स्थानीय

    Showing 4,541-4,550 of 5,056 items.
  • एमालेद्वारा १४ नं. वडामा टोल कमिटी गठन

    धरान/ स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेकपा एमालेले कमिटि विस्तारलाई तिब्रता दिइएको छ । सोही अनुरुप मंगलबार १४ नं. वडा कमिटिले गैरी गाउँ, झोलुङ्गे पुल, बेलडाँडाको संयुक्त भेलाले हसन्त राईको अध्यक्षतामा ३५ सदस्यी टोल कमिटी गठन गरेको हो । भेलाले सचिव गुनश्वरी राई सदस्यहरु कविता थापा , श्यामा आले, पल्लु आले, सोदा राई, कल्पना प्रधान, शर्मिला प्रधान, उमङ्ग आले, शिखा आले, तेज ब. आले, फत्त ब. खड्का, कुन्ता आले, अमर बहादुर आले, ध्रुव आले, आश्मिन आले, उज्ज्वल आले, सेच्छा पुलामी, मालती राई, देवी ब. कटुवाल, सन्तोष कुमार लावती, एलिना तामाङ, हेमन्त राई, निला राई, किरण राई , आशा राई, कल्पना श्

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमाह आय खस्कदै : स्थानीय सरकारको भुमिका शुन्य

    धरान । नेपालको प्रमुख आय स्रोतको रुपमा चिनिएको पर्यटन क्षेत्र सरकारको कागजी नितिकै कारण गुम्दै जान थालेको छ । योजनाहरु व्यवहारमा नभई कागजमै मात्र सिमित हुँदा पर्यटन क्षेत्रहरुको आय आर्जन खस्किदै गएको हो । यसको उदाहरण सुनसरीको अमाह सिमसार बनेको छ । बराहक्षेत्र नगरपालिका ४ र ५ मा रहेको सिमसारको प्रवद्र्धनमा स्थानीय सरकारबाट खासै भुमिका खेल्न नसक्दा आयआर्जन खस्किदै गएको स्थानीयको गुनासो छ । गाउँकै आयआर्जनमा टेवा पु¥याउदै आएको सिमसारको संरक्षण र प्रर्वद्धनमा सरकारले खासै भुमिका खेल्न नसकेको सिमसार संरक्षण उपभोक्ता समितिका अध्यक्ष भोजराज घलेले बताउँछन् । उनले भने, “माथिल्लो निकायहरुबाट क

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 1,268 पटक पढिएको
    • "सन्जाेगबाबु दाहाल"
  • सियोनले अन्तर विद्यालय बास्केटबल प्रतियोगिता गर्ने

    धरान । धरान १६ स्थित सियोन स्कूलले अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्कूलले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २४ गतेदेखि ‘सियोन थ्रि वाइ र्थी अन्तर विद्यालय, महिला, पुरुष बास्केट बल प्रतियोगिता’ को आयोजना गर्न लागेको जानकारी दिएको हो । सियोन स्कुलका प्रिन्सिपल सञ्जिव वान्तावाका अनुसार माध्यमिक तह ( +२ मा) अध्ययनरत १५ बर्ष मुनिका बालबालिकालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा धरानका नीजि तथा संस्थागत विद्यालयका महिला तथा पुरुष गरी २३ टिमको सहभागिता रहने प्रिन्सिपल वान्तवाले जानकारी दिए । उनले भने, ‘प्रतियोग

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 1,211 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खानेपानी अभाव बढ्दै

    धरान । सुक्खायाम सुरू नभई धरानमा खानेपानीको अभाव हुन थालेपछि वर्षेनी उपभोक्ताहरूमा खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिनु पर्ने बाध्यता छ । धरानको खानेपानी अभाव पुर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा परियोजना संचालन गरे पनि खानेपानीको अभावको विरुद्ध वर्षेनी उपभोक्ताले आन्दोलन गर्नु परेको छ । यस वर्ष पनि उपभोक्ताहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । खानेपानी व्यवस्थापन बोर्डले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गरेको भन्दै वडाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । धरानमा खानेपानीको अभाव बढ्दै गए पछि धरान ९ का वडाअध्यक्ष रत्न कटुवालको नेतृत्वमा स्थानीयले विरोध प्रदर्

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिटी सफारीमा महिलाको आकर्षण : आम्दानीको दिगो स्रोत

    धरान । धरानमा पछिल्लो समय सिटी सफारी महिलाहरुको गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । सिटी सफारी चलाएर महिलाहरु आत्मनिर्भर मात्र हैन घर परिवार चलाउन सक्षम भएका छन् । महिलाहरुको उपस्थितिले सवारीसाधन पुरुषहरुले नै चलाउनुपर्ने मान्यतालाई समेत तोडिदिएको छ । धरानकी सुमित्रा ल्वागुनले सिटी सफारी चलाएको एक बर्ष भयो, सिटी सफारी चलाएपछि उनको घरमा आर्थिक संकट समेत विस्तारै टर्दै गएको छ । घरको राजमिस्त्री गर्ने श्रीमानले कमाएको रकमले मात्र घर खर्च टार्ने गरेकोमा अहिले सुमित्राले समेत सिटीसफारी चलाएर आम्दानीको स्रोत बढाइदिएकी छन् । सुमित्रा भन्छिन्, ‘हाम्रा दुई सन्तान छन्, श्रीमानले मात्र कमाउँदा घर

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,453 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पसको जग्गा प्रकरण : कानुनी प्रतिरक्षा गर्न प्रतिबद्धता

    धरान । उच्च अदालतमा पुगेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउन बलियो कानुनी प्रतिरक्षा गर्न जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । क्याम्पसको जग्गा बचाउन पुर्व क्याम्पस प्रमुख कुमार बहादुर कार्कीको संयोजकत्वमा समितीनै गठन गरेर अभियान संचालन गर्दै आएको छ । समितीको सल्लाहाकारका रुपमा रहेका प्रदेश संसद, संघीय संसद र धरान उपमहानगरपालिकाका मेयर र उपमेयर सँग बुधबार गरेको छलफलमा सबैले आ–आफ्नो ठाउँबाट जग्गा जोगाउन पहल गर्ने निर्णय गरेको क्याम्पसका प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार धरान उपमहानगरपालिकामा बसेको बैठकमा जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 977 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • होटलमा महिलाको शव फेला : हत्या भएको आशंका

    धरान । पुरुष साथी सँग होटलमा बसेकी एक महिलाको शव भेटिए पछि उनको हत्या हुन सक्ने आशंका गरिएको छ । मंगलबार धरान १८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत अवश्थामा भेटिएकी महिलाको शरीरमा चोटपटक देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतक इटहरी ५ मा डेरा गरि बस्ने ३९ वर्षिय सुमित्रा तामाङ रहेको खुलेको छ । उनी होटलमा मृत अवश्थामा भेटिएकी थिईन् भने उनका साथी फरार रहेका छन् । महिलाको शरीर अनुहार मात्र देखिने गरि सिरक ओढाएको अवस्थामा भेटिएको थियो । प्रहरीले मुचुल्का उठाउने क्रममा मृतकको शरीरमा चोटपटक देखिएको छ । अनुहार र जिउमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको प्रहरीको

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1,401 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिस्टर धरान फागुन २० मा

    धरान । दुई दशक अघिदेखि शारीरिक सुगठनको क्षेत्रमा निरन्तर क्रियाशील एलाइनेट जिमले यो वर्षसमेत धरानमा नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । २१ औं मिस्टर धरान आगामी फागुन २० गतेदेखि शुरु हुने छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी समूहले स्पर्धा गर्नेछन् । आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूका अनुसार पहिलो दिन शुक्रबार प्रि–जजिङ राउन्ड हुनेछ । जसमा प्रत्येक समूहमा ६ जना खेलाडी छनोट भई ३० जना फाइनल प्रतियोगितामा सहभागी हुनेछन् । फागुन २१ गते शनिबार आयोजना हुने फाइनलमा प्रत्येक वजन समूहले स्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रत्येक वजन

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 1,290 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दिनभरि पर्खे, रित्तो भाडा लिएर फर्किए’

    धरान । धरानमा खानेपानीको अभाव चरम रुपमा बढ्दै गएको छ । खानेपानी बोर्डले दिन बिराएर पानी वितरण गरेको जनाए पनि पालो परेको दिनमा समेत पानी नआउँदा स्थानीयहरु दिनभरी पर्खिन्छन्, तर रित्तो भाडानै लिएर घर फर्किनुपरेको छ । धरानको वडा नम्बर ७ र १५ मा पर्ने नजिकैको खोल्सी धारामा पानी आउने पालो पर्खिएर दिनभरि सर्वसाधारण बसे, तर पानी नआएपछि रित्तो भाडा लिएर घर फर्किएको गुनासो गर्छन् । यो धारा सरकारी धारा हो । तत्कालिन नेपाल खानेपानी संस्थानले बर्षौ पहिलो सर्वसाधारणलाई खानेपानी पिउन सहज होस् भन्ने अभिप्रायले जडान गरिएको यो धाराबाट करिब १० घर परिवार आश्रित छन् । धारामा पानी आउने दिन उनीहरु सबै काम छोडेर प

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 1,018 पटक पढिएको
    • " गोविन्द बस्नेत"
  • बजेट अभावमा नौवटा झोलुङ्गे पुल अलपत्र

    धरान । बजेटको सुनिश्चितता हुन नसक्दा उदयपुर र खोटाङको विभिन्न खोलाहरूमा निर्माणाधिन झोलुङ्गे पुल अलपत्र बनेको छ । अघिल्लो वर्षनै सम्पन्न भइसक्नु पर्ने योजनाहरु बजेट अभावकै कारण अलपत्र बनेको हो । दुई जिल्लामा रहेका विभिन्न खोलाहरूमा निर्माणाधीन नौवटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार संघीय सरकारले लागत इष्टमेट अनुसार रकम र पुल निर्माणका लागि फलामे लठ्ठाहरू समेत उपलब्ध नगराउँदा उदयपुर र खोटाङमा गरी हाल निर्माणाधीन अवस्थामा रहेका नौ वटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक निर्माणमा तीव्रता दिएको भए प

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 1,010 पटक पढिएको
    • "कोशीपत्र / संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved