धरान । सुख्खा मौसम लागेसँगै धरानमा खानेपानीको चरम अभाव भएको छ । अभावकै कारण सर्वसाधारणको दिनचर्या कष्टकर बन्दै गएको छ ।
अभाव सिर्जना भएसँगै एकगाग्री पानीका लागि दिन माया मार्दा समेत पाउन नसकेका अवस्था छ । धरानका सर्वसाधारणलाई खानेपानी खुवाउने जिम्मा खानेपानी बोर्डले लिएको छ । तर बोर्डले समेत पानी खुवाउन नसक्दा धराने जनता काकाकुल अवस्थामा जीवन विताई रहेका छन् ।
एक साता अगाडि धरान ९ मा बोर्डले ट्यांकरमार्फत पानी वितरण गर्दा पानीको अभावमा बाँच्न बाध्य सर्वसाधारण पानी थाप्न तछाडमछाड गरेको दृश्यले समेत धरानमा खानेपानीको अवस्था कस्तो छ भनेर भन्नै पर्दैन । ट्यांकर आएर पानी वितरण नगर्दै तछाडमछाड गरेका उनीहरुले ट्यांकरले पानी वितरण गर्दा कतिले पानी पाए कतिले पाएनन् ।
नेपाल खानेपानी संस्थानलाई हटाएर धरान खानेपानी बोर्ड गठन गर्दा समेत विगतमा खानेपानी संस्थान रहँदा भन्दा भयावह अवस्था हुनु विडम्बना भएको स्वयम् जनप्रतिनिधिहरु बताउछन् । धरान उपमहानगरपालिका ९ नं. वडाध्यक्ष रत्न कटुवालले बोर्डले खानेपानी खुवाउन नसकेपछि आफूहरुले वडाबाट खानेपानीका लागि टेन्डर आवहान गरेको बताए । उनले भने–‘पटक पटक खानेपानी खुवाउनका लागि बोर्डमा डेलिकेशन गयौ, तर उसले खानेपानी खुवाउन सकेन, हामीले ०७९ सम्मका लागि ९ हजार लिटर पानीका लागि टेन्टर आवहान गरेका छौै, बोर्डले खुवाउन नसकेका कारण वडाबाटै हामीले पानी खुवाउन लागेका हौ ।’
उनले विगतमा खानेपानी संस्थालाई बोर्डमा ल्याउनुपर्छ भनेर आवाज उठाएको बताए । उनले भने–‘खानेपानी सस्थानलाई र्बार्डमा समाहित नगर्दा कार्यपालिकाको बैठक, नगरसभा बहिष्कार गर्यौ, बोर्डमा आइसकेपछि धरानमा खानेपानीको अभाव हुँदैन भन्ने हामीलाई लागेको थियो, तर अहिले आएर त्यसको ठीक उल्टो भयो ।’
वडामा पानीको चरम अभाव भएपछि बोर्डलाई नै भनेर केही समय अगाडि पानी खुवाउदा सर्वसाधारणले तछाडमछाड गरेर पानी थापेको वडाध्यक्ष कटुवाल बताउछन् । उनले छिट्टै खानेपानी अभाव भएको गौतमपथ, पूर्णपथ, आचार्यलाइन, विनायकपथमा पानी वितरण गरेर वितरण गर्न लागिएको कटुवाल बताउछन् । उनी भन्छन्–‘ सोमिबार यी स्थानमा ५ वटा ट्यांकरबाट २५ हजार लिटर पानी वितरण गर्दैछौं ।’
उनले सम्झौता अनुसार पानी नआएकोले आयोजना फेल भएको बताए । उनले भने–‘बोर्डका व्यवस्थापक राजु पोख्र्लले कुम्भीआलमा सात सेकेन्डमा २ सय लिटर पानी आएको देखाए, अहिले दुई घण्टामा पनि त्यति पानी आउदैन ।’
उनले बोर्डले पनि खानेपानीकै संरचनालाई सुधार्न नसक्दा सुख्खा मौसममा विगतको भन्दा भयावह अवस्था बताए । उनले भने–‘ खानेपानीको ४० बर्षदेखि गाडिएको ख्या लागेको मर्मत नभएकोले खानी पानी पर्याप्त आउन नसकेको हो । उनले भने–‘सम्झौता अनुरुप एक दिनमा १ करोड ५२ लाख पानी आउछ, १६ घण्टा सर्वसाधारणको धारामा पानीआउछ भनिएको थियो, हामीलाई १६ घण्टा चाहिएन २ घण्टा मजाले पानी आए पुग्छ ।’