धरान । राजनीतिक दलहरुले सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा प्रयोग गरेको आक्रोस पोख्दै आउँदो निर्वाचनमा ‘एक हातमा लालपुर्जा एक हातले भोट‘ माग गरेका छन् । हरेक राजनीतिक दलको घोषणापत्रमा सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरे पनि चुनाव जितिसकेपछि कार्यान्वयन नगरेको भन्दै अबको निर्वाचनमा एक हातमा लालपुर्जा अर्को हातले भोट हाल्नै घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचन अघि नै सुकुम्बासीलाई लालपूर्जा नदिए भोट नहाल्ने भन्दै देशभरका स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउदै आएका छन् । यसै क्रममा धरानमा पनि आइतबार ‘नो लालपूर्जा नो भोट’ अभियान अन्तर्गत ¥याली प्रदर्शन गर्दै मेयर
धरान । धरानको पेट्रोल पम्पहरुमा पेट्रोल नभए पनि बोतलहरुमा भने छ्यास्छ्यास्ती पेट्रोलियम पदार्थ विक्रीमा राखिएको छ । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी÷उद्योगी एक सातादेखि आन्दोलनमा छन । सार्वजनिक यातायात क्षेत्रमा जस्तै इन्धन ढुवानीमा वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका समयमा अहिले पेट्रोलियम पदार्थको चरम अभाव बढेको छ । तर धरानका किरान
धरान । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको उपाधिमा आयोजक धरान मेघा कलेज आफैले कव्जा जमाएको छ । शनिवार भएको फाइनल खेलमा एम्सलाई ४८–३० अंकको अन्तरले सहज रुपमा पराजित गर्दै धरान मेघाले उपाधि माथि कव्जा जमाएको हो । धरान मेघाले पहिलो, दोस्रो र तेस्रो तिनै क्वाटरमा ८–४, १४–६ र १४–५ अंकको अन्तरले अग्रता लिएको थियो । चौथो क्वाटरमा भने १२–१५ अंकको फरक रहेको थियो । फाइनल खेलमा धरान मेघाको तर्फवाट युवाहाङ राईले व्याक्तिगत १४ अंक जोडे । उपाधि सँगै धरान मेघाले नगद पन्ध्र हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता एम्स कले
मोरङ/ नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् । विराटनगरमा गत पौष १६ र १७ गते भएको २३ औं जिल्ला अधिवेशनले सदस्यहरुको टुङ्गो लगाएर स्थगित भएको जिल्ला कमिटीले बुधबार पूर्णता पाएको हो । बुधबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पार्टी कार्यालयमा अनेरास्ववियुको केन्द्रीय उपमहासचिव भाष्कर खनालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सहित अन्य पदाधीकारीहरुको टुङ्गो लगाएको हो । बैठकले उपाध्यक्षमा रुपेश खड्का, हेमन सुब्बा, सचिव विरेन
धरान । सुख्खा मौसमसँगै धरानमा खानेपानीको हाहाकार मच्चिएको छ । सर्वसाधारणले खानेपानी प्रयाप्त नपाउदा धेरै समस्या भोग्नु परेको छ । यस बीचमा धरान खानेपानी व्यवस्थापन बोर्ड घेराउ गर्ने, बोर्डमा गएर गुनासो पोख्ने सर्वसाधारणको नियति नै बन्दै गएको छ । विगतमा खानेपानी समस्या भएको समयमा नेपाल खानेपानी संस्थानले दुई वटा ट्यांकरबाट सर्वसाधारणको टोल टोलमा खानेपानी वितरण गर्ने गथ्र्यो । खानेपानीको चरम अभाव भएको ठाउमा त्यसरी पानी वितरण गर्दा उनीहरु राहत महसुस गर्थे । तर खानेपानी संस्थानलाई बोर्डमा गाभेर धरान खानेपानी व्यवस्थापन बार्ड बन्दा बोर्डको एउटा पनि ट्यांकर नभएपछि पछिल्लो समय बारुण यन्त्रलाई रंगरोगन
धरान/ जनप्रतिनिधिलाई धारे हात लाउनु पर्ने धेरै विषय छ्न । यी निकम्मा भए भन्नलाई पनि त्यत्ति मुख बारी रहन पर्दैन । सन्चार र सूचनाको तीव्र विकासको युगमा छिपाएर छिप्ने वा लुकाएर लुक्ने कुरा पनि छैनन् । कोरोनाको तीव्र सङ्क्रमण र बेमौसमी बाढीको वितण्डामा केही जनप्रतिनिधिको भूमिका आलोचनायोग्य बन्यो । छरपष्ट प्रकृतिको बजेटलाई वडादेखि नगरसम्मका योजनामा एकीकृत गर्न नसक्नु, वितरणमुखी नीतिलाई निरन्तरता दिनु, आफ्ना पार्टीकालाई काखी च्याप्नु, अर्काकालाई ढिम्किनै नदिनु र मिलाउदा मिल्नेसम्मको प्रवृत्ति देखाउनु यिनीहरुको असफलताको द्योतक बन्यो । यी तथ्यलाई पुष्टि गर्न नगरका पाँच वर्षका बजेट जोड्ने र भएका
धरान/ धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चैत्र २० बोलाइएको सिनेट बैठक तत्काल नबस्ने भएको छ । दर्तासर्वाेच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश दिँदै बैठक नबोलाउन आदेश दिएको हो । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहले गत चैत्र १०मा सिनेट बैठक रोक्न माग गर्दै रिट दर्ता गराएका थिए ।उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले आईतबार यस्तो आदेश दिएको हो । सर्वोच्चले चैत २० को सिनेट बैठक रोकेर २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वाेच्चको यस्तो आदेश सँगै विपीका पदाधीकार त्तकाल कार्वाही हुन बाट ज
धरान । गरिब तथा सहायलाई लक्षित गरी नेपाल सरकार अन्तर्गतको स्वास्थ्य वीमा बोर्डले प्रदान गरेको वीमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बन्द गर्ने निर्णय गरेपछि सम्बन्धित पक्षको ध्यानाकर्षण भएको छ । मेयर तिलक राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँ सहितको टोलीले शुक्रवार प्रतिष्ठानको अस्पताल प्रशासन, स्वास्थ्य बीमा प्रशासनका अधिकारीहरूसँग छलफल गरी वीमा गरेका बिरामीहरूको उपचार सेवा सुचारु राख्न प्रतिष्ठानलाई ध्यानाकर्षण गराएका हुन् । सरकारले चैत ७ गते किस्ता स्वरूप बिमा रकम निकासा गरे
धरान । स्थानीय चुनाव नजिकिएसँगै दलहरुले धरानको खानेपानी समस्या देख्न थालेका छन् । केही समय अगाडि धरानमा खानेपानी समस्या भएको भन्दै नेकपा एमालेले चारकोशे जंगलमा रहेको पम्पिङ क्षेत्रमै गएर अनुगमन ग¥यो । उसले खानेपानी उत्पादनमा समस्या नभई वितरण प्रणाली अवैज्ञानिक भएको निष्कर्ष निकाल्यो । पछिल्लो समय नेकपा मओवादी केन्द्र धरान नगर कमिटीको नयाँ कार्यसमिति चयन भएसंगै सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पूर्ण वैठक सम्पन्न गरी धरानको समस्याको विषयमा सार्वजनिक धारणा बाहिर ल्यायो । सुकुम्बासी समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अराजकता, खानेपानी समस्या समाधान लग
धरान । धरान ८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजको प्रशासन द्वारमा लगाएको ताला सहमति पछि विद्यार्थीहरुले खोलेका छन् । सात विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले प्रशासनको प्रवेशद्वारमा तालासँगै क्याम्पस प्रमुखको कुर्सी जलाएका थिए । तर विद्यार्थीहरुको मागलाई गम्भीरतापूर्वक लिई शुक्रबार हुने वैठकमा क्याम्पसका तर्फबाट सकारात्मक रुपमा अगाडि बढ्दै विद्यार्थीलाई सामेल गराउने वातावरण तयार पार्ने क्याम्पसले लिखित प्रतिबद्धता जनाएपछि ताला खुलेको हो । यस अघि उनीहरुले ७ जना विद्यार्थीका भविष्य अन्यौलमा पारेको भन्दै आन्दोलनमा उत्रिएका थिए । अन