चितवन/ आफ्नै छोरीलाई बलात्कार गर्ने एक बाबुलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरका ४५ बर्षिय बाबुले १९ वर्षकी छोरीलाई धम्की दिएर बलात्कार गरेको प्रहरी सामु स्वीकार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार बाबुले जबरजस्ती करणी गरेको निवेदन दिन छोरी स्वयं प्रहरी कार्यालय पुगेकी थिइन् । श्रीमती र छोरा जापानमा रहेका ती पुरुष पनि ८ महिनाअघि नेपाल आएका प्रहरीले जनाएको छ। नेपाल रहेकी छोरीको स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन भनी उनी यहाँ आएका थिए । उनी केही समयमा जापान फर्किने तयारीमा रहेका पनि प्रहरीमा बयानका क्रममा उल्लेख
झापा/ झापा गाउँपालिका–५ को वडा कार्यालयमा राति झ्यालको सिसा फुटाएर प्रवेश गरी करिब दुई लाख ५५ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्री चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भदौ ५ गते राति वडा कार्यालयको पछाडिपट्टिको झ्यालको सिसा फुटाएर कार्यालयभित्र प्रवेश गरी ल्यापटप, मनिटर, स्क्यानर, पेनड्राइभ तथा डिजिटल फिङ्गरप्रिन्ट रिडर चोरी भएको थियो। घटनाको जानकारी भदौ ६ गते जिल्ला प्रहरी कार्यालय झापामा पुगेपछि प्रहरी निरीक्षकको कमाण्ड तथा प्रहरी चौकी शरणामतीको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न भएको आशंकामा झापा गाउँपालिका&n
बारा/ बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ महिने बालिका करिब १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका–१, कट्टिपर्सा निवासी मुकेशकुमार मण्डलकी छोरी बिन्दीकुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे घरछेउबाट बेपत्ता भएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारले राति करिब ८ः४५ बजे प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेशकुमार यादवको कमाण्डमा टोली परिचालन गरी खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहर
झापा/ जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६, आइतबारे घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्। शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त हतियार बरामद गरेको हो। गत भदौ २३ र २४ गते भएको जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन कर्णले लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो। इलाका प्रह
इटहरी/ नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्मी मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन् । युनियनको तीन वर्षे कार्यकालका लागि भएको सहमतिअनुसार नेपाल र घिमिरेले आलोपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् । सहमति अनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले युनियनको नेतृत्व गर्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरे अध्यक्ष बन्नेछिन् । युनियनको अधिवेशनमा नेतृत्वका लागि सहमति जुटेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्ष खुलातर्फ सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी र समावेशी उपाध्यक्षमा वीरेन्द्र साह र
इनरुवा/ सुनसरीको इनरुवाबाट लागूऔषध ब्राउन सुगर सहित मोटरसाइकलमा यात्रा गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो करिब २ बजे इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी ४३ वर्षीय अर्जुन राई र सोही स्थानका ३३ वर्षीय प्रेमबहादुर राई रहेका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प १३५ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले रोकी खानतलासी गर्दा उनीहरूको साथबाट ५
तानसेन/ पाल्पामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बगनासकाली पोखराथोकका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत २०८३ साउन ५ गते दिउँसो करिब ३ः३० बजे पाल्पा जिल्लाभित्र बस्ने १० वर्षीया बालिका र १६ वर्षीय युवकबिचको घटनासम्बन्धी उजुरी परेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको जनाएको छ। आरोपितले बालिकालाई आफ्नो घरमा बोलाइ लिची खान दिने भन्दै घरको माथिल्लो तलाको कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको प्रहरीले जनाएको छ। पीडित पक्षको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनामा संलग्न भएको आरोपमा बालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाको अनुसन्धानका लागि
बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा सँगै लेबर काम गर्दै आएका साथीबीचको सामान्य विवाद हत्यासम्म पुगेको छ। फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सुरु भएको झैझगडाले एक जनाको ज्यान गएपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। गत साउन २६ गते राति अन्दाजी ९ः४० बजे काठेखोला गाउँपालिका–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएका ३६ वर्षीय अशोक खत्रीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले खत्रीमाथि धारिलो चक्कु
वराहक्षेत्र/ बराहक्षेत्र नगर अस्पताले मार्सिक रुपमा मोतिया बिन्दुको अप्रेसन कार्यक्रमको नियमितमा संचालन गरेसंगै मोतिया बिन्दुको अप्रेसन गर्न स्थानिय सेवा ग्राहिलाई नगर बाहिर जानू पर्ने वाध्यताको अन्त्य भएको छ । नगर अस्पताले मार्सिक रुपमा मोतिया बिन्दुको अप्रेसन कार्यक्रमको नियमितमा संचालन गर्दै आएको छ । चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल अन्तर्गत सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रमा मोतिया बिन्दुको अप्रेसन कार्य सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । अस्पताले मोतिया बिन्दुको परिक्षण गर्ने र मोतिया बिन्दुको निशुल्क रुपमा शल्यक्रिया अर्थात अप्रेसन कार्य गर्ने गरेको छ । नि
धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ अन्तर्गत हर्दिया, दिलुङटार, सालुम र सानोसफाइ क्षेत्रको संगमस्थलमा रहेको लेम्लेमा झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि संरक्षण र प्रवर्द्धनको आवश्यकता रहेको स्थानीयहरूले बताएका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको झरना, हरियाली वातावरण र शान्त परिवेशले पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना बोकेको भएता पनि आवश्यक प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणको अभावमा अझै ओझेलमा परेको स्थानीयहरूको भनाइ छ। स्थानीयवासीका अनुसार लेम्लेमा झरनालाई व्यवस्थित रूपमा विकास गर्न सकेमा यसले स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै रो