स्थानीय

    Showing 4,951-4,960 of 4,960 items.
  • जनता आश्रममै आमाको काजकिरिया गर्दै आसामका एक व्यक्ति

    इटहरी उपमहानगरपालिकाले स्थापना गरेको आश्रममा बस्दै आएका आसाम रौता घर भएका एक व्यक्तिले आमाको काजकिरिया आश्रममै शुरु गरेका छन् । लकडाउन पछि इटहरीका सडक चौकमा वस्दै आएका सडक मानवहरुलाई जनता स्कुलमा खाने वस्ने ब्यवस्था सहित आश्रय दिएको थियो । आसामको रौता घर बताउने प्रकाश निरौला आश्रममा बस्दै आएका थिए । निरौलाले आमाको निधन भएको खबर थाहा पाए पछि आश्रममै काजकिरिया गर्न शुरु गरेका हुन् । व्राम्हण सस्कार अनुसार आफूले काज किरिया गर्न पाउनुपर्ने माग गरेपछि जनता स्कुलमै काज किरिया सुरु गरिएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले वताईन । उपमेयर गौतमले काजकिरियाका लागि सवै समाग्री जुटाइदिएकि

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 1,176 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई सहयोग

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले १ महिना अघिदेखि लकडाउन जारी गरेको छ । विद्यार्थीहरुमा लकडाउनको प्रत्यक्ष प्राभव परेको बेला अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस कमिटीले बाहिर देखि अध्ययन गर्न आएका विद्यार्थीहरु जो समस्यामा परेका छन् उनी हरुलाई अत्यावश्यक खाद्य सामाग्रीहरु प्रदान गर्दै आएको छ । कमिटीले धरान नगरपालिकाको विभिन्न वडा र जनप्रतिनिधिहरु संग समन्वय गरेर पहिलो चरणमा ६० र दोस्रो चरण अन्तर्गत ७० जना विद्यार्थीहरुलाई राहत वितरण गरेको सचिव शेखर रेग्मीले बताए । साथै अरु पनि कोहि विद्यार्थीहरु समस्यामा परेको भए सहयोगको लागि नम्बर पनि सार्वजनि

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 188 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्वारेन्टाइनभित्रै एक युवाले गरे आत्महत्या

    उदयपुर/एक साता देखि क्वारेन्टाइनमा बस्दै आएका उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् । उनले क्वारेन्टाइन भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उदयपुरको जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टाइनमा श्रीमतीसहित बस्दै आएका १८ वर्षका सुमन विकले आत्महत्या गरेका हुन् । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन् । काठमाडौं बाट लकडाउन पछि बैशाख ११ गते घर फर्किएका उनि क्वारेन्टाइनमा बस्दै आएका थिए ।  

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 623 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • ग्यारेजमा आगलागी हुदा ३ वटा कार जलेर नस्ट

    ईटहरी/सुनसरीको ईटहरी -९ ओसेनपार्क स्थितमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी भएको छ । हिजो बेलुका साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुदा तिन वटा कार जलेर नष्ट भएको छ । ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तिन वटै कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 465 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन उल्लंघन गर्दै लगाइएको इटहरीको बजार हटाइयो

    सुनसरी । लकडाउनको समयमा समेत ठुलो संख्यामा भेला भएर सामाजिक दुरी समेत बेवास्ता गर्दै सुनसरीको इटहरीमा लगाइएको बजार हटाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न र अनावश्यक रुपमा घर वाहिर ननिस्कन भन्दै लकडाउन लगाएपनि ठुलो संख्यामा भेला भएर इटहरीमा लगाइएको बजार हटाइएको हो । इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी लगायत सरोकारवाला निकायहरुको छलफलले विहान ७ बजे देखि १० बजे सम्म सामाजिक दुरी कायम गरी बजार सञ्चालन गर्ने सहमति गरेको थियो तर सहमतीको बेवास्ता गरि लगाइएको बजार उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 1,599 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका ४, ५ र ६ मा पनि फौजिकिराको प्रकोप

    धरान । अघिल्लो वर्ष देखि फैलिएको अमेरिकन फौजी किराको प्रकोप यस वर्ष पनि फैलिन शुरु भइसकेको छ । अघिल्लो वर्ष धरान उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ६ मा धान खेतिमा देखिएको अमेरिकन फौजि किराको प्रकोप यस वर्ष मकै बालिमा देखिन थालेको छ । अहिले तीनै वटा वडाका कृषकहरुले मकै खेति लगाएका छन् । भर्खरै लगाएका मकै बालिमा फौजि किराले क्षति गर्न थालेको किसानहरुले गुनासो गरेका छन् । केही दिन अघि धरानको वडा नम्बर २० मा अमेरिकन फौजि किराको प्रकोप अनुगमन गरिएको थियो । अमेरिकन फौजी किरा अथवा (गुबोदेखि पात नल सबै मर्ने रोग) ले यस वर्ष पनि किसानहरु चिन्तित हुन थालेका छन् । मकै उम्रने बित्तिकैदेखि आक्रमण गरेर प

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 397 पटक पढिएको
    • "दिनेश गजमेर"
  • कार्यदलले बुझायो प्रतिबेदन, लकडाउन खुलेकोे तेस्रो साता एसईई परीक्षा गर्न सिफारिस

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न  सिफारिस गरेको छ ।कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।प्रतिवेदनमा वैशाख २५ गते भित्र १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझाब दिइएको छ ।अब परीक्षा गर्दा कसभर परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा के

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डिपोका पूर्वविद्यार्थीद्वारा यातायात मजदुरलाई राहत

    लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 696 पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • तरकारी कुहिन थालेपछि वराहक्षेत्रस्थित ढोलबजियाका कृषक निराश

    वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरु बारीमा लगाएको तरकारी कुहिन थालेपछि निराश बनेका छन् । कोबिड १९ संक्रमण प्रकोपका कारण देश २०७६ चैत ११ बाट बन्दाबन्दी भएपछि बारीमा फलेको तरकारी बजार जान छाडेको हो । वैदेशिक रोजगारीबाट फर्किएका ३ युवाले ढोलबजियास्थित संचालन गरेको सुन्दर कृषि फर्ममा अहिले जताततै तरकारी कुहिएको देखिन्छ । ‘हाम्रो दैनिक ५ सय केजी काँक्रा र सोही अनुसारको अन्य तरकारी उत्पादन हुन्छ, लकडाउनका कारण गाउँ बाहिर तरकारी जाने अवस्था छैन, यहाँ सबैले खेती गरेकै छन् बिक्री हुने कुरै भएन, त्यसैले यो पटक हामी ८ लाख सम्मको घाटा ब्यहोर्दै छौं ।’ फर्मका सञ्चालक अमिर निरौला

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 961 पटक पढिएको
    • "अच्युत भट्टराई"
  • धरान १० के रनको उपाधि केन्याली धावकहरूलाई

    धरान/ १३औं संस्करणको नेवा च्यारिटी धरान १० के रनमा केन्याली धावक वील्लियम चेउलीयोट र धाविका शरन जेरोटिचले उपाधि जितेका छन्। धरान रन समूहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला पुरुषतर्फ वील्लियमले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ५ सेकेण्डमा पूरा गरे। त्यस्तै, महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। विजेताहरूले जनही नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका केन्याली धावक जुलियस मरिउकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने तेस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे। महिलातर्फ दोस्रो बनेक

    • प्रकाशित मितिः पुस १७, २०२६
    • 518 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved