पानबारीको बाजिपाक खेल मैदानको स्तर उन्नती अन्तिम चरणमा

  • चैत १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt - रणध्वज लोहार

पानबारी/ हरेक बर्ष आफ्नो गाऊँ ठाउको चिनारी र एतिहासिकतालाई जोगाउन र पहिचान सदैब राख्ने. अभिप्रायले पानबारी गोल्डकपको आयोजना हुने खेल मैदानको स्तर उन्नती गरि व्यवस्थित बनाउनको लागि बाजिपाक खेल मैदानको स्तर उन्नती गरिएको कामको लगभग अन्तिम चरणमा पुगेको छ ।

धरान उपहानगरपालिकाको वडा नम्बर ६ मा रहको खेल मैदान बाजिपाक खेल मैदानको थप स्तिर उन्नती गर्नको लागि पानबारी गोल्डकप फुटबल क्बलले गरिरहेको छ । खेल मैदान एकमदै वडामै एतिहासिकता बोकेको सबैभन्दा पुरानो खेल मैदान हो ।

यहाँ शुरुवात देखि नै पानबारीको पहिचान बढाउनको लागि फुटबल प्रतियोगिताहरु हुदैं नै आएको छ । अहिले पनि यहाँ पानबारीको गौरब र सानलाई अझै शशतm ढंगले अघि बढाउनको लागि कोशी प्रदेश स्तरीय पानबारी फुटबल प्रतियोतिगा हुदै आएको छ । धरानमा यो प्रतियोगिता बुढाशुब्बा गोल्ड कप जस्तै महत्व राख्न थालेका छ ।

ग्रामीण क्षेत्रको इतिहाँस बोकेको खेल मैदान भएकाले पनि यस्को महत्व बढ्दै गएको हो । यस्को महत्व शहर उन्मुख धरानको पानबारी हुदै गइरहेको अवस्थामा पर्यटन सँग पनि संवन्धित रहेको छ । धरान पानबारीका पुरानो बृद्ध अवस्थाका बाजिपाक लुङ्गेली मगरले २०५५ सालमा बन क्षेत्रको काँडाघारीहरु भएको स्थानमा खेल मैदान निर्माण गरेका हुन ।

अहिले पनि खेल मैदानका सस्थापक अध्यक्ष लुङ्गेली मगर जिवित नै छन् । २०५५ सालदेखि नै उक्त स्थानमा तत्कालिन अवस्थामा पानबारीमा युवा स्पोर्टिङ क्लबका अध्यक्ष मदन राईको नेतृत्वमा प्रतियोगिता धरान स्तरीय हुँदै आएको थियो भने खेल मैदानलाई संरक्षण र निर्माण गर्नको लागि खेल मैदानका अध्यक्ष बाजिपाक लुङ्गेली मगर तत्कालिन अवस्थाका पाँचकन्या गाविसका अध्यक्ष रमेश कुमार बस्नेत , वडाध्यक्ष विश्वराज कार्की एवम् पानबारी सामुदायिक बन उपभोता समिती धरान नगरपालिकाले समेत सहयाग गर्दै आएको थियो ।

पानबारीको पहिचान र इतिहाँसलाई जोगाउनको सिंगो पाँचकन्याबासी र पानबारीवासीको पनि उत्तिकै महत्व रहेको छ ।जसलाइ जोगाउन र स्तर उन्नती गर्नको लागि सदैब नै एकजुट भएर लागेको देखिन्छ । त्यो बेला सायद नै पाँचकन्या गाविसमा पर्ने पानबारीमा खेल मैदान रहेको थिएन ।

जसलाई अहिले सम्म पनि मर्मत सँभारको चरणहरु भैरहेको छ । कोशी प्रदेशका फुटबल क्लब र नेपाल लगायत भारतको सिक्किम दार्जिलिङ सम्मबाट पानबारी गोल्ड कपमा आउने गरेका छन् । बन जंगलको आसपास भएकाले अझै प्रतियोगिताको महत्व बढाउनको लागि खेल मैदानलाई मर्मत गर्ने कार्य भई नै रहेको छ ।

धरान उपमहानगरपासिलका र ६ नम्बर वडाले सेमत खेल मैदान व्यवस्थित बनाउनको लागि सहयोग गरि नै रहेको छ ।

यसपाली पानबारी खेल मैदान निर्माण गर्नको लागि धरान उपमहानगरपालिकाका वडा नम्बर १८ का वडाध्यक्ष प्रवीन राईको पहलमा उपमहानगरपालिकाबाट रु १० लाख रुपैयाँ बजेट बिनियोजना गरे पछि अहिले धमाधम निर्माण कार्य भैरहेको पानबारी फुटबल क्लबका अध्यक्ष कृष्ण कुमार(भुपाल ) राईले बताए ।

उनी भन्छन्,यसरी साथ सहयोग गर्ने सिंगो धरान उपमहानगरपालिका ,वडा नम्बर १८ का वडाध्यक्ष प्रवीन राई लगायत वडाका जनप्रनिनिधी सहित पानबारी वासीलाई धन्यवाद दिन्छु।

क्लबका अध्यक्ष पानबारी सामुदायिक बन उपभोता समुहका अध्यक्ष समेत हुन । अध्यक्ष राईले खेल मैदानमा हाल धमाधम मर्मत संभार भैरहेको र तारजाली समेत मैदान क्षेत्रको वरिपरि बनाएर मर्मत संभार सम्पन्न हुने छ।

अहिले अन्तिम चरणको काम भइरहेको छ र वैशाख महिनामा फेरी गोल्डकप हुने आयोजकले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved