धरान । लामो समय देखिनै विवादित बनेको धरानको खानेपानी परियोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा धर्ना सहितको प्रर्दशन गरेको छ ।
संयुक्त खानेपानी संघर्ष समितीले चार सुत्रिय माग राख्दै सोमबार नगरपालिकाको प्रवेशद्वारमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले परियोजनाको खर्च पारदर्शी बनाउनुपर्ने, खानेपानी अनुगमन समितीले दिएको सुझाव अनुसार सरकारले निर्धारण गरेको टेरिफ अनुसार महशुल निर्धाणर गर्नु पर्ने र आयोजनाको अध्ययन र अनुगमन गरि भ्रष्ट्राचार भएको देखिए सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधीलाई कारवाही गर्नु पर्ने माग गरेका छन् ।
समितीका उपसंयोजक हर्क साम्पाङले नगर प्रमुख तिलक राईलाई माग पत्र बुझाएका थिए ।
उनले मागहरूलाई सम्बोधन नगरे आन्दोलन थप अघि बढ्ने बताए ।
माग पत्र बुझ्दै मेयर राईले खानेपानीको विषयमा विज्ञको समिती बनाएर खर्चको पारदर्शिता देखि लिएर पानी उत्पादनको अवश्थाको विषयमा धरानवासीलाई जानकारी गराउने प्रतिबद्धता जनाए ।