धरान / धरान उपमहानगरपालिकाकी उप प्रमुख तथा नेकपा एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारीको पहलमा पछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य विमा बोर्डमा रोकिएको रकम आउने भएको छ । उपप्रमुख भण्डारीले विहिबार बोर्डका निर्देशकलाई भेटि प्रतिष्ठानले सोधभर्ना बाफत पाउने रकम तत्काल भुुक्तानी दिन पहल गरेकी थिइन । भण्डारीको पहलपछि बोर्डले यो साता भित्र दश करोड रुपैया भुक्तानी दिने र बाकी यो महिना भित्र भुक्तानी दिने प्रतिबद्धता जनाएको हो । जनताको स्वास्थ्य उपचार जस्तो विषयमा गम्भिर बन्न र कुनैपनी बाहानामा सुुविधा नरोक्न आफुले माग गरेको उपमेयर भण्डारीले बताईन । अब विपीको रोकिएको पैसा
धरान । नेकपा एमाले धरानले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जनताको नजरमा विबादीत देखाएर कमजोर बनाउन सरकारले नै स्वास्थ्य विमा बाफतको रकम सोधभर्ना नगरेको आरोप लगाएको छ । स्वास्थ्य विमा सञ्चालन भएका अन्य अस्पतालमा नियमित सोधभर्ना दिनुु तर प्रतिष्ठानलाई सोधभर्ना नदिनुु भनेको सरकारले नै प्रतिष्ठान कमजोर पार्न खोजेको हो भन्ने प्रस्ट हुन्छ एमाले धरानका अध्यक्ष हर्कजंग एभेङद्धारा जारी विज्ञप्तिमा भनिएको छ । जनताको नजरमा विवादीत देखिएर प्रतिष्ठान कमजोर पार्ने सरकारको गलत नियत देखिन्छ विज्ञप्तिमा उल्लेख छ । ‘जनताबाट उठाएको विमा बापतको पैसा सम्बन्धित अस्पताललाई सोधभर्ना नदिनुुले स
धरान । आन्तरिक आयस्रोतको सुनिश्चितता नै नगरी २०७८÷७९ को बजेट विनियोजन गरिएकाले बजेट कार्यान्यवन थप चुनौतीपुर्ण बनेको छ । आन्तरिक स्रोत घटे पछि अधिकांश सामाजिक विकाशका कार्यक्रमहरु प्रभावित हुने भएका छन् । बजेट बनाउँदा जनताको अपेक्षा अनुसार वास्तविक आन्तरिक स्रोत भन्दा पनि बढीको बजेट बनाए पछि अहिले पुँजिगत खर्च गर्न चुनौतीपुर्ण भएको हो । एका तिर जनताले अपेक्षा गरे अनुसारको कार्यक्रमहरु गर्न दबाब बढिरहेको छ, अर्को तर्फ आन्तरिक आय सोचे अनुसार नभए पछि धरान उपमहानगरपालिका अनुमानित आय घटाउन बाध्य भएको छ । यस वर्ष जनताले सोचे अनुसारको योजनाहरु कार्यान्यवन नहुने पक्का भएको छ । धरान उपमहानगर
धरान । पछिल्लो २ दिनमा धरानमा ४ जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।शनिबार र आइतबार गरि २ दिनमा धरानमा ४ जना मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यलय धरानका अनुसार धरानका बिभिन्न वडामा चार जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ एक जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टमका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार साँझ धरान ५ देवीगाउँकी १८ बर्षीया समिक्षा थापा आफ्नै घरको कोठाको झुण्डिएर मृत अवस्था
धरान/ आइतबा मोरङको लेटाङमा प्रहरी र स्थानीय बिच झडपमा एक महिला प्रहरीको मृत्युु भएसँगै अनिश्चिकालिन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङले सोमबार बिहान एक सूचना जारी गर्दै बिहान ७ बजे देखी अनिश्चितकलीन कर्फ्यु जारी गरेको हो । दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ । फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो । आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको
धरान । अवैज्ञानिक वितरण प्रणालीका कारण धरानमा खानेपानीको चरम अभाव बढ्दै गएको पाइएको छ । खानेपानी बोर्डले खानेपानी वितरण प्रणाली व्यवस्थापन गर्न नसक्दा तिन चार दिनमा एक पटक पानी आउने गरेको छ । वर्षाै देखिको खानेपानी समस्या समाधान गर्न सन २०१२ मा एशियाली विकाश बैंकको ऋण तथा अनुदान सहयोगमा खानेपानी परियोजना शुरु भएको थियो । परियोजना सम्पन्न भए पछि धरान खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा गाभिएको छ । बोर्डका अध्यक्ष धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई रहेका छन् । बोर्डको एक वर्ष देखि बैठकनै बस्न सकेको छैन् । जसका कारण वितरण प्रणालीलाई चुस्त बनाउँन नसक्दा खानेपानीको अभाव बढ्दै गएको हो ।
धरान । सुख्खा मौसम लागेसँगै धरानमा खानेपानीको चरम अभाव भएको छ । अभावकै कारण सर्वसाधारणको दिनचर्या कष्टकर बन्दै गएको छ । अभाव सिर्जना भएसँगै एकगाग्री पानीका लागि दिन माया मार्दा समेत पाउन नसकेका अवस्था छ । धरानका सर्वसाधारणलाई खानेपानी खुवाउने जिम्मा खानेपानी बोर्डले लिएको छ । तर बोर्डले समेत पानी खुवाउन नसक्दा धराने जनता काकाकुल अवस्थामा जीवन विताई रहेका छन् । एक साता अगाडि धरान ९ मा बोर्डले ट्यांकरमार्फत पानी वितरण गर्दा पानीको अभावमा बाँच्न बाध्य सर्वसाधारण पानी थाप्न तछाडमछाड गरेको दृश्यले समेत धरानमा खानेपानीको अवस्था कस्तो छ भनेर भन्नै पर्दैन । ट्यांकर आएर पानी वितरण नगर्दै तछाडमछाड गरे
धरान । देशको राजनीतिक परिस्थितिका बाबजुद देश नौजवान युवाहरु लाहुरेमा भाविष्य खोज्दैछन् । लाहुरे भएर सम्पत्ति आर्जन गर्ने र भविष्य उज्वल बनाउने उद्देश्य लिएर उमेर रहन्जुलेल पटक पटक लाहुरेमा भिड्ने गरेका छन् । लाहुरेमा भविष्य खोज्नेहरुको पहिलो रोजाई सिंगापुर पुलिस हुने गरेको छ, त्यसमा असफल भए व्रिटिश आर्मी । यसमा पनि असफल रहे इन्डियन आर्मी यी मध्ये कुनैमा पनि सफलता हात नभए नेपाल आर्मी, जनपथ प्रहरी र सशस्त्र प्रहरीमै भएपनि चित्त बुझाउछन् । खोटाङका विनोद श्रेष्ठ अहिले धरानको ट्रेनिङ सेन्टरमा लाहरेमा सम्भावना बोेकेरै तालिम लिइरहेका छन् । भविष्यमा लाहुरे बनेर परिवारलाई सुखसयलमा राख्ने योजना उनको छ
धरान । पुरानो टहरा भत्काएर धरान उपमहानगरपालिकाले वडा नं. ३ चिनिया बजारमा रहेको पालिका तरकारी बजारमा नयाँ संरचना बनाउने तयारी गरेको छ । उपमहानगरले भानुसब्जी तथा फलफूल व्यवसायी समितिबीच साझेदारीमा बजारको टहरा भत्काएर नयाँ संरचना बनाउन लागेको हो । केही महिना अघि बजारमा आगलागी भई व्यापारीले क्षति व्यहोर्नु परे पछि धरान उपमहानगरले नयाँ संरचना बनाउने योजना अघि सारेको थियो । ३० लाख रुपैया नगरले बजेट विनियोजन गरिदिए पछि व्यवसायीको २० लाख रुपैया थप लागतमा संरचना बनाउन लागेको हो । बासका भाटा, साघुँरो बाटो, विजुली बत्तीको वाइरिङ व्यवस्थित नहुँदा बजार कुरुप मात्र हैन दुर्घटनाको जोखिम बढ्ने सम्भावना देखेर
विराटनगर/ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।