युवाहरु लाहुरेमा भविष्य खोज्दै

  • चैत ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । देशको राजनीतिक परिस्थितिका बाबजुद देश नौजवान युवाहरु लाहुरेमा भाविष्य खोज्दैछन् । लाहुरे भएर सम्पत्ति आर्जन गर्ने र भविष्य उज्वल बनाउने उद्देश्य लिएर उमेर रहन्जुलेल पटक पटक लाहुरेमा भिड्ने गरेका छन् ।

लाहुरेमा भविष्य खोज्नेहरुको पहिलो रोजाई सिंगापुर पुलिस हुने गरेको छ, त्यसमा असफल भए व्रिटिश आर्मी । यसमा पनि असफल रहे इन्डियन आर्मी यी मध्ये कुनैमा पनि सफलता हात नभए नेपाल आर्मी, जनपथ प्रहरी र सशस्त्र प्रहरीमै भएपनि चित्त बुझाउछन् ।

खोटाङका विनोद श्रेष्ठ अहिले धरानको ट्रेनिङ सेन्टरमा लाहरेमा सम्भावना बोेकेरै तालिम लिइरहेका छन् । भविष्यमा लाहुरे बनेर परिवारलाई सुखसयलमा राख्ने योजना उनको छ । नेपालमा राजनीतिक अस्थिरताका कारण वेरोजगारी भइने डर र रोजगारी पाइहाले हातमुख जोर्न नै मुस्किल हुने बुझेर उनी अहिले सिंगापुर लाहुरेका लागि तयारी गर्दैछन् ।

उनी भन्छन्–‘लाहुरे बनेर परिवारलाई सुख सयलमा राख्ने मेरो उद्देश्य हो, यसका लागि म धेरै नै मेहनत गरिहेको छु, पास हुन्छु नै जस्तो लाग्छ मलाई ।’
यस्तै भनाई लाहरेका जीवन खोज्ने ताप्लेजुङका सुजन लिम्बुको समेत रहेको छ । विहान र बेलुका उनी ट्रेनिङ सेन्टरले गरेको तालिममा सहभागी हुन्छन् । उनी भन्छन्–‘म विहान ६ बजे रनिङ गरेरै साथीहरुसंग विहान धरानको पञ्चकन्या पुग्छु, त्यहाँ पुगेर ट्रेनिङ सेन्टरले गराएको तालिम गर्छु, हेभिङ सेटिङ गर्छु, अनि विहान ९ बजेतिर घर फर्किन्छु ।’

कक्षा १२ मा अध्ययन गर्दै गरेका ताप्लेजुङका सुजन लिम्बुले समेत पढाईभन्दा लाहुरेमै भविष्य देखेर लाहुरे बन्ने सपना बुनेर धमाधम तालिम लिइरहेका छन्, धरान १८ व्रेफ गोरखा ट्रेडिङ सेन्टरमा तालिम लिइरहेका उनको पनि पहिलो उद्देश्य भनेको सिंगापुर पुलिस नै नबन्ने हो । सिंगापुर पुलिसमा नभएमात्र अर्कोपटक उनी व्रिटिश, इन्डिन आमीमा भिड्न् बताउछन् । उनी भन्छन्–‘नेपालमा भन्दा भविष्य मैले लाहुरेमा देखेँ, त्यही भएर लाहुरे भिड्दैछु ।

धरानमा धरान लगायत पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, धनकुटा, सुनसरी, मोरङ लगायत मधेशप्रदेशबाट समेत तालिम लिन आउने गरेको ट्रेनिङ सेन्टरका सञ्चालकहरु बताउछन् ।धरानमा ७० भन्दा बढी ट्रेनिङ सेन्टरहरु रहेको ट्रेनिङ सेन्टरका सञ्चालकहरु बताउछन् ।

ब्रेफ गोरखा ट्रेनिङ सेन्टरका सञ्चालक उमेश राईले पछिल्लो समय लाहुरेमा सपना बोक्ने युवाहरुको जमात धेरै भएको बताउछन् । उनी भन्छन्–‘लाहुरे बन्नकै लागि युवाहरु पटक पटक कोशिश गर्छन, लाहुरे बन्नका लागि १८ देखि २१ बर्षको उमेर हो, उनीहरुको पहिलो रोजाई सिंगापुर पुलिस हो, त्यसपछि व्रिटिश, इन्डियन लाहुरे र अन्त्यमा केहीमा नभए नेपाल आर्मी, जनपथ प्रहरी, सशस्त्र प्रहरीमा चित्त बुझाउछन् ।’

उनले युवाहरुले लाहुरेमा भविष्य देखेर नै पढाईलाई निरन्तता दिदै लाहुरे भिड्न् गरेको उनले बताए । उनले लाहुरेमा भिड्न् सबै लाहुरे नहुने बताउदै युवाहरु उमेर हदले भ्याएसम्म पटक पटक भिड्ने गरेको बताए । ‘१८ बर्षमा भिडेको युवा फेल भयो भने अर्को बर्ष १९ बर्ष पुग्छ, २१ बर्ष नपुन्जेल सफलता पाउन पटक पटक भिड्ने क्रम उनीहरुको भइरहन्छ ’ सञ्चालक राई बताउछन् ।

कोरोनाका कारण एक बर्ष भने नेपाली युवाहरुले भिड्नै नपाएको उनी बताउछन् । उनले भने–‘सन २०२१ नया युवाहरु कोरोनाकै कारण भिड्न पाएनन्, पुरानोलाई प्राथमिकता दियो ।’

उनका अनुसार रजिष्ट्रेशन फर्म भरेपछि उनीहरु तयारीमा लाग्ने गर्छन, मुख्य गरेर हेभिङ, सेटिङ, रनिङ लगायतका कुराहरु त छँदैछ शिक्षालाई पनि प्राथमिकतामा राखेको छ । उनले भने–‘यो बर्ष पनि तयारी हुदैछ, कोरोना संक्रमण बढेन भने नहुन पनि सक्छ, कोरोना संक्रमण भएन भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र छनौट कार्य हुनेछ ।’

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved