स्थानीय

    Showing 4,831-4,840 of 4,960 items.
  • रुकुम घटना मोडन खोजेको भन्दै धरानमा खबरदारी सभा

     धरान । जातीय विभेदकै कारण पश्चिम रुकुममा भएको ६ जनाको मृत्यु हुने गरि भएको नरसंहारको घटनालाई प्रमाणको आधारमा अन्यत्रै मोड्न लागिएको भन्दै धरानका दलित अधिकारकर्मीहरुले सिटि जुलुस सहित खबरदारी सभा गरेका छन् । रुकुम पश्चिमको घटनाका दोषिलाई हदै सम्मको कारवाहीको माग गर्दै घटना भए देखि नै संयुक्त दलित संघर्ष समितीले आन्दोलन गर्दै आएको छ । बुधबार धरान स्थित भानुचौंकमा खबरदारी सभा गर्दै पोष्र्टमार्टमको रिपोर्टमा पिडक पक्षलाई जोगाउने खेल भएको भन्दै सरकारलाई कारवाहीका लागि विचलन नहुँदा खबरदारी गरिएको छ । विभिन्न प्रतिवेदनले जातीय विभेदकै कारण हत्या भएको पुष्टि गरिए पनि घटनालाई कृत्रिम रुप दिदै

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,117 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान उपमहानगरपालिकाको निति तथा कार्यक्रममा खानेपानि संस्थानलाई बोर्डमा गाभ्ने देखि राजस्व छुट सम्म

     धरान/ धरान उपमहानगरपालिकाले कोभिड १९ ले धरानको व्यापार, ब्यबसाय सहित स्थानिय लाई पारेको असर र प्रभावलाइ राहत हुने आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम लाई प्राथमिकता दिएको छ । प्रमुख अतिथी प्रदेश सभाका सभामुख प्रदिप कुमार भन्डारी रहेका थिए । उपमहानगरपालिकाको सातौं नगरसभा मा उपमेयर मन्जु भन्डारी सुबेदिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन । उपमेयर भण्डारीले धरान उपमहानगरपालिकाको वार्षीक निति तथा कार्यक्रम प्रस्तुत गर्दै खानेपानि संस्थान धरान शाखाका कर्मचारीहरु मध्ये बोर्डमा आउन चहानेहरुलाई यहीँ असार मसान्त सम्ममा बोर्डमा हाजिर गराई बाँकी रहेका दुबै संरचनालाई एकीकरण गरि यही

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,131 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान नगरसभाको बाटो खुल्यो

    धरान । वडासमितीमा जाने बजेटको सिलिङ पारित भए पछि धरान उपमहानगरपालिकाको नगरसभाको बाटो खुलेको छ । नगरसभाको अन्तिम तयारीका लागि मंगलबार बसेको बैठक नेकपा निकट वडाअध्यक्षहरुले बहिष्कार गरे पछि नगरसभा अन्यौलमा परेको थियो । मंगलबारको बैठकमा भएको घटना प्रति मेयर तिलक राईले आत्माआलोचना गरे पछि बुधबार बिहान पुनः बसेको कार्यपालिका बैठकले निति तथा कार्यक्रम पारित गरे पछि आज बस्ने नगरसभाको लागि बाटो खुलेको हो । धरान उपमहानगरपालिकाको नगरसभा दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडीटरियम हलमा हुने भएको छ । बजेटको स्रोत अनुमान समितीले पेश गरेको सुत्रमा आधारित बजेट पास भएर नगरसभामा लैजान पारित भ

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,521 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा डायलासिसका बिरामीलाई उपचार असहज बन्दै

    धरान । लकडाउनले सवारी साधन नचल्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका मृगौला रोगीहरु समस्यामा परेका छन् । सवारी साधन नचल्दा प्रतिष्ठानमै बस्न बाध्य बनेका बिरामीहरुले डाइलासिस गर्दा सरकारले दिइने सुविधा समेत नपाएको र खाना बस्न समेत समस्या भएको छ । लामो समयको लकडाउनले गर्दा धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिसका लागि आएका बिरामीहरु अलपत्र परेका छन् । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने बिरामीहरु सवारी साधन संचालन नहुँदा प्रतिष्ठानमै बस्न बाध्य छन् । बिरामीहरुलाई एका तिर खाने र बस्नेकै समस्या रहेको छ भने अर्को तिर डायलासिसका लागि सरकारले दिएको निशु

    • प्रकाशित मितिः असार ८, २०७७
    • 932 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी परियोजना पारदर्शी गर्न माग गर्दै धरानमा प्रदर्शन

    धरान । लामो समय देखिनै विवादित बनेको धरानको खानेपानी परियोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा धर्ना सहितको प्रर्दशन गरेको छ । संयुक्त खानेपानी संघर्ष समितीले चार सुत्रिय माग राख्दै सोमबार नगरपालिकाको प्रवेशद्वारमा प्रदर्शन गरेका हुन् । उनीहरुले परियोजनाको खर्च पारदर्शी बनाउनुपर्ने, खानेपानी अनुगमन समितीले दिएको सुझाव अनुसार सरकारले निर्धारण गरेको टेरिफ अनुसार महशुल निर्धाणर गर्नु पर्ने र आयोजनाको अध्ययन र अनुगमन गरि भ्रष्ट्राचार भएको देखिए सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधीलाई कारवाही गर्नु पर्ने माग गरेका छन् । समितीका उपसंयोजक हर्क साम्पाङले नगर प्रमुख त

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,064 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका ११ होटल सशुल्क क्वारेन्टाइन

    धरान । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएर फर्किएका हरुलाई क्वारेन्टाइनमा राख्न धरानका होटलहरु प्रयोग गरिने भएको छ । बाहिरी मुलुक बाट आएका व्यतिहरुलाई होटलको क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय गरेअनुरुप धरानका ११ वटा होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको हो । नेपाल सरकार र होटल एसोसिएशन अफ नेपाल बिच भएको समझौता अनुसार नै धरानका ११ वटा होटलहरुलाई क्वारेटाइनको रुपमा प्रयोग गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीले सार्वजनिक गरेको सुची अनुसार धरानको होटल कञ्चनजंघा, होटल इजीराइडर, होटल यती र होटल डोबमा नेपाल सरकार र होटल एसोसियसन अफ नेपाल बिच भएको सम्झौता अनुसारको द

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,312 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका पत्रकारलाई तनाव व्यवस्थापन अभिमुखिकरण

    धरान । कोरोना संक्रमणको अवश्था र लकडाउनमा रिर्पोटिङ गर्दा पत्रकारलाई हुने तनावलाई व्यवस्थापन गर्न धरानका पत्रकारहरुलाई १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । रुपान्तरण नेपालको आयोजनामा शनिबार धरानका करिब ३५ जना पत्रकारहरुलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गरिएको हो । प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको निर्वाचन क्षेत्र विकाश कोष मार्फत एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक विभागका चिकित्सक निदेश सापकोटाले तनाव व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रम

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • असार १० मा नगरसभा नहुने सम्भावना बढ्दै

    धरान । नगर प्रमुखले समन्वय गर्न नसक्दा धरान उपमहानगरपालिकाको नगरसभा असार १० मा हुन नसक्ने सम्भावना बढ्दै गएको वडाअध्यक्षहरु बताउँछन् । नगर प्रमुख तिलक राईले मनोमानी ढंगले आफ्ना योजना तथा निति कार्यक्रमहरु लाद्नका लागि कसै संग पनि समन्वय नगरेको उनीहरुको आरोप छ । नगरसभा गर्ने मिति नजिकिदै गर्दा पनि अझै वडाअध्यक्षहरु सँग कुनै छलफल नै नगरेकाले समयमै नगरसभा नहुने उनीहरुको भनाई छ । असार १० गते नगर सभा गर्नका लागि करिब १५ दिन अघिनै वडाका योजनाहरु माग गर्नुपर्ने हुन्छ । नगरले बनाउने निति तथा कार्यक्रमहरुका विषयमा छलफल गरिसक्नुपर्ने थियो, तर अहिले सम्म नगरको आय, नयाँ कार्यक्रमका विषयमा छलफल नै नभएको

    • प्रकाशित मितिः असार २, २०७७
    • 1,204 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीबाट थप ७ जना कोरोना संक्रमित डिस्चार्ज

    धरान/ धरान स्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७ जना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार मोरङ रतुवामाईका थप २५ जना संक्रमितहरु हिजो मात्रै प्रतिष्ठानमा भर्ना भएका छन् । प्रतिष्ठानबाट मात्रै ११० जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भनृे ४९ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।  

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,521 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १३ का रामकुमार जवेगुले गरे आत्महत्या

    धरान । सवारी चालक पेशा गर्दै आएका धरानका एक व्यक्तिले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । धरान १३ का ४२ वर्षीय रामकुमार जबेगुलाई सोमबार बिहान आफ्नै घरको झयालको ग्रिलमा झुण्डिएको अवश्थामा परिवारले फेला पारेका थिए । जबेगु डेढ वर्ष अघि देखि चालक पेशामा आवद्ध रही आफ्नो भाईको परिवारसँग बस्दै आएका तर हालसम्म पनि अविवाहित रहेको परिवार स्रोतले जनाएको छ । परिवारका अनुसार उनी अत्याधिक मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन पनि गुमेको हुनाले घर छोडि हिँड्ने गरेका थिए । घर परिवारको सदस्यले खोजी ल्याउने गरेको स्थानियहरू बताउँछन । घटनाको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीको

    • प्रकाशित मितिः असार १, २०७७
    • 623 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved