धरानमा खानेपानीको हाहाकार : दमकलबाट पानी खुवाउँदै

  • चैत १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुख्खा मौसमसँगै धरानमा खानेपानीको हाहाकार मच्चिएको छ । सर्वसाधारणले खानेपानी प्रयाप्त नपाउदा धेरै समस्या भोग्नु परेको छ । यस बीचमा धरान खानेपानी व्यवस्थापन बोर्ड घेराउ गर्ने, बोर्डमा गएर गुनासो पोख्ने सर्वसाधारणको नियति नै बन्दै गएको छ ।

विगतमा खानेपानी समस्या भएको समयमा नेपाल खानेपानी संस्थानले दुई वटा ट्यांकरबाट सर्वसाधारणको टोल टोलमा खानेपानी वितरण गर्ने गथ्र्यो । खानेपानीको चरम अभाव भएको ठाउमा त्यसरी पानी वितरण गर्दा उनीहरु राहत महसुस गर्थे । तर खानेपानी संस्थानलाई बोर्डमा गाभेर धरान खानेपानी व्यवस्थापन बार्ड बन्दा बोर्डको एउटा पनि ट्यांकर नभएपछि पछिल्लो समय बारुण यन्त्रलाई रंगरोगन गरेर ट्यांकरमा परिणत गरेर सर्वसाधारणलाई खानेपानी वितरण गर्दै आएको छ ।

सर्वसाधारणलाई खानेपानी अभाव भएपछि ट्यांकमार्फत नै पानी खुवाउने सोच बोर्डले तयारी गरिरहेको थियो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले संस्थान बोर्डमा गाभेपनि संस्थानमा रहेको ट्यांकर नछोडेका कारण पानी वितरण गर्न नसकेको बताउदै आएका छन् । उनले केही समय अगाडि यसै विषयमा चासो राख्दा उनले बोर्डले चाडै नै ट्यांकर खरिद गर्ने बताएका थिए ।

तर अहिले ट्यांकरको विकल्प धरान उपमहानगरपालिकाको १ नं. वारुणयन्त्रलाई बनाइएको छ । ३ हजार ५ सय लिटर पानी अँट्ने सो बारुणयन्त्रले धराने जनताको समस्यामा थोरैमात्रामा मल्हल लगाउने काम भएपनि पर्याप्त नभएको धरानेहरुको गुनासो छ ।

धरान १५ की माया राईले उपमहानगरपालिकाले वारुणयन्त्रलाई ट्यांकर बनाएर सर्वसाधारणलाई पानी वितरण गरेपनि त्यो पर्याप्त नभएको बताइन् । उनले भनिन्–‘एउटा ट्यांकरले धरानभरि कति पु¥यायोस् त्यसको आश पनि छैन हामीलाई ।’

धरान खानेपानी बोर्डको जिम्मेवार सम्हाल्दै आएका इन्जिनियर राजु पोख्र््ेलले धरानमा खानेपानीको हाहाकार मच्चिएपछि समाधानका लागि वारुणयन्त्रलाई ट्यांकरको रुपमा प्रयोग गरी सर्वसाधारणलाई पानी वितरण गरेको बताए । उनले भने–‘हामीले ट्यांकरको रुपमा प्रयोग गरेको वारुणयन्त्र १ नं. वारुणयन्त्र हो, आगलानीका घट्ना हुँदा पुग्नुपर्ने ठाउमा नपुगेर विग्रिएर थन्किने गथ्र्यो, यसलाई ट्यांकरको रुपमा प्रयोग गरेर सर्वसाधारणलाई केही राहत दिने प्रयास गरेका हौ ।’

उनले आगलागीका घट्ना हुँदा वारुणयन्त्रको कुनै समस्या नहुने बताउदै विग्रिएर थन्किएको वारुणयन्त्रलाई सदुपयोग गरेको बताए । उनले भने–‘बारुणयन्त्र उकालो बाटो जानै सक्दैन, सम्ममामात्र जानसक्छ, यसमा ३ हजार ५ सय लिटर पानी अँटछ, पुग्नसक्ने ठाउमा सर्वसाधारणलाई पानी खुवाउन भन्ने उद्देश्यले बारुणयन्त्रलाई ट्यांकरको रुपमा प्रयोग गरेका हौं ।’

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved