धरान १० के रनको उपाधि केन्याली धावकहरूलाई

  • पुस १७, २०२६
  • कोशीपत्र/संवाददाता
alt

धरान/ १३औं संस्करणको नेवा च्यारिटी धरान १० के रनमा केन्याली धावक वील्लियम चेउलीयोट र धाविका शरन जेरोटिचले उपाधि जितेका छन्।

धरान रन समूहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला पुरुषतर्फ वील्लियमले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ५ सेकेण्डमा पूरा गरे। त्यस्तै, महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्।

विजेताहरूले जनही नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका केन्याली धावक जुलियस मरिउकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने तेस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे।

महिलातर्फ दोस्रो बनेकी नेपाल पुलिसकी सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दूरी पार गरिन् भने तेस्रो भएकी एपीएफकी दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गरिन्।

पुरुष र महिलातर्फ दोस्रो तथा तेस्रो हुने प्रतियोगीहरूले क्रमशः ४० हजार र ३० हजार रुपैयाँसहित मेडल प्राप्त गरे।

विजेताहरूलाई शसस्त्र प्रहरी बलका पूर्व आइजीपी दोर्ज कुमार राई, धरान रन समूहका अध्यक्ष रोमु राईलगायतले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा अन्डर–१२, अन्डर–१६, भेट्रानलगायत विभिन्न उमेर समूहका धावक-धाविकाहरूले सहभागिता जनाएका थिए। धरान रन समूहले च्यारिटी रनबाट उठेको रकम सामाजिक सेवामा खर्च गर्दै आएको छ।

यस वर्षको प्रतियोगितामा स्वदेश तथा विदेशबाट करिब ४ हजारभन्दा बढी धावक-धाविकाहरूले भाग लिएका थिए।

 

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved