुसार तामाङको साथबाट Tramol
धरान/ नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिबेशनमा मजदुर नेता भिम राई ज्वालालाई केन्द्रीय सदस्य बनाउन यातायात ब्यबसायीहरुले पार्टीलाई चर्को दवाव दिएका छन् । आफ्नो राजनैतिक जिवनको पुुर्ण समय मजदुर आन्दोलनमा विताएका ज्वाला हाल नेपाल स्वतन्त्र यातायात मजदुर सघंका केन्द्रिय अध्यक्ष हुन् । उनलाई मजदुर कोटाबाट केन्द्रिय सदस्य बनाउन मजदुरहरुले सामुुहिक रुपमा माग गर्न थालेका छन् । मजदुुर नेताहरु कमल भट्टराई मजदुुर आन्दोलनलाई न्याय गर्न भिम ज्वालाई केन्द्रिय सदस्य बनाउनै पर्ने बताउछन् । पार्टीका संकटकालिन अबस्थामा समेत संगठन गर्दे पार्टी रक्षाका लागि खट्ने राईलाई यो पटक केन्द्रीय सदस्य नबनाउदा सम