लकडाउन उल्लंघन गर्दै लगाइएको इटहरीको बजार हटाइयो

  • बैशाख १९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी । लकडाउनको समयमा समेत ठुलो संख्यामा भेला भएर सामाजिक दुरी समेत बेवास्ता गर्दै सुनसरीको इटहरीमा लगाइएको बजार हटाइएको छ ।

कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न र अनावश्यक रुपमा घर वाहिर ननिस्कन भन्दै लकडाउन लगाएपनि ठुलो संख्यामा भेला भएर इटहरीमा लगाइएको बजार हटाइएको हो ।

इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी लगायत सरोकारवाला निकायहरुको छलफलले विहान ७ बजे देखि १० बजे सम्म सामाजिक दुरी कायम गरी बजार सञ्चालन गर्ने सहमति गरेको थियो तर सहमतीको बेवास्ता गरि लगाइएको बजार उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतको सक्रियतामा हटाइएको हो ।

सामाजिक दुरी कायम नगरी मेला जस्तै गरी लगाइएको हाट बजारलाई पोखरेलले वताए ।

इटहरी बाहिर बाट समेत व्यापारीहरु तरकारी विक्रीको लागि आएको पाइएका कारण जोखिम बढ्ने तर्फ मध्यनजर गरि बजार उठाउन आग्रह गरिएको उनले बताए ।

वाहिरबाट आउने व्यापारीहरुलाई नआउन आग्रह गर्दै स्थानीय व्यापारीहरुलाई समेत आफनो सटर अगाडी सामाजिक दुरी कायम गर्दै विहान ७ बजे देखि १० बजे सम्म मात्र विक्री वितरण गर्न आग्रह गरिएको उद्योग वाणिज्य संघ इटहरीका सदस्य विष्णु रिजालले वताए ।

बजारमा तरकारी विक्रीका लागि आएको व्यापारी कोकिल थापाले भने कोठा भाडा गरेर बस्दै आएको लामो समय देखि लकडाउन भएको कारण समस्यामा पर्दै आएको र बजार खुलाउने सहमति भएका बमोजिम आफुहरुले तरकारी विक्रीका लागि ल्याएको वताए ।

उनले खानालाई नै समस्या हुन थाले बजार खुलाउने सहमति भएको जानकारी पाएर हिजो पनि तरकारी विक्रीका लागि ल्याएको तथा आए पनि ल्याएको जानकारी दिए ।

 

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved