लकडाउन उल्लंघन गर्दै लगाइएको इटहरीको बजार हटाइयो

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । लकडाउनको समयमा समेत ठुलो संख्यामा भेला भएर सामाजिक दुरी समेत बेवास्ता गर्दै सुनसरीको इटहरीमा लगाइएको बजार हटाइएको छ ।

कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न र अनावश्यक रुपमा घर वाहिर ननिस्कन भन्दै लकडाउन लगाएपनि ठुलो संख्यामा भेला भएर इटहरीमा लगाइएको बजार हटाइएको हो ।

इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी लगायत सरोकारवाला निकायहरुको छलफलले विहान ७ बजे देखि १० बजे सम्म सामाजिक दुरी कायम गरी बजार सञ्चालन गर्ने सहमति गरेको थियो तर सहमतीको बेवास्ता गरि लगाइएको बजार उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतको सक्रियतामा हटाइएको हो ।

सामाजिक दुरी कायम नगरी मेला जस्तै गरी लगाइएको हाट बजारलाई पोखरेलले वताए ।

इटहरी बाहिर बाट समेत व्यापारीहरु तरकारी विक्रीको लागि आएको पाइएका कारण जोखिम बढ्ने तर्फ मध्यनजर गरि बजार उठाउन आग्रह गरिएको उनले बताए ।

वाहिरबाट आउने व्यापारीहरुलाई नआउन आग्रह गर्दै स्थानीय व्यापारीहरुलाई समेत आफनो सटर अगाडी सामाजिक दुरी कायम गर्दै विहान ७ बजे देखि १० बजे सम्म मात्र विक्री वितरण गर्न आग्रह गरिएको उद्योग वाणिज्य संघ इटहरीका सदस्य विष्णु रिजालले वताए ।

बजारमा तरकारी विक्रीका लागि आएको व्यापारी कोकिल थापाले भने कोठा भाडा गरेर बस्दै आएको लामो समय देखि लकडाउन भएको कारण समस्यामा पर्दै आएको र बजार खुलाउने सहमति भएका बमोजिम आफुहरुले तरकारी विक्रीका लागि ल्याएको वताए ।

उनले खानालाई नै समस्या हुन थाले बजार खुलाउने सहमति भएको जानकारी पाएर हिजो पनि तरकारी विक्रीका लागि ल्याएको तथा आए पनि ल्याएको जानकारी दिए ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved