धरान । आर्या ब्युटि आर्ट एण्ड एकेडेमी धरानले आफ्नो प्रथम बार्षिक उत्सबको अवसर पारेर मिस स्टेड १,सिजन ३ की विजेता श्वेता भुुजेललाई आफ्नो ब्राण्ड एम्बास्डर घोषणा गरेको छ ।
धरान–६स्थित होटल नबयुुगमा बुुधबार आयोजित कार्यक्रममा आर्या ब्युुटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशकले भुुजेललाई आर्याको ब्राण्ड एम्बास्डर घोषणा गरेकी हुन् । आर्या ब्युुटि आर्ट एण्ड एकेडेमी ब्युुटिसियनहरुलाई ब्यबसायीक र रोजगारमुलक बनाउन लागि परेको बताउदै उनले ब्राण्ड एम्बास्डर घोषणा सँगै अब आर्यालाई प्रदेश १ ब्यापी बनाउने बर्ताइन । कार्यक्रममा बोल्दै एकेडेमीका प्लानीङ म्यानेजर योगेशबाबुु काफ्ले ले अबको चारबर्ष भित्रमा आर्यालाई कस्मेटिक तथा फेसन कलेजको रुपमा विकास गर्ने बताए । कार्यक्रममा बोल्दै उनले स्थापनाको एक बर्षमै आर्याले ८० जना लाई ब्युुटिसियनसँस सम्बन्धित तालिमहरु उपलब्ध गराएको बताए ।
कार्यक्रममा बोल्दै धरान मेघा कलेजका प्रिन्सीपल भास्कर पौड्यालले आफुुहरुले कलेजको औपचारीक शिक्षामा मात्र नभएर विद्यार्थीहरुको रुचीका अतिरिक्त विषयमा पनि विद्यार्थीलाई प्रोत्साहन गर्ने बताए । आर्याको ब्राण्ड एम्बास्डर भएकी श्वेता भुुजेल धरान मेघा कलेजकी विद्यार्थी हुन् ।
धरान मेघा कलेजका प्रशासनिक निर्देशक कैलाश लिम्बुले आफ्ना विद्यार्थीलाई कलेजको औपचारीक शिक्षा सँग उनीहरुलाई ब्यबसायीक र रोजगारमुखि बनाउने कार्यमा पनि प्रोत्साहन गर्ने गरिएको जानकारी गराए । उनले अबको समय रोजगारमुुलक शिक्षाको भएको बताए । पुुर्वाञ्चल बागिना कलाकेन्द्रका कार्यकारी अध्यक्ष भक्तिराज राईले आर्याले लिएको लक्ष्य र गरिरहेको कामले अहिलेको युुवा पिडिलाई प्रेरणा मिलेको बताए ।
पहिलो चरणको कार्यक्रम समापन सँग बुुधबार नै आर्यामा ब्युुटिसियन कोर्ष गरिरहेका ३० जना विद्यार्थीलाई पब्लिक स्पिकीङ र मोटिभेसनल कक्षापनि सञ्चालन गरिएको थियो । ब्युुटिसियनहरुलाई सञ्चारकर्मि तथा पब्लिक स्पिकिङका प्रशिक्षक तिर्थ कार्किले प्रशिक्षण दिएका थिए ।