सियोनले अन्तर विद्यालय बास्केटबल प्रतियोगिता गर्ने

  • फागुन २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १६ स्थित सियोन स्कूलले अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

स्कूलले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २४ गतेदेखि ‘सियोन थ्रि वाइ र्थी अन्तर विद्यालय, महिला, पुरुष बास्केट बल प्रतियोगिता’ को आयोजना गर्न लागेको जानकारी दिएको हो । सियोन स्कुलका प्रिन्सिपल सञ्जिव वान्तावाका अनुसार माध्यमिक तह ( +२ मा) अध्ययनरत १५ बर्ष मुनिका बालबालिकालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा धरानका नीजि तथा संस्थागत विद्यालयका महिला तथा पुरुष गरी २३ टिमको सहभागिता रहने प्रिन्सिपल वान्तवाले जानकारी दिए । उनले भने, ‘प्रतियोगिताका लागि हालसम्म आयोजक सियोन, होलिल्याण्ड, समिट, प्रहरी स्कूल, युएन, डिपो, सगरमाथाले भिड्न्े भएपनि धरानका अन्य विद्यालय र तरहराका विद्यालयहरु आउने सम्भावना बढेर गएको छ, महिला ८ टिम र पुरुष १५ टिम रहनेछन ।’

प्रतियोगिताका विजेता, उपविजेताको नगद रकम एकिन नभएपनि नगदसंंगै ट्रफी र मेडल पाउने प्रिन्सिपल वान्ताले जानकारी दिए । प्रतियोगितामा व्यक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडी र उदयीमान खेलाडीलाइ समेत ट्रफी र प्रमात्रपत्र प्रदान गरिने भएको छ । फाइनल खेलको दिन थ्री पोइन्ट कम्पिटिसन समेत गराइने र यसबाट नगद एक हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

लामो समय भएको कोरोना कहरका कारण विद्यालयमा अतिरिक्त कार्यक्रम गर्न नसक्दा विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुन नसकेको महसुस गरी क्षमता अभिवृद्धिकै लागि बास्केट बल प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved