धरान नगरसभाको बाटो खुल्यो " आज निति तथा कार्यक्रम सार्वजनिक हुने पुर्ण बजेट केही दिन पछि"

  • असार १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वडासमितीमा जाने बजेटको सिलिङ पारित भए पछि धरान उपमहानगरपालिकाको नगरसभाको बाटो खुलेको छ ।

नगरसभाको अन्तिम तयारीका लागि मंगलबार बसेको बैठक नेकपा निकट वडाअध्यक्षहरुले बहिष्कार गरे पछि नगरसभा अन्यौलमा परेको थियो । मंगलबारको बैठकमा भएको घटना प्रति मेयर तिलक राईले आत्माआलोचना गरे पछि बुधबार बिहान पुनः बसेको कार्यपालिका बैठकले निति तथा कार्यक्रम पारित गरे पछि आज बस्ने नगरसभाको लागि बाटो खुलेको हो । धरान उपमहानगरपालिकाको नगरसभा दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडीटरियम हलमा हुने भएको छ ।

बजेटको स्रोत अनुमान समितीले पेश गरेको सुत्रमा आधारित बजेट पास भएर नगरसभामा लैजान पारित भएको वडा नम्बर १५ का वडाअध्यक्ष नरेश इवारुमले बताए । नगरसभाको उदघाटन सत्रमा दुई वटा कुरा लिएर जाने सहमती भएको उनको भनाई छ ।

मंगलबार बसेको बैठकमा नेकपा निटक वडाअध्यक्षहरुले दिएको बजेट सिलिङको सुझाव नेपाली कांग्रेस निकट वडाअध्यक्षले च्यातिदिए पछि बैठक अवरुद्ध भएको थियो । आज बसेको बैठकले सोही सिलिङको आधारमा वडामा बजेट सिलिङ जाने भए पछि नगरसभामा निति तथा कार्यक्रम जाने निर्णय भएको उनको भनाई छ । उनले भने, ‘हिजो केही साथीहरुले नबुझेको आधारमा च्यातिएको देखियो, आज मसिनो रुपमा अध्ययन गर्दा सबैजना सहमत भएका छन् ।’ ७४ मै बनेको सिलिङको आधारमा बजेट बनाउने सहमत भएको उनले बताए ।

उनको अनुसार आजको कार्यपालिका बैठकले १ अर्ब ७२ करोडको बजेट प्रक्षेपण पारित भएको छ । प्रक्षेपण गरिएको बजेटमा नगरगौरबका आयोजनाहरु केही क्रमागत आएका छन् भने केही नयाँ योजनाहरुलाई प्राथमिकता दिइएको उनले बताए ।

आज नगरसभामा निति तथा कार्यक्रम सार्वजनिक र नगरसभाको उदघाटन मात्रै हुनेछ भने वडामा गएको बजेटको सिलिङको आधारमा ब्रेकडाउन भए पछि पुनः केही दिन पछि बस्ने नगरसभाले पुर्णरुपमा पास गरेर जाने तयारी भएको छ ।

सिलिङको विषयमा मेयरले प्रस्तुत गरिसके पछि पोहोर साल ६६/६७ को बजेट २४ करोडको यसपालि २२ करोड हुँदा केही बुझाईमा फरक परेकोले समस्या भएको नेपाकी कांग्रेस निकट वडाअध्यक्ष माधवगोविन्द श्रेष्ठले बताए । आजको नगरसभाले वडाको बजेट सिलिङ पारित गरेर पठाए पछि वडाले पठाएको बजेटको आधारमा नगरको पुर्ण बजेट आउने उनले बताए ।

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved