धरान । वरगाछी महिला समुह धरान ८ को आयोजनामा आधारभुत हेयर कटिङ्ग तालिम सम्पन्न भएको छ । आईतवार समापन भएको तालिम गत माघ २२ गते देखि फगुण ७ गते सम्म संचालन भएको थियो । तालिम धरान उपमहानगरपालिका वार्ड नं. ८ वडा कार्यालयको महिला लक्षित कार्यक्रम अन्तरगत सम्पन्न भएको हो । समापन समारोहका प्रमूख अतिथि तथा धरान ८ का वडा सदस्य प्रेम बहादुर तामाङ्गले २५ सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । समुहकी अध्यक्ष चन्द्रकला प्रधानको अध्यक्षतामा सम्पन्न तालिममा प्रशिक्षण सोनिमा हेयर कटिङ्गकी सुनिता श्रेष्ठले दिएकी थिईन् । तालिम कार्यक्रम संयोजक ईन्दु श्रेष्ठले तालिमका सहभागीहरुलाई स्वगत गर्दै तालिमका सिकेक
धरान । धरानमा बादर आतंक भर्खैरै मात्र भएको होइन, यो आतंक बर्षौदेखि छ । बादर आतंकबाट सर्वसाधारणलाई छुट्कारा नपाउने भएपछि २०७० सालमा बादर पीडित संघर्ष समिति गठन भयो । समितिले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलाई समेत ज्ञापनपत्र बुझायो । समितिका अध्यक्ष सकुल श्रेष्ठको नेतृत्वमा तीनै सरकारलाई ज्ञापन बुझाउँदा पनि समस्या समाधान हुन सकेको छैन । पछिल्लो समय धरानमा बादर आतंकले सर्वसाधारण झन आजित भएका छन् । यस विषयमा न त स्थानीय सरकारले गम्भीतापूर्वक लिएको छ न त प्रदेश तथा संघीय नै । २०७० सालमा सु्नसरी प्रदेश नं. १ बाट सांसद बनेकी सावित्रा जोशीले सदनमै धरानको बादर आतंकको विषयमा उठाइन् । उनले
धरान/ एम्स एकेडेमीको खेलकुद सप्ताह शुक्रबार बिहान सम्पन्न भएको छ । धरान रङ्गशालामा पूmटबलको अन्तिम प्रतिष्पर्धा सकिएलगत्तै औपचारिक कार्यक्रम आयोजना गरी एम्सले खेलकुद सप्ताह समापन गरेको हो । समापन कार्यक्रमअघि भएको फूटबल प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा २–० गोल अन्तरले कक्षा ११ (ए) को टिमलाई पराजित गर्दै कक्षा १२ (ए) को टिम पहिलो भएको थियो । यस्तै पूmटबलमा सर्वाधिक गोलकर्ताका रूपमा समीर लिम्बूले तथा उत्कृष्ट खेलाडीका रूपमा मिलन विष्टले पुरस्कार प्राप्त गरे । यसैगरी, भलिबलतर्पm कक्षा १२ (ए६) पहिलो र १२ (ए४) दोस्रो भएका छन् । भलिबलमा उदीयमान खेलाडीका रूपमा विसन घले र उत्कृष्ट खेलाडीका रू
धरान/ दुई वर्ष अघि धरानमा बनाउने भनिएको औद्योगिक ग्राम स्थानीय सरकारको पहल नहुँदा अन्यौलमा रहेको छ । स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्य अनुरुप धरानमा पनि २०७६ पुसदेखि ग्राम निर्माणको प्रक्रिया अघि बढेको थियो । धरान ६ स्थित पानवारीको सेहरा खोला पश्चिम तर्फ औद्योगिक ग्राम बनाउने तयारी थियो । सरकारको निति अनुसार तत्कालिन स्थानीय तहबाट जग्गा उपलब्ध गराएको थियो । सरकारले औद्योगिक ग्राम बनाउन दिएको ९२ लाख रुपैयाको बजेटले जग्गाको संरक्षण गर्न
धरान । सुनसरीको बर्जु गाउँपालिका १ स्थित बुक्डरीको भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ वर्षीय धनिलाल उराव रहेका छन् । बुधवार राती साँढे ९ बजेको समयमा को २८ प ३८०७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक उरावको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरान । सरकारले गत पुष ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बहालवाला पदाधिकारीलाई काम गर्न रोक लगाउँदै मन्त्रालयबाट कर्मचारी पठाए पछि गिजोलिएको समस्या तत्कालका लागि सर्वोच्चले फुकाईदिएको छ । सर्वोच्च अदालतले बुधबार बहालवाला पदाधिकारीलाई काम गर्न, गराउन आदेश दिएसँगै विगतमा भएको अन्यौलता हटेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनलाई रोक लगाउदै वहालवाला पदाधिकारीलाई काम गर्न÷गराउन आदेश दिएपछि एक महिना देखिको अन्यौलताको अन्त्य भएको छ । पुष ३० गतेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानका वहालवाला पदाधिकारीहरुलाई काम गर्न रोक लगा
धरान । आर्या ब्युटि आर्ट एण्ड एकेडेमी धरानले आफ्नो प्रथम बार्षिक उत्सबको अवसर पारेर मिस स्टेड १,सिजन ३ की विजेता श्वेता भुुजेललाई आफ्नो ब्राण्ड एम्बास्डर घोषणा गरेको छ । धरान–६स्थित होटल नबयुुगमा बुुधबार आयोजित कार्यक्रममा आर्या ब्युुटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशकले भुुजेललाई आर्याको ब्राण्ड एम्बास्डर घोषणा गरेकी हुन् । आर्या ब्युुटि आर्ट एण्ड एकेडेमी ब्युुटिसियनहरुलाई ब्यबसायीक र रोजगारमुलक बनाउन लागि परेको बताउदै उनले ब्राण्ड एम्बास्डर घोषणा सँगै अब आर्यालाई प्रदेश १ ब्यापी बनाउने बर्ताइन । कार्यक्रममा बोल्दै एकेडेमीका प्लानीङ म्यानेजर योगेशबाबुु काफ्ले ले अबको चारबर्ष भित्
धरान । दोस्रो चौमासिकको अन्त्य सम्म पनि अनुमान गरिए अनुसार आय नभए पछि धरान उपमहानगरपालिकाले १० प्रतिशत अनुमानित आन्तरिक आय घटाउँदै विनियोजित कार्यक्रमहरु पनि कटौती गरेको छ । धरान उपमहानगरपालिकाको १० औं नगरसभाले नवौं नगरसभाले पारित गरेको चालु आर्थिक बर्षको विनियोजन ऐनमा अनुमान गरेको आन्तरिक आयतर्फ १० प्रतिशत घटाएको हो । सुनसरी उद्योग वाणिज्य संघको हलमा मंगलबार भएको दशौं नगरसभाको दोस्रो बैठकले विनियोजन ऐन २०७८ संशोधन गरि आयतर्फ १० प्रतिशत घटाउन गरेको प्रस्ताव पारित गर्दै विनियोजन गरिएको कार्यक्रमहरु पनि कटौती गरेको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार आन्तरिक आयतर्फ अनुमान गर
धरान । नेकपा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद कतैबाट आयातित नभई नेपाली समाज रुपान्तरको क्रममा आन्दोलनबाट उत्पत्ति भएको पार्टीका स्थायी कमिटी सदस्य गुरु बरालले बताएका छन् । मंगलबार एमाले निटक नेपाल बुद्धिजिबी परिषद सुनसरीले धरानमा आयोजना गरेको ‘जबज, दशौ महाधिवेशन र बौदिक बर्गको दायित्व’ बिषयक अन्तक्रिया कार्यक्रममा बरालले पार्टीको निती सिद्धान्त बिचारलाई सबैले बुझ्नु जरुरी रहेको औल्याए । उनले भने, ‘धरानको राजनीतिक माटोले मनमोहन अधिकारी जस्ता लोकप्रिय प्रधानमन्त्रि पायो, यस्तै बम देवान, मन्जुल, ध्यान बहादुर राई जस्ता लोकप्रिय
धरान । धरानमा खानेपानीको चरम अभाव सिर्जना भएको छ । खानेपानी हाहाकार भएकै कारण सर्वसाधारणले बाटोमै पाइप खोलेर पानी थाप्न थालेका छन् । तीनचार दिनदेखि खानेपानी धारामा नआएपछि धरान १५का सर्वसाधारण खानेपानी बोर्डले वितरणका लागि विछ्याएको मेन पाइप खोलेर पानी थाप्ने गरेका छन् । धरान १५ सुनगाभामार्गकी विना विश्वकर्मा धारामा पानी आउन छाडेपछि बाटोमै पानीको पाइप खोलेर पानी थाप्ने गरेको बताउछिन् । उनी भन्छिन््–‘धारामा पानी नआएको चार दिन भइसक्यो, कही कतैबाट पानीको आवश्यकता पूरा गर्न सकिएन, पाइपमा रहलपहल आएको पानी बाटोमै खुस्क्याएर पानी भर्न गरेका छौं ।’ उनी मात्र हैन त्यस टोलका अन्य सर्व