स्थानीय

    Showing 4,641-4,650 of 5,057 items.
  • घाटा बजेटले योजना प्रभावित: करिब ३५ प्रतिशत कार्यान्वयन नहुने

    धरान । आर्थिक वर्ष २०७८÷७९ को लागि घाटा बजेट बनाएको धरान उपमहानगरपालिकाको करिब ३५ प्रतिशत योजनाहरु कार्यान्यवन नहुने भएका छन् । उपमहानगरले करिब ५० करोड रुपैयाको घाटा बजेट बनाएकाले योजनाहरु पनि प्रभावित हुने भएको हो ।पुँजिगत खर्च तर्फ ९६ करोड ५४ लाख ६५ हजार ४ सय रुपैयाको विभिन्न योजनाहरु मध्ये वडा स्तरिय २८ करोड र नगर स्तरिय ३५ करोड मात्रै खर्च हुने भएको छ । नयाँ योजनाहरु कार्यान्यवन नहुने भएका हुन् । नगर स्तरिय योजनामा संघीय र प्रदेश समेत रहेको छ । उपमहानगरको चालु खर्च १ अर्ब ३ करोड ९९ लाख ३४ हजार ६ सय रहेको छ । धरान उपमहानगरपालिकाको योजना महाशाखाको अनुसार प्राथमिकताको आधारमा योजनाहरु

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 845 पटक पढिएको
    • "दिनेश गजमेर"
  • फुटसलको लोकप्रियता बढ्दै

    धरान/ पछिल्लो समय युवा सहित बयस्कहरुको पनि फुटसल प्रतियोगिता प्रति आकर्षित बढ्दै गएको छ ।शारीरिक, मानसिक रुपमा तन्दुरुस्त बनाउनुका साथै युवा पुस्तालाई सकारात्मक सोचतर्फ अभिवृद्धि गर्न फुटसलले सहयोग पु¥याउने भएकोले पनि सबै वर्ग आकर्षित बनेका हुन् । धरानमा बुढासुब्बा फुटसल, विग फुटसल र धरान फुटसल लगायत खेलस्थान छन् । यी सबै खेलस्थानमा फुटसल खेल्नेको भीड लाग्ने गरेको छ । मैत्रीपूर्ण खेल खेल्नु पर्दा होस् या कुनै टुर्नामेन्ट गर्नुपरेमा धरानमा खुलेका फुटसल स्थल आकर्षकका केन्द्र बनेका छन् । फुटबल प्रतियोगिताको सानो रुपमा लिइने फुटसलले सकारात्मक सोच अभिवृद्धिसंगै खेलाडी उत्पादनमा समेत सहयोग

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 829 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको सपिङ कम्प्लेक्सको जग्गा अलपत्र : वार्षिक करोडौं आयस्रोत गुम्यो

    धरान । धरान उपमहानगरपालिकाको मुख्य चौकमा रहेको भानुचौकको मास्तिर रहेको खाली जमिनमा अण्डरग्राउण्ड पार्किङ सहितको सुविधा सम्पन्न सपिङ कम्प्लेक्स बनाउने स्थलमा अव्यवस्थित पार्किङ बनेको छ । उपमहानगरको महत्वकांक्षी योजनाको रुपमा रहेको सुविधा सम्पन्न सपिङ कम्प्लेक्स निर्माण कार्य शुरु नहुँदा सो स्थान पहाडी क्षेत्रमा कुद्ने सार्वजनिक सवारी साधन सहित निजी सवारी साधनको पार्किङ स्थल बनेको छ । सवारी साधनहरु अव्यवस्थित पार्किङ हुँदा नागरिकलाई आवतजावतमै पनि समस्या भएको छ । २०५६ सालमा धरान उपमहानगरपालिकाले भानुचौकमा रहेको ६ कट्ठा जग्गामा सपिङ कम्प्लेस बनाउने भनेर तत्कालिन सब्जी बजार र फेन्सी स्टोरका टहरा

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमै रहेको एक सय ६ बर्ष अघिको मन्दिर ओझेलमा

    धरान । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको धरान १४ विजयपुरका केही पुराना मन्दिरहरु अझै प्रचारप्रसारको अभावमा ओझेलमा छन् ।विजयपुरमा रहेका मठ मन्दिर मध्ये बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिरको चर्चा देश तथा विदेशमा भए पनि पुराना तर महत्वपूर्ण मन्दिरहरु भने अझै ओझेलमै रहेका हुन् । विजयपुरमा रहेका दर्जनौ पुराना मन्दिरहरुको प्रचार प्रसार हुन नसक्दा ओझेलमा छन् । धरान १४ दुईधारे अगाडि रहेको नरसिंह र शनि मन्दिर एक सय ६ वर्ष अघिको हो । तर त्यसको प्रचारप्रसार अझै हुन सकेको छैन । स्थानीय गोविन्द मैनालीले तीनकुनेमा रहेको शनि मन्दिर भन्दा धरान १४ मा रहेको शनि मन्दिर पुरानो भए

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 1,717 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: भुमिसुधारको फैसला बदनियतपुर्ण

    धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न मोहीको नाममा नामसारी गर्न फैसला गरिदिए पछि सुनसरी स्थित भुमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीको मिलेमतो रहेको आरोप लागेको छ । एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयको जग्गाको मोही नामसारी गरिदिन सम्बन्धित निकायलाई जानकारी नदिई गरिएको फैसला बदनियत पुर्ण देखिएको क्याम्पसका प्राध्यापकहरु बताउँछन् । क्याम्पसको जग्गा हडप्न धरानका जग्गादलालीहरुको ठुलो गिरोहनै लागेको उनीहरुको भनाई छ । गिरोहलाई सरकारी निकायनै लागेको प्राध्यापकहरुको भनाई छ । करिब तिन वर्ष अघि मोही कट्टा गरि पाउँ भनेर क्याम्पसले निवेदन दिए पनि बदनियत पुर्ण ढंगले मोहीको नामसार

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 1,067 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पसको जग्गा प्रकरण : ‘क्याम्पस प्रशासन गैह्रजिम्मेवार’

    धरान/ विगत ३ वर्ष देखि भुमाफियाहरुले गिद्धेदृष्टि गाढेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमिसुधार तथा मालपोत कार्यालय सुनसरीले हडप्न अझै सहज बनाइदिएको छ ।२०३४ सालमा क्याम्पसले खरिद गरी उपभोग गर्दै आएको धरान ११ स्थित स्वस्तिक चौकमा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा भुमाफियाहरुले हडप्न खोजेका थिए । विगत ३ वर्ष देखि विवाद चर्किएको मोहियानी नामसारी मुद्धा क्याम्पसको विपक्षमा फैसला गर्दै जग्गा हडप्न मालपोत कार्यालयले सहज बनाईदिएको हो । क्याम्पसले जग्गा खरिद गरेको समयमा मोही कायम रहेका डम्बर बहादुर घिमिरेको छोरा भनिएका यज्ञ बहादुर क्षेत्रीको नाममा नामसारी गरिदिने फैसला

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 749 पटक पढिएको
    • "दिनेश गजमेर"
  • ‘होम मेकर आर्किलिग’ फुटबल प्रतियोगिता भोलीबाट

    धरान । अध्ययनसँगै शारीरिक स्फुुर्ती कायम गर्न आवश्यक रहेको भन्दै पूर्वाञ्चल इन्जिनियरीङ क्याम्पस धरानमा विभिन्न विषयमा अध्यनरत विद्यार्थीहरुले खेलकुद कार्यक्रम आयोजना गर्ने गरेका छन् । प्राविधिक ज्ञान अध्ययन हुने कलेजमा मानसिकसँगै शारीरिक व्यायामको समेत आवश्यकता महसुस गरी समय समयमा त्यहा अध्ययनरत विद्यार्थीहरुले खेलकुदका कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । यसै क्रममा कलेजमा अध्ययनरत आर्किटेचर फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरुले सोमबारदेखि फ्याकल्टीकै विद्यार्थी र कलेजको (विभागिय प्रमुख)एचओडी, तथा प्राध्यापकहरु समावेश गरेर ‘होम मेकर आर्किलिग फुटबल प्रतियागिता’को आयोजना गर्ने भएक

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वाणिज्य बैंकको एटिएम सेवा पानवारीमा शुरु

    धरान । धरान–६ स्थित पानवारीमा एटिएम सेवा शुरुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि बैंकको शाखा पानवारीमा सञ्चालित छ । पानवारी शाखाका शाखा प्रमुख शिवशंकर लहुटियाका अनुसार ग्रामिण क्षेत्रमा बैंकको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको हो । शाखाले विशेष गरी साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिदै आएको छ । क वर्गको बैंक पानवारीमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक नै स्थापना भएको हो । अहिले पानवारीमा मितेरी डेभलपमेन्ट बैंक र निर्धन उत्थान लघुवित्त बैंक र प्राइम

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 1,159 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानले तीनपाने रक्सी र कालो बंगुर ब्राण्डिङ गर्ने

    धरान/ घरेलु तीनपाने रक्सी र कालो बंगुरलाई धरानले ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादन तीनपाने रक्सी र कालो बंगुरको बजारीकरणमा प्रवद्र्धन गर्दै जिवनस्तर उकास्ने योजनाहरु अघि सार्ने भएको छ । एक वर्ष अघि तीनपाने रक्सी र कालो बंगुरको प्रवद्र्धन गर्र्न अध्ययन कार्यदल गठन भएको थियो । कोरोनाका कारण कार्यदलको बैठक बस्न सकेको थिएन । धरान उपमहानगर नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको कार्यदलको पहिलो बैठकले परम्परागत रुपमा उत्पादन गरिएका स्थानीय तीनपाने रक्सी र कालो बंगुरलाई प्रवद्र्धन गर्ने निर्णय गरेको हो । बैठकमा मेयर राईले तीनपाने रक्सीलाई गुणस्तरिय बनाउन सीप दिएर व्यवसायीकरण गर्न

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 961 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीमा सुरक्षा चुनौती

    धरान/ उपचार सेवा समेत लथालिङ्ग बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षा पनि चुनौतीपुर्ण बन्दै गएको छ । उपचारमा चिकित्सकले लापार्बाही गरेकै कारण विरामीहरुले समय समयमा आन्दोलन समेत गर्ने गरेका छन् । पछिल्लो समय उपचारमा मात्र हैन प्रतिष्ठानको सुरक्षामा समेत चुनौती थपिदै गएको छ । सुरक्षा संयन्त्र कमजोर भएकै कारण प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी तथा कुरुवाका वार्डबाटै मोवाइल हराउने, पैसा हराउने तथा सामान ल्याएको झोला समेत गायव हुने मात्र हैन पार्किङमा राखेका मोटरसाइकल, स्कुटी समेत चोरी हुने क्रम रोकिएको छैन । केही दिन अघि प्रतिष्ठानको तल्लो विल्डिङ वार्डमा विर

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved