रुकुम घटना मोडन खोजेको भन्दै धरानमा खबरदारी सभा

  • असार १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । जातीय विभेदकै कारण पश्चिम रुकुममा भएको ६ जनाको मृत्यु हुने गरि भएको नरसंहारको घटनालाई प्रमाणको आधारमा अन्यत्रै मोड्न लागिएको भन्दै धरानका दलित अधिकारकर्मीहरुले सिटि जुलुस सहित खबरदारी सभा गरेका छन् ।

रुकुम पश्चिमको घटनाका दोषिलाई हदै सम्मको कारवाहीको माग गर्दै घटना भए देखि नै संयुक्त दलित संघर्ष समितीले आन्दोलन गर्दै आएको छ ।

बुधबार धरान स्थित भानुचौंकमा खबरदारी सभा गर्दै पोष्र्टमार्टमको रिपोर्टमा पिडक पक्षलाई जोगाउने खेल भएको भन्दै सरकारलाई कारवाहीका लागि विचलन नहुँदा खबरदारी गरिएको छ ।

विभिन्न प्रतिवेदनले जातीय विभेदकै कारण हत्या भएको पुष्टि गरिए पनि घटनालाई कृत्रिम रुप दिदै अन्यत्रै मोड्न लागेको दलित अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय सचिवालय सदस्य तथा संघीय दलित सिल्पी मंचका केन्द्रिय अध्यक्ष रमेश गजमेरले गणतन्त्रको सरकार कहाँ छ भन्दै प्रश्न गरेका थिए ।

दलित समुदाय माथि विभेद भईरहदा पनि सरकार खोज्नु पर्ने अवश्था रहेको उनको भनाई छ । त्यसै गरि देश परिवर्तनमा दलित समुदायको भुमिका महत्वपुर्ण रहे पनि समुदाय माथिनै कुठाराघात भइरहेको नेकपाका सुनसरी जिल्ला सदस्य दिल बहादुर रामदामले बताए । अझै पनि अधिकार र कानुनी उपचारका लागि सडकमै उत्रनुपर्ने अवश्था रहेको उनले बताए ।

संविधान कानुन बने पछि दलित समुदायले अधिकार प्राप्त गर्नेछन्, तर अझै पनि विभेद विरुद्धकै आन्दोलन गरिरहनु परेको उनले बताए ।

222222222222 copy

 

 

 

समितीका संयोजक गंगा कालिकोटेको सभापतित्वमा भएको कार्यक्रममा राप्रपा निकट उत्पीडित समितीका केन्द्रिय उपाध्यक्ष जुद्ध लोहनी, जनता समाजवादी पार्टीको शिल्पी विशेष समिती १ नम्बर प्रदेश अध्यक्ष नरेश विक लगायतले पिडकलाई प्रमाणको आधारमा उन्मुक्ति दिन खोजे शसक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

अन्तरजातिय विवाहका लागि पश्चिम रुकुमको सोती पुगेका जाजरकोटका नवराज विक सहित ६ जनाको जेठ १० गते हत्या भएको थियो ।

विरोध स्वरुप ३ मिनेट सम्म सिठि फुकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।

111111111111 copy 444444444444444 copy

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved