धरानमा खानेपानीको चरम अभाव : ‘बोर्डको वितरण प्रणाली अवैज्ञानिक’

  • चैत ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अवैज्ञानिक वितरण प्रणालीका कारण धरानमा खानेपानीको चरम अभाव बढ्दै गएको पाइएको छ । खानेपानी बोर्डले खानेपानी वितरण प्रणाली व्यवस्थापन गर्न नसक्दा तिन चार दिनमा एक पटक पानी आउने गरेको छ ।

वर्षाै देखिको खानेपानी समस्या समाधान गर्न सन २०१२ मा एशियाली विकाश बैंकको ऋण तथा अनुदान सहयोगमा खानेपानी परियोजना शुरु भएको थियो । परियोजना सम्पन्न भए पछि धरान खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा गाभिएको छ । बोर्डका अध्यक्ष धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई रहेका छन् । बोर्डको एक वर्ष देखि बैठकनै बस्न सकेको छैन् । जसका कारण वितरण प्रणालीलाई चुस्त बनाउँन नसक्दा खानेपानीको अभाव बढ्दै गएको हो ।

परियोजनाले सम्झौता गरे अनुसार उत्पादन गरे पनि वितरण प्रणाली अव्यवस्थित भएकाले खानेपानीको अभाव बढ्दै गएको हो । विगत एक महिना देखि धरानमा खानेपानीको अभाव बढ्दै गए पछि नेकपा एमालेले चारकोशे जंगलमा रहेको पम्पिङ साइडको अवलोकन गरेको थियो । पम्पिङ साइडका कर्मचारीका अनुसार परियोजनामा उल्लेख भए अनुसार पानी उत्पादन भए पनि वितरण प्रणाली अव्यवस्थित हुँदा अभाव चुलिएको हो । उनीहरु सँगको छलफल पश्चात एमालेले पनि खानेपानीको चरम अभाव हुनुमा बोर्डको वितरण प्रणाली नै अवैज्ञानिक भएको निष्कर्ष निकालेको छ ।

दिनप्रतिदिन खानेपानीको चरम अभाव जादा धराने सर्वसाधारणले काकाकुलको जीवनयावन विताउन बाध्य भएपछि नेकपा एमालेका धरानमा रहेका प्रदेश, जिल्ला सहित धरानका नेता तथा कार्यकर्ताहरुको टोलिले पम्पिङ साइडमै पुगेर कर्मचारीहरु सँग उत्पादनका विषयमा छलफल समेत गरेको थियो । खानेपानी सम्झौता अनुरुप नै उत्पादन भएको पाइएपछि अवैज्ञानिक वितरण प्रणालीका कारण खानेपानी अभाव भएको ठहर गरेको हो ।

बोर्डका प्राविधिक चुडामणि गुरागाईले परियोजना अन्तर्गतका वेलहरुबाट उत्पादन हुने पानीमा कुनै कमी नभएको बताए । उनले भने, ‘पम्पबाट जति उत्पादन हुनुपर्ने हो त्यो भएको छ, यहा कुनै समस्या छैन ।’ उनले दुईवटा पम्प सञ्चालन नहुँदा पनि अहिले प्रतिदिन १ करोड ५२ लाख लिटर पानी उत्पादन भएको बताए । उनले भने, ‘दुई वटा पम्प अझै सञ्चालनमा आएको छैन, त्यसबाहेक पनि सम्झौता अनुरुप पानी आएको छ, वितरण प्रणालीमा के छ त्यो मलाई थाहा छैन, उत्पादन भएपनि वितरण प्रणालीमा समस्या हुनसक्छ ।’

उनले दुई वटा पम्प सञ्चालनमा आए उत्पादनमा अझै वृद्धि हुने बताए । उनले भने, ‘प्रतिदिन अहिले ७५ हजार लिटर पानी आउदैछ, दुई वटा पम्प सञ्चालनमा आए २० हजार लिटर पानी अझै थपिन्छ ।’ उनले अहिले ७ वटा पम्पबाट पानी उत्पादन भइरहेको जानकारी गराएका थिए ।

वास्तविकता बुझिसकेपछि नेकपा एमाले प्रदेश १ कमिटी सदस्य मुरारी सुवेदीले डिजाइन अुनसार पर्याप्त पानी आएको अनुगमनका क्रममा पाइएको बताए । उनले भने, ‘भूमिगत स्रोतबाट बोर्डले प्रतिदिन १ करोड ५२ लाख लिटर उत्पादन गरेको र जलाधार क्षेत्रबाट ४० हजार लिटर गरी १ करोड ९२ लाख लिटर पानी उत्पादन हुदा धरानेहरुलाई प्रसस्त पानी पुग्ने बताए । उनले भने, ‘वितरण केन्द्रमा आएर हामीले वास्ताविता बुझ्ने काम ग¥यो, सर्वसाधारणले खानेपानीको अभाव झेल्नुमा उत्पादन भन्दा पनि वितरण प्रणाली अवैज्ञानिक भएको थाहा पायौ, यसको समाधानमा अब हामी लाग्छौं ।’

उनले एकीकृत सहरी विकास आयोजना अन्तर्गत आएको खानेपानी परियोजनामा एमाले शुरुदेखि नै जोडिदै आएको बताउदै धराने जनताको जीवनसँग जोडिएको खानेपानी नआउँदा एमाले गम्भीर भएको सुनाए । उनले भने, ‘एकीकृत सहरी विकास आयोजना अन्तर्गत एडिवीको ऋण सहयोगमा सञ्चालन भएको परियोजनामा हामी शुरुदेखि नै जोडिदै आएका छौ, पछिल्लो समय एमालेले टोलस्तरीय कमिटी गठन गर्ने क्रममा सर्वसाधारणले जहा जाँदा पनि पानी अभाव भएको मात्र गुनासो पोखे, त्यसपछि वास्तविकता के हो भन्ने विषयमा हामीले बुझ्ने काम गरेका हौं ।’

उनले प्राविधिक त्रुटी भन्दा पनि वितरण प्रणाली ठीक नभएकोले यस विषयमा चाडै नै खानेपानी बोर्डसंग छलफल गर्ने बताए । बोर्डको व्यवस्थापन कमजोरीका विषयमा बुझेर के गर्दा धरानेहरुले सहज रुपमा पानी आपूर्ति गर्न सक्छन् भन्ने विषयमा पनि गहन रुपमा छलफल गर्ने उनले बताए । उनी भन्छन्, ‘व्यवस्थापनपक्षको कमजोरीलाई बोर्डले चाडै सुधार्नुपर्छ र धराने जनतालाई खानेपानी सहज रुपमा खुवाउनुपर्छ, हाम्रो माग यति हो ।’ दुई वटा वेल पनि चाडै सञ्चालनमा ल्याउनुपर्ने उनको भनाई छ ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved